अपडेट : * यो भिडियो तयार हुँदा र पछि कन्निकाको दाविमा परिवर्तन भइ सकेको थियो । उनले उनको छोरा युनिभर्स पारसकै छोरा नभएर उसले पारसलाइ आफ्नो बावु मान्ने गरेको भनेकि छिन । छोराले आफ्नो वास्तविक बाबुलाइ अहिलेसम्म नभेटेको हुनाले उसले पारसलाइ नै आफ्नो बाबु भएको भन्ने ठानेको बताएकि छिन । यहि हिसावल्व् भिडियोको क्याप्सन र यो पोष्टको टाइटललाइ परिवर्तन गरिएको छ । *
आजको भिडियो ब्लग नेपालका पुर्व युवराज पारस शाहकि थाइ प्रेमिका कन्निका चाइयासार्नले आफ्नो आठ वर्षिय छोराका पिता पारस भएको सनसनिपुर्ण दाविको बारेमा छ । आज मैले ब्लगमा लेख्नुको सट्टा युट्युबले क्याप्सन राख्न दिएको सुबिधाको प्रयोग गर्ने निर्णय गरेको छु ।
दैनिक रूपमा कमसल खालका भिडियो पोष्ट गरेर “भिडियो ब्लग” बनाएँ भनेर फुर्ति लगाउनु भन्दा समय लगाएर राम्रो र मनोरन्जनात्मक प्रस्तुति दिने प्रयास अनुरुप अबका भिडियोहरुमा क्वालिटिमा बिशेष ध्यान दिनेछु भने यहाँ लेखिने कुरा पनि भिडियोमा नभएका थप जानकारि, फोटो वा अरु सम्बन्धित भिडियोहरु हुने छन। यस हिसावले भिडियो आँफैमा ब्लग पोष्ट हुँदा हुँदै पनि यो साइटमा आएर हेर्नु अझ बढि जानकारिमुलक र मनोरंजनात्मक हुने छ । यसरि ब्लग पोष्ट बनाउँदा बिगत भन्दा केहि बढि समय त अबश्य नै लाग्नेछ ।
आजको भिडियो ब्लग:
पारस अघिल्लो बर्ष थाइल्याण्डको जेलबाट छुटे पछि नेपाल फर्केका हुन (रिपोर्ट):
तपाइको सुझाव प्राप्त भए अनुसार नै यो ब्लगलाइ परिमार्जन र परिवर्तन गर्दै लगिने छ | धन्यबाद |
One thought on “पुर्व युवराज पारसकि प्रेमिकाले आफ्नो छोराले पारसलाइ बाउ भन्ने ठानेको बताएकि छिन”