साताका फिल्म, साताका भिडियो, अमरपंक्षि, आना शर्मा, अर्चना पनेरु लफडा (साताहेर्ने शुक्रवार)

अघिल्लो हप्ता बाट प्रत्येक शुक्रवार साता भरि पोष्ट भएका सम्पुर्ण जानकारिहरु सबै एकै ठाउँमा जम्मा गर्न थालेको छु “साताहेर्ने शुक्रवार” नाम दिएर । यो पोष्टमा साता भरि बनेका भिडियोहरु, नेपालि फिल्महरु, नेपालि मोडल र अभिनेत्रिहरुको बारेमा मैले बाँडेका जानकारिहरु यहाँ राख्ने छु ।

अघिल्लो शुक्रवार बैशाख २४ (मे ६) देखि आज बैशाख ३१ (मे १२ सम्म)का फिल्महरु:

  • नेपालि फिल्म त्रिशुल – राजेश हमाल, निखिल उप्रेति, तृप्ति नाडकर, नन्दिता केसि, युना उप्रेति र निर्देशक दिपक श्रेष्ठको मुख्य भुमिका रहेको हिट फिल्म
  • नेपालि फिल्म कसम हजुरको – जिवन लुइँटेल, ऋचा घिमिरे, राज बल्लभ कोइराला आदिको मुख्य भुमिका रहेको फिल्म
  • नेपालि फिल्म बर्बाद – जिके शर्मा, जिया केसि, निरु महरा आदिको सेक्स थिम भएको नेपालि फिल्म
  • नेपालि हास्यव्यंग्य लालपुर्जा – महको कमेडि फिल्म मा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण केसि, सबिता गुरुङ, आदि को मुख्य भुमिका छ
  • नेपालि फिल्म झोला – गरिमा पन्त, दिपक क्षेत्रि आदिको सुपरहिट फिल्मलाइ अपडेट गरियो

अघिल्लो हप्ता मातातिर्थ औंसि अर्थात आमाको मुख हेर्ने दिन पनि भएको हुनाले आमाको बारेमा चर्चा यो हप्ता पनि चलिरह्यो:

यो हप्ता नै “जेरि” कि अभिनेत्रि आना शर्मा नेपालि फिल्ममा फर्कने खवर पनि आयो तर, शशर्त:

https://www.youtube.com/watch?v=x4i1Ozcyz8E

थरि थरिका आमाको बारेमा चर्चा पनि भएको थियो निम्न भिडियोका साथ!

https://www.youtube.com/watch?v=FHt51uGMbSE

अनि, आमा अभिनेत्रिहरुको बारेमा पनि

अर्चना पनेरु र पवित्रा आचार्यको बिचको लफडा पनि चर्चित रह्यो

https://www.youtube.com/watch?v=V7h-fVMUF0o

तेस्तै, भोलि शनिवार हुने अमरपंछि नाम गरेको एक कार्यक्रमको बारेमा पनि चर्चा गरेको थिएँ

अरु गन्थन

यो हप्ता xnepali सर्भरमा MySQL ओभर लोड भएको हुनाले दुइ दिनसम्म समस्या भयो । शुरुमा त किन तेस्तो भयो भन्ने पत्ता लगाउन सकिन । डाटाबेसमा हेर्दा एउटै टेबल २ जिबि ठुलो भएको रहेछ । लामो समयको खोज तलास पछि केहि दिअ पहिले इन्स्टल गरेको सर्च प्लगइनले बदमासि गरेको पत्ता लाग्यो । पर्याप्त मात्रामा खोज तलास नगरि राख्दा तेसले सर्भर नै जाम गरिदियो ।

Leave a Reply

Your email address will not be published.