लोड सेडिंग बर्षामा पनि घटेन, केपि ओलिले हटाउँछु भनेको होइन ?

नेपाल विद्युत प्राधिकरणको लोडसेडिंग तालिका अनुसार यो बर्षको बर्षामा अघिल्लो बर्षको बर्षामा भन्दा डबल भन्दा बढि लोड सेडिंग भइ रहेको छ । अहिलेको मध्य बर्षामा पनि दिनमा ९ घण्टा लोडसेडिङ भइ रहेको छ । हुन त, प्राधिकरणका अधिकारिले घोषणा नगरिकन अघोषित रुपमा दैनिक ५ घण्टा मात्रै विद्युत कटौति भइरहेको दाबी गरेका छन।प्राधिकरणका अधिकारिको दावि सहि नै भए पनि यो तथ्यांक प्रधानमन्त्रि केपि शर्मा ओलिले एक बर्ष भित्रै लोडसेडिङ आधारभुत रुपमा हटाउने भनेको भनाइसंग मेल खाँदैन।

भिडियो रिपोर्ट हेर्नुहोस :

हिउँदमा खोलामा पानिको मात्रा कम हुने भएकोले लोडसेडिंग बढिसमय हुने भए पनि यस अघिका बर्षामा भने जलविद्युतको आपुर्ति धेरै हुने हुनाले केहि राहत हुने गर्दथ्यो । गत वर्षको वर्षाको यस्तै समयमा दैनिक ४ घण्टा मात्रै लोडसेडिङ थियो भने, यो बर्ष भने बर्षा याममा पनि लोडशेडिंगमा कुनै कमि आएको छैन ।

विद्युत प्राधिकरणको योजना अनुसार यो बर्ष लोड सेडिङलाई घटाएर दिनमा २ घण्टा मात्रै बनाउने लक्ष भएको भए पनि माथिल्लो भोटेकोशि आयोजनाको पुनर्निर्माण नसकिएको हुनाले र कालि गण्डकिको एउटा युनिटको पनि मर्मत हुनुका साथै अन्य आयोजनाहरुमा पनि लक्ष्य अनुसार काम नभएकोले लोडसेडिंग नघटेको हो । यि कारणले अरुबेला उत्पादन हुन सक्ने करिव् ५० मेगावाट बिजुलि यो बर्ष उत्पादन हुन नसकेको कारणले यो बर्ष लोड सेडिङ घटाउन नसकिएको प्राधिकरणका अधिकारिले बताएका छन् ।

load shedding this year

Leave a Reply

Your email address will not be published. Required fields are marked *