पुर्व प्रधानमन्त्रि तथा प्रमुख प्रतिपक्षि दल नेपालि कांग्रेसका सभापति सुशिल कोइरालाको सोमवार राति १२:३० बजे निधन भएको छ। सुशिल कोइरालाको महाराजगन्जस्थित निवासमै निधन भएको जानकारि नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले फेसबुकमार्फत् पनि सार्वजनिक गरेका छन्। सभापतिको निधन संगै काँग्रेस महाधिवेशनका सबै कार्यक्रम स्थगित गरिएको पार्टिले निर्णय गरेको पनि लामिछानेले बताएका छन् ।
लामो समयदेखि जिब्रोको क्यान्सरबाट पिडित कोइराला क्यान्सरको कारणले हो वा अन्य कुनै रोगका कारणले निधन भएको हो भन्ने यकिन हुन सकेको छैन। यस अघि कोइराला पार्टिको १३ औँ महाधिवेशनका कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका थिए । उनले एक सार्वजनिक कार्यक्रममा क्यान्सरलाई जितिसकेको पनि बताएका थिए ।
कोइराला सोमवार नै नेपालि कांग्रेस काठमाण्डौ जिल्ला समितिको अधिवशेनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा जाने कार्यक्रम स्वस्थमा समस्या आएपछि जान सकेका थिएनन ।
कोइरालाको आत्मको चिर शान्तिको कामनाको साथै मेरो हार्दिक श्रदान्जलि !
आफ्नै कुरा – यो बारेमा जानकारि दिने धन पौडेललाइ धन्यवाद:
आनन्द शुशिल कोइरालोको न्युज खोज्नु त ! @AnandNepal
— Dhana Paudel (@DhanaPaudel) February 8, 2016
भिडियो प्रोफाइल कान्तिपुर समाचार मार्फत :
One thought on “सुशिल कोइरालाको निधन, हार्दिक श्रदान्जलि”