Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

यो पोस्ट धेरै लामो हुन गएको ले अरु जोक्स राजेश हमाल जोक्स – भाग २ मा पोस्ट गर्न थालिएको छ |

अपडेट – यी गफाडीका गफ जस्ता जोक्स कुनै पनि मैले आफैँले लेखेको होइन (म् तेस्तो जोकर छैन क्या) धेरैले अंग्रेजी मा लेखेका जोकलाइ मैल नेपाली मा उल्था गरिदिएको छु (के के न जान्ने भ..र) नमिलेमा क्षमा पाऊ | यो पेज फुर्सदमा अपडेट हुँदै जाने छ – बुक्मार्क नै गरे पनि खेर नजाला :) |

राजेशदाई लाई चिया दियो भने दुध, चिनी र चिया सुट्ट पार्छन गिलासमा पानी मात्रै बाँकि हुन्छ |

अनि बियर दियो भने के गर्लान भनेर चै नासधेकै बेश !

rajesh_hamal

****

४७ सालमा राजेश दाई कारबाट ओर्लिदा फुत्त एउटा डाइरी भुइँमा खसेछ.. अहिले त्यसलाई नेपालको संबिधान २०४७ भनिन्छ रे … तर  आजकल राजेश दाइ डायरी बोक्दैनन तेसैले संबिधान नबनेको भन्ने हल्ला बजारमा व्यापक छ !

***

कलाकार र पत्रकार बिच रंगसालामा भएको खेलमा राजेश हमालले फ्री- किक हानेछन …. धेरै पछि समाचार आयो – त्रिसुलीमा एक अज्ञात गोलाकार बस्तु फेला पर्यो !

***

rajesh-hamal-budhi“राजेश हमाल जोक्स” नाम गरेको फेसबुक समुहमा पोस्ट गरिएका रमाइला कुराहरु :

  • राजेश हमालले मात्र कम्प्युटर इन्टरफेसको ‘रिसाइकल बिन’ ‘डिलिट’ गर्न सक्छन्।
  • अरूलाई रुवाउने प्याजलाई राजेश हमालले मात्र रुवाउन सक्छन्।
  • ‘नील आर्मस्ट्रङ चन्द्रमामा पुग्ने पहिलो व्यक्ति हुन भने राजेश हमाल सूर्यमा पुग्ने पहिलो व्यक्ति हुन्|
  • जतिबेला राजेश हमाल सडक पार गर्दै हुन्छन्, त्यतिबेला सडकमा कुद्ने कारहरू आफैं साइड लाग्छन्।
  • स्टिभ जब्सको विश्वविख्यात आईटी कम्पनी ‘एप्पल’ को प्रतीकमा राखिएको टोकिएको स्याउको सानो पार्ट राजेश हमालले नै खाएका हुन्।
  • राजेश हमालको क्यालेन्डरअनुसार मार्च ३१ पछि डाइरेक्ट अपि्रल २ आउछ। त्यसैले कसैले पनि उनलाई मुर्ख बनाउन सक्दैनन्।
  • पत्रकार: तपाईंले अहिले सम्म किन बिहे नगर्नु भाको ? राजेश बाजे: बजारमा छ्यप्छ्यप्ती पोका को दुध हुँदा हुँदा किन घरमा भैसी पलेर दुख गर्ने रे!
  • फेसबुकका जन्मदाता मार्क जुकरबर्ग गम्भिर घाइते भए किन थाहा छ? … किनकी राजेश हमालले उनलाई पोक गरेका थिए क्या। (Facebook poke)
  • एक पटक राजेश हमाले आफ्नो कपालमा आइरन लागाए रे …. तेही दिन देखि नेपालमा लोड सेडिंग शुरु भएको हो रे |
  • एक पटक राजेश स्विजरल्याण्ड गएका थिए | त्यहाँको एउटा घरमा उनले आफ्नो पर्स बिर्सेर हिडेछन – आजको स्विस ब्यांक तेही घर हो रे |
  • एक दिन BBC को लाईभ प्रोग्राममा राजेश हमालजीलाई एक प्रश्न गरिएछ “तपाइ बिहे कहिले गर्ने ?” उहाले उत्तर दिनु भएछ “म त तयार छु तर केटीहरु हुनुपर्‍यो नि ।” यती सुन्नसाथ आधा विश्वका युवतिहरु BBC स्टुडियो अगाडि आइ पुगेछन । फेरी बहुबिवाहको मुद्दा लग्ला कि भन्ने डरले उहाले बिहे नै नगर्ने अठोट गर्नु भएछ ।
  • एक पटक राजेश दाई र सुपरम्यान को बीचमा घमासान फाइट परेछ | सर्त चै – हार्नेले पाइन्ट को बाहिर कट्टु लागाउनु पर्ने रहेछ |
  • राजेश हमाले रोड रोलर किनेछन | … किन होला भनेर बुझ्न गएको त कपडामा स्त्री लागाउन पो रहेछ |

अपडेट (जेष्ठ १६)

  • यो संसारमा मानब जातीको उत्पत्ति हुनु भन्दा पहिले नै राजेश हमालको उत्त्पत्ति भएको थियो रे |
  • राजेश हमाल बिद्यार्थी हुँदा त शिक्षकहरु पो कक्षा बाट भाग्थे रे (When Rajesh Dai was a student, teachers used to bunk classes.)
  • अक्टोपस पाउल (ओर्ल्ड कपमा भविष्यबाणी गर्ने) मर्यो किन थाहा छ? … एउटा मुर्ख नेपाली ले उसलाई राजेश हमाल कहिले मर्छन भनेर सोधेछ !
  • राजेश हमाल मर्दा रुने एउटा मात्र मान्छे उसको डाक्टर थियो रे |
  • बाराक वोबामाले त राजेश दाइ संग अंग्रेजी सिक्थे रे |

अपडेट (जेष्ठ १७)

  • मार्शल आर्ट चाइनाबाट शुरु भएको हुनै सक्दैन किनकी राजेश हमाल त्यहाँ जन्मेकै होइनन |
  • संसार सन् २०१२मा सिद्दिने हल्लामा कुनै सत्यता छैन किनकी हालै राजेश हमालले ३ बर्षे वारेन्टी वाला कम्प्युटर किनेका छन् |

धिरज गुरुङको सुझाब अनुसार यो भन्दा तल, पोस्ट गर्ने व्यक्तिको नाम पनि (ब्राकेटमा) राखिएको छ :

  • राजेश हमाल ले त बिहे गरेको ३ महिनामा नै बच्चा जन्माउने सोच मा हुनुहुन्छ रे | (नबिन पगेनी)
  • राजेश हमाल ले त पानीलाइ तताएर पो बरफ बनाउदा रहेछन | (नबिन पगेनी)
  • बिच बाटोमा बसेको ट्राफिक र राजेश दाइ बीच झगडा: ट्राफिक – तेरो आँखा छैन ? की साइकल चलाउन आउदैन ? राजेश दाइ – तलाई बिच बाटोमा कसले उभिन लगायो त ? (दिनेश पौडेल)
  • राजेश दाइले त केटी हरुलाई फेसबुक बाट नै गर्भवती बनाउन सक्छन | (दिनेश ढकाल)
  • अरुले बत्ती बालेर पढ्छन राजेश दाइले त अगरबत्ती बालेर पढ्छन | (योगेन्द्र थापा)
  • एकदिन हाम्रा राजेश दाइलाइ पनि आकासमा उड्न मन लागेछ | उहाँले दुइटा नांगलो लाइ एकै ठाउँमा जोडेर पंखेटा बनाउनु भएछ | उँहा येस्तरी उड्नु भे छ कि आकास्मा उड्ने चरा जति सबैले अचम्म मानेर हेर्न थालेछन | एउटा गिद्द ले नजिक पुगेर सोधेछ, “ओ राजेश दाइ आज कता बाट बाटो बिराउनु भो त?” (नबिन पगेनी)
  • राजेश दाइ – ए सुनिता म तिमीसंग बिहे गर्न चाहन्छु सुनिता – तर म् त तिमी भन्दा एक बर्ष जेठी छु नि | राजेश दाइ – ए त्यसो भए अर्को बर्ष बिहे गरम न त, बराबर भए पछि | (प्रशान्त थपलिया)

अपडेट (जेष्ठ १८)

  • राजेश दाइ त मर्निग वाक पनि बेलुका गर्दा रहेछन | (अमिर खा)
  • राजेश दाईले चितवन मा हालै मात्र ४० बिघा जमिन किन्नुभएछ अनी चारै वटा कुनामा कुवा बनाउन लगाउनु भाको छ रे किन थाहा छ? – क्यारेम खेल्न (दिग्विजय अर्याल)
  • राजेश दाईले आफ्नो ID कार्ड बाट ATM मा पैसा निकालछन (देव राज गौतम)
  • म सानो हुँदा सिक्षकले “भबिश्यमा के बन्छस ?” भनेर सोध्दा संधै म् भन्थें “राजेश हमाल”|
    तर सपना भनेको सपना नै हुन्छ, मेरो हात कहिले पनि फलामको भएन ! (Uzumakee Narutoo)
  • एक पटक अमेरिकामा एउटा बिशेष कार्यक्रममा संसारभरका प्रतिष्ठित ब्यक्तीहरु जम्मा भएका थिए, त्यहाँ राष्ट्रपती बाराक ओबामा संगै राजेश हमाल दाई बस्नु भएको थियो अनी कुरा के परेछ लालु प्रसाद यादबलाई एउटा मान्छे नचिनेर खस खस भएछ अनी आफ्नो सचिवलाइ सोधेछन् : अरे भाईया हमका यि बात् समझ मै ना आइ अरे बो हमार राजेशवा के बगलमै बैठा कालिया कौन है रे ।। (Anjeev Kumar Nepal)
  • इन्द्र ले राजेश दाइलाई स्वर्गमा बोलाएर दरो पार्टी दे छन् | राजेश दाइलाई पार्नु सम्म टील पारेर पियायेछ्न | त्यो राती नेपालमा मुसलधारे पानी परेछ | जलश्रोत मन्त्रीको छानबिन आयोग ले त्यो राती राजेश दाइले बिस्तारामा नै सु गरेको प्रतिबेदन तयार गरेछ I (Sushil Jwarchan)
  • प्रश्न – कसले ५० ओटा गाडी एकै चोटी रोक्न सक्छ? उत्तर – ट्राफिक पुलिस ले, सबै काम राजेश हमालले नै गर्नु पर्छ भन्ने छ र ? (RedDevil’s Prashant RedArmy)
  • रमपम आयो गयो … मायोज आयो गया… आहा आयो गया… गोलमोल आयो गया…रारा अहिले सम्म नहाराउनुको राज थाहा छ ? किनकी रा रा – राजेश दाइको नामको पहिलो अक्षर बाट नाम राखेको ले .. (राजेश लामा)
  • राजेश दाइ ले अलंकार गर्दा “आँ..” बुझ्नु हुन्छ |(राजेश लामा)
  • सबै जना ले “जहिले पनि चन्द्रमा दाहिने होस्” भन्छन तर, चन्दामा ले भने “राजेश हमाल दाहिने होस्” भनेर सोच्छ |(राजेश लामा)
  • सुने अनुसार, राजेश दाइको हात मात्र फलामको नभएर सबै चिज फलाम को भएको हुनाले अहिले सम्म बिहे हुन् नसके को रे ! (राजेश लामा)
  • के एफ सी मा गएर मम अर्डर गरेर खान सक्ने पनि राजेश दाइका मात्रै हुन् (राजेश लामा)

(धेरै जसो चुट्किलाहरु बिभिन्न अनलाइन सोर्स बाट फेसबुकको यो ग्रुपबाट लिइएका हुन्)

Incoming search terms:

  6 Responses to “राजेश हमाल जोक्स – भाग १”

  1. [...] राजेश हमाल जोक्स – भाग २ June 4th, 2011 Anand var addthis_product = 'wpp-257'; var addthis_config = {"data_track_clickback":true};राजेश हमाल जोक्स – भाग १ [...]

  2. [...] राजेश हमाल जोक्स – भाग १ [...]

  3. [...] प्र. मरासिनी बांकी यता  http://www.facebook.com/hamalrajesh http://xnepali.net/np/240  “ Like this:LikeBe the first to like this post. Posted in बिज्ञान र [...]

  4. राजेश दाइ को बारेमा मैले पनि अलि अलि थपिदिएको छु .

  5. [...] गर्ने गरिएको छ। अघिल्लो बर्ष यस्ता राजेश दाइका जोक रामाइलो लागेर हामीले पनि जम्मा गरेका [...]

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network