आमाको मुख हेर्ने दिन, मातातिर्थ औंसिको शुभकामना

आजको दिन, वैशाख कृष्णपक्ष, औँसि (मातातिर्थ औंसि) लाइ  आमाको मुख हेर्ने दिन पनि भन्ने गरिन्छ । यस दिन आमालाइ आदर सम्मान गरि मिठो मिठो खाने कुरा तथा उपहार दिने पनि गरिन्छ । आमासंग नबसेका छोरा छोरि आज आमालाई भेट्न जाने गर्दछन । भेट्न टाढा भएका छोरा छोरि फोन वा इन्टरनेट बाट आफ्नो आदरभक्ति र माया आदान प्रदान गर्दछन ।

मातृऔंसि, मातातिर्थ औंसि, मातृ दिवस आदि बिभिन्न नामले चिनिने यस दिनमा आमाको देनलाई सम्झेर भेट्न जाने, मिष्ठान भोजन उपहार अगिदिने गरिन्छ । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमाले गरेको दुखको सह्राना गर्ने यो उत्तम अवसर हो । यसै उपलक्षमा माथिको भिडियोको साथै केहि बर्ष पहिले महिला कलाकारहरुको आमाहरुको फोटो जम्मा गरेर यहाँ एक पोस्ट पनि गरेका थिएँ ।

आमा नभएका सन्तानहरु आजको दिन आमाको सम्झनामा पुजाआजा, पिण्ड तर्पण गर्ने पनि चलन छ । आज थानकोट मातातिर्थमा ठुलो मेला लाग्ने गर्दछ । मातातिर्थ मेलामा मानिसहरु जम्मा भई स्नान गरेर भगवान शिव र विष्णु पुजा गर्ने चलन छ । यस स्थानमा आमाको प्रतिक ‘साझा आमा’ नामंकरण गरिएको एक मुर्ति पनि स्थापना गरिएको छ ।

sajha_aama_matatirtha_thankot_statue_

Leave a Reply

Your email address will not be published.