के हो जिपिए ? कुन बिषय पढन कति जिपिए चाहिन्छ ? के एसएलसिमा सबै पास हुन्छन् ?

एसएलसिको ८२ बर्ष लामो इतिहासमा पहिलो पटक यसको रिजल्टलाइ परिवर्तन गरिएको छ । अब देखि मार्कशिटमा प्राप्त नम्बरको सट्टा जिपिए स्कोर र ग्रेड दिन शुरु गरिएको छ । यो नयाँ रिजल्टले प्राप्तांकको आधारमा हुने रिजल्टमा बानिपरेका सबैलाइ अन्योलमा पारेको छ । अझ रिजल्टको आधारमा के पढन पाउने, के पढन नपाउने अनि सबैजना साँच्चिकै पास भएको हो त भन्ने बिभिन्न प्रश्नले धेरैलाइ पिरोलि रहेको मैले पाएको छु । तेसैले यस्ता केहि प्रश्नहरुको उत्तर दिन यो लेख तयार गरेको छु । सबै भन्दा पहिले

जिपिए भनेको के हो?

धेरै जसो कलेज र स्कुलहरुले बिध्यार्थिको रिजल्ट दिने पद्दति Grade Point Average (GPA) मा कुनै पनि बिषयमा बिध्यार्थिको ज्ञानको तहलाइ ० देखि ४ को बिचमा नम्बर दिइन्छ । खासमा यो पद्दतिले कुनै पनि बिध्यार्थिको कुनै बिषयमा औसत ज्ञान कस्तो छ भनेर देखाउँछ । जति धेरै जिपिए भयो त्यति राम्रो मानिन्छ र सोहि आधारमा राम्रो नराम्रो भनेर ग्रेड छुट्याउन ५ ओटा सम्म अक्षर (A, B, C, D, E अथवा F) को प्रयोग गरिन्छन । यहि ग्रेड र ग्रेड प्वाइन्ट एभरेज को आधारमा माथिल्लो तहमा भर्ना पाउने नपाउने निर्धारण गर्न सजिलो हुन्छ ।

एसएलसिको जिपिएको बारेमा अन्यौल रहेको छ । एसएलसिको आधिकारिक वेवसाइटमा रिजल्ट मात्र राखिएको छ र कुनै पनि थप जानकारि राखिएको छैन । शिक्षा मन्त्रालयको वेव साइटमा पनि कुनै जानकारि भेटिएन । सेतोपाटि अनलाइनमा प्राप्त जानकारि अनुसार एक भिडियो तयार गरेर पोष्ट गरेको छु (सेतोपाटि वेवसाइटमा)। तर, केहि प्रयोग कर्ताले सेतोपाटिको जानकारि गलत भएको पनि बताएका छन । आशा गरौंग् आधिकारिक जानकारि चाँडै प्राप्त हुने छ ।

किन जिपिए शुरु गरएको ?


छोटो उत्तर – ज्ञानलाइ सहि मापन गरेर पढ्न र सिप सिक्न सहयोग गर्न ।

slc 2073 result and grade explained

पहिलाको पास फेल सिस्टमले फेल भएका बिध्यार्थिहरुलाइ उच्च शिक्षा पाउनबाट बन्देज गरेको थियो । तर, ग्रेड सिस्टमले भने जतिसुकै ग्रेड आए पनि कुनै न कुनै विषय पढ्न र सिप सिकेर गरिखाने वातावरण तयार पार्नु ग्रेडिङ प्रणालिको मान्यता भएको शिक्षाविदहरु बताउँछन्।

तर, के अब एसएलसिमा कोहि फेल हुंदैनन ?

छोटो उत्तर – फेल हुन्छन तर फेल भएको भनिदैन ।

प्राविधिक रुपमा अहिलेको जिपिए स्कोर प्राप्तांकलाइ नयाँ ढंगले प्रस्तुत मात्रै गरिएको हो । जिपिए मा रिजल्ट आए पनि यसलाइ सबैले पर्सेंटेजमा परिवर्तन गरेर हेरिरहेका छन् । तेसैले ग्रेड “डि” र “इ” आएका सबैलाइ फेल भएको मानिन्छ । सरकारले पनि “डि” र “इ” आउन्लेलाइ पुरक परिक्षा दिन मिल्ने वातावरण बनाएको छ । यसरि नभने पनि फेल त भएकै हुन । तर, फेल हुंदैमा प्राविधिक वा अन्य प्रशिक्षण लिनलाइ यसले बाधा नपुग्ने आशा गर्न सकिन्छ ।

कुन बिषय पढन कति जिपिए चाहिन्छ ?

कलेज भर्ना हुन कम्तिमा पनि ‘डि प्लस’ आउनै पर्छ । तर, ‘डि प्लस’ प्राप्त गर्ने विद्यार्थिलाइ पनि भर्ना पाउँन मुस्किल हुने देखिन्छ । त्योभन्दा कम “डि” र “इ” ग्रेड हुने लाइ व्यावसायिक सिप विकास तथा तालिम केन्द्र (सिटिभिटि) मा प्राविधिक विषयमा तालिम दिने सरकारि निति छ। सिटिभिटिले एक बर्षे देखि माथिका विभिन्न तालिम सञ्चालन गरिरहेको छ ।

उच्च माध्यमिक शिक्षा परिषदले कुन ग्रेड ल्याउने विद्यार्थिले के विषय पढ्न पाउने भन्ने मापदण्ड तोकिदिएको छ। परिषदले कक्षा ११ मा भर्ना हुन विभिन्न १२ विषयमा कम्तिमा कति ग्रेड प्वाइन्ट एभरेज (जिपिए) चाहिन्छ भन्ने जानकारि दिएको छ । उच्च माध्यमिक शिक्षा परिषदका अनुसार गणित र विज्ञान बिषय पढनको लागि ‘सि–प्लस’, अंग्रेजिमा ‘सि’ र सामाजिक शिक्षा तथा नेपालिमा ‘डि–प्लस’ आवश्यक पर्ने बताएको छ।

प्राविधिकतर्फ भने प्रयोगात्मकसहित १० वटै विषयमा “सि–प्लस” ल्याउनुपर्नेछ। उच्चमाध्यमिक विद्यालयको व्यावसायिक संकायमा पढ्न चाहनेले विज्ञान, अंग्रेजी र गणितमा ‘सि’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सिटिइभिटिले भने ‘सि’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाइ भर्ना लिने निर्णय गरेको बताइएको छ। सिटिइभिटिले अनिवार्य अंग्रेजि, गणित र विज्ञान विषयमा ‘सि’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको हो। यसका साथसाथै सिटिइभिटिले ‘डि’ र ‘इ’ ल्याउनेलाइ पनि बिभिन्न तालिमको अवसर दिने जनाइएको छ।

admission requirement of 11

Incoming search terms:

  • 2 मा कति जिपिएको मान्यता
  • सरकारिनोकरि विषय जानकारि
  • कति ग्रेड ले के पढ्न पाउने
  • c ग्रेड ल्याउनेले के पढ्दा राम्रो

One thought on “के हो जिपिए ? कुन बिषय पढन कति जिपिए चाहिन्छ ? के एसएलसिमा सबै पास हुन्छन् ?

  1. 90% अायाे भने GPA A+ हुन्छ कि A

    A+ 90 – 100 भएपछि

    A मा 80 – 89 हुनु पर्ने हैनर

Leave a Reply

Your email address will not be published. Required fields are marked *