राजकिय सम्मानका साथ अन्त्येष्टि कसलाइ र कसरि गरिन्छ ?

हालै निधन भएका पुर्व प्रधानमन्त्रि शुशिल कोइरालालाइ राजकिय सम्मानका साथ अन्त्यष्टि गरिएको थियो। पुर्व प्रधानमन्त्रि, लामो समय देखि घोषणा हुन नसकेको संबिधानको घोषणाकर्ता कोइरालालाइ राजकिय सम्मानका साथ बिदाइ गर्नु राम्रै काम गरेको थियो केपि ओलिको मन्त्रिपरिषदले ।

मलाइ सम्मान दिनुमा कुनै गुनासो नभए पनि “राजकिय” भन्ने शब्दले भने कुत्कुत्याइ रहेको थियो। किनकि म संग भएको एकमात्र शब्दकोशमा “राजकिय” भन्नाले “राजाले दिने सम्मान” भनेर अर्थ्याइएको थियो। तेसैले होला “राजकिय प्रज्ञा प्रतिष्ठान“लाइ नाम परिवर्तन गरेर “प्रज्ञा प्रतिष्ठान“मात्रै बनाइएको छ। अब राजालाइ हटाएको निर्णयलाइ औपचारिकता दिने संबिधानको घोषणा गर्ने कोइरालालाइ किन “राजकिय सम्मानका साथ अन्त्येष्टि” गरियो?  (बृहत नेपालि शब्दकोशमा भने “राज्यस्तरको” सम्मान पनि भनिएको रहेछ, पछि थाह पाएँ।)

यो प्रश्नको उत्तर खोज्ने क्रममा मैले राजकिय सम्मानका के के ब्यबस्था छन् भनेर खोजिनिति गरेको थिएँ तर, खासै ज्यादा जानकारि प्राप्त गर्न सकिन। तेसैले यो प्रश्नात्मक भिडियो ब्लग तयार गरेको छु । तपाइँ पाठकको सहयोगमा राजकिय सम्मानको ब्यबस्था सम्बन्धि नेपालको आधिकारिक दस्ताबेज प्राप्त गरेको दिन यो पोष्ट अपडेट गर्ने छु :

https://www.youtube.com/watch?v=GWaWyC_kttc

यो भिडियोमा कसले कसले राजकिय सम्मान पाउँदा रहेछन भन्ने छोटो विवेचनाको साथै पुर्व प्रधानमन्त्रिहरु शुर्यबहादुर थापालाइ राजकिय सम्मानका साथ अन्त्यष्टि गरिएको तर मरिचमान सिंगको निधनको बेलामा सरकारि बिदा नदिइएको बारेमा चर्चा गरिएको छ ।

तेस्तै, काँग्रेस नेता गणेशमान सिंहको निधनमा सरकार काँग्रेसको भएको हुनाले बिशेष सम्मान पाएको र २०६८ सालमा रामाराजाप्रसाद सिंहलाइ पनि तेस्तै सम्मान दिइएको प्रसंग उल्लेख गरिएको छ ।

state honor sushil koirala

पुरै जानकारि नभएको हुनाले भिडियोमा समावेश नगरेका जानकारिहरु निम्न छन्:

राजकिय सम्मानसहितको अन्त्येष्टि कसरि गरिन्छ ?

  • राजकिय सम्मान दिने वा नदिने निर्णय नेपाल सरकारले गर्दछ
  • राजकिय सम्मानका साथ गरिने अन्त्यष्टिमा सरकारले एक दिन सार्वजनिक विदा दिन्छ
  • तिन दिन सरकारि कार्यलय र विदेशमा भएका कुटनितिक नियोगमा झण्डा झुकाउने गरिन्छ
  • सरकारि कार्यलय र विदेशमा भएका कुटनितिक नियोगमा कुनै औपचारिक कार्यक्रम नगर्ने
  • सबै नियोगहरूमा शोक पुस्तिका राखिन्छ ।

सरकारले पुर्व प्रधानमन्त्रिलाइ राजकिय सम्मान दिने निर्णय गरेमा, सो सम्मानका लागि नेपालि सेनाको एक छुट्टै टुकडिले शव उठाउने, शवयात्रा गर्ने, र आर्यघाटमा विशेष सम्मानका साथ जलाउने जिम्मा लिन्छ । यो कार्यको लागि:

  • सम्मानको लागि नेपाली सेनाको मेजरको कमाण्डमा ४० जना सेनाका जवान सम्मिलित एक टुकडि बनाइन्छ
  • मृतकको शवलाइ सरकारले खटाएका ब्राम्हमणहरूले सेनाको गाडीमा राख्ने बेलामा विशेष राष्ट्रिय धुन बजाइन्छ ।
  • आर्यघाटमा बैदिक परम्परा अनुसारको गर्नु पर्ने प्रक्रिया पुरागरे पछि विशेष ढंगले सजाइएको चितामा शवलाई राखिन्छ।
  • शवमा दागवत्ति दिनेबेलामा सैनिक टुकडिले राष्ट्रिय गानको धुन बजाउछन भने सम्मान प्रकट गर्न सो बेलामा त्यहाँ खटिएका सुरक्षाकर्मिले आफ्नो हतियार झुकाउँछन्
  • त्यहि बेला सेनाको अर्को टुकडिले सैनिकमन्चमा १३ तोपको सलामि पनि दिन्छन्।

कसले राज्यबाट राजकिय सम्मान सहितको अन्त्येष्टि पाउँछन ?

राजकिय सम्मानका लागि सरकारले निश्चित प्रक्रिया तोकेको भएपनि मन्त्रिपरिषदको निर्णय अनुसार यस्ता राजकीय सम्मानहरु दिइने हुनाले, मृत्युको बेलामा कुन पार्टिको सरकार छ त्यसले सम्मान पाउने नपाउनेकुराको निर्धारण गर्छ। अहिले शुशिल कोइरालालाइ दिइए जस्तै पुर्व प्रधानमन्त्रिहरुलाइ दिइन्छ भन्ने हो भने २०७० सालमा निधन भएका पुर्व प्रधानमन्त्रि मरिचमान सिंहले तेस्तो सम्मान पाएनन । सो बेला खिलराज रेग्मी नेतृत्वको सरकार थियो । तर, २०७२ सालको शुरुमा निधन भएका अर्का पंचायति पुर्व प्रधानमन्त्रि सुर्यबहादुर थापाको भने राजकिय सम्मान का साथ अन्त्येष्टि गरिएको थियो ।

तेस्तै, काँग्रेस नेता गणेशमान सिंहको निधनमा बेलाको सरकारले उनलाइ बिशेष सम्मान दिएको थियो । सो बेला काँग्रेसको सरकार थियो र उनको शवयात्रामा सबै मन्त्रिहरु पनि सामेल भएका थिए ।

तेस्तै, २०६८ सालमा निधन भएका रामाराजाप्रसाद सिंहलाइ पनि राजकिय सम्मान दिएको थियो । सो बेलामा बाबुराम भट्टराइले नेतृत्व गरेको सरकार थियो।

यसरि कसले सम्मान पाउने कसले नपाउने भन्नेमा पनि द्विबिधा रहेको प्रष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published.