नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना

अपडेट: २०७३ को राशिफल:

महल र झुप्रो एक भयो, भुइचालो गएको वर्ष
सात बर्ष रोकिएको स्वाश फेरियो, संबिधान बनेको बर्ष
ढुंगे युगको आभाष भयो, भारतिय नाकाबन्दिको वर्ष
आशा, अशन्तुष्टि, आन्दोलन, धोका,  मधेश बलेको वर्ष
तितो, मिठो, अमिलो, पिरो, पेट दुखेको वर्ष !
सकियो !
नयाँ होस, सुखि होस २०७३ साल, नयाँ बर्ष !

***

बि.सं. २०७२ पनि तिता मिठा अनुभव बटुल्दै सकिएको छ । आगामि वर्षको भाग पनि थपिएको भएर होला, यो वर्ष दुखको पोको अलि बढि गरुङ्गो थियो  । बन्न नसकेको संबिधान बनेको छ – केहि त होला भन्ने आशा गरौँ ।

नयाँ बर्षले नयाँ जोस जाँगर का साथ प्रगतिको बाटोमा लम्कने इक्षा र शाहस मिलोस । केहि वर्ष पहिले मित्र  नेपालडायरिले लेखेको कविता याद आयो:

मदेश-पहाड मिलेर बसुन ।
नया-संबिधान लेखेर सकुन ।

संबिधान लेखेर सके, अब मिलेर बस्ने बेला आएको छ ।  देश, र समाजको लागि त अनगिन्ति अपूरा गुनासाहरु र इक्षाहरु राखेको पनि धेरै नै भयो । यो पटक त अलिक सप्रिन्छ कि भन्ने आशा फेरी निराशा मा परिवर्तन नहोस् ।

सबैलाइ धेरै धेरै शुभकामना !

(शुभकामना दिनकै लागि भनेर चाखलाग्दो भिडियो बनाउने तरिका सुझेन , केहि समय पछि भिडियो बन्यो भने अपडेट गरौंला) happy nepw year 2073

Leave a Reply

Your email address will not be published.