विदेशबाट आँउदा भन्सार लाग्ने र नलाग्ने सामानको सुचि र धेरै सोधिने प्रश्नहरुको उत्तर

विदेशबाट फर्कने बेलामा नेपालिले ल्याउने सामानमा के कस्तो भन्सार शुल्क लाग्छ भन्ने बारेमा यहि साउनदेखि लगु हुनेदर रेट यस प्रकार छन् ।

नयाँ व्यवस्था अनुसार काँचो सुनचाँदि ल्याउन नपाउने व्यवस्था गरेको छ। यसको मतलव गहना हरु ल्याउन पाए पनि सुनको बिस्कुट ल्याउन पाइने छैन । आफुले प्रयोग गर्ने लुगा फाटोमा कुनै शुल्क लाग्दैन । तेस्तै अन्य कुराहरु जसमा कुनै शुल्क लाग्दैन ति तल प्रष्ट गरिएको छ ।  नेपाल सरकारको ब्यबस्था जस्ताको तस्तै :

nepal government list

nepal government bhansar list

***
भन्सार बिभागका प्रश्न उत्तर (जस्ताको तस्तै सारिएको – सबै दिर्घलाइ ह्रस्व चाँहि बनाएको छु 😉

भन्सार महसुल छुट हुने सरसामान के के हुन् ?
विदेशबाट फर्केका नेपालि यात्रुका सम्बन्धमा
क) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थिका पुराना सामानहरु,
ख) औषधि उपचार गराई फर्केका विरामिले ल्याएका औषधिहरु,
ग) शारिरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदि तथा चाँदिको गहना पाँचसय ग्राम र एक लाख रुपैया सम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
ङ) घडि/स्टिल क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
च) बच्चा राख्ने पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,
छ) पेशागत यात्रुले प्रयोग गरि ल्याएको सामान्य प्रकारका सामान एक एक थान,
ज) सात किलोग्राम सम्म खाद्य परिकार,
झ) मदिरा १.१५ लिटरसम्मको एक बोतल,

भन्सार महसुल छुट हुने भन्दा बढि परिमाणमा ल्याएमा के हुन्छ ?
मदिराको हकमा जफत हुन्छ भने अरु उल्लेख भएका सरसामानको हकमा औचित्य हेरि स्विकृति दिन सक्ने व्यवस्था छ ।

६ महिना वा सो भन्दा बढि विदेशमा बसि फर्केका नेपालि यात्रुहरुले सुन र चाँदि के कति ल्याउन पाउँछन् ?
छ महिना र सो भन्दा बढि बसि फर्कने नेपालि यात्रुले ५०० ग्राम सम्म सुन र १ किलो सम्म चाँदिमा लाग्ने महसुल तिरि ल्याउन पाउँछन् । (परिवर्तन भएको छ – माथि हेर्नुहोस)

विदेशबाट आफु फर्किसकेपछि पनि सामान ल्याउन (मगाउन) पाइन्छ ?
पाइन्छ । तर नेपालमा स्थायि बसोवास गर्ने नेपालि नागरिक विदेशमा गई नेपाल फर्कंदा आफु आउनु अघि वा पछि चलान गरेको भएमा आफु नेपाल प्रवेश गरेको मितिले तिन महिनाभित्र त्यस्तो सामान भन्सार गोदाममा दाखिल भै सकेको हुनु पर्नेछ ।

विदेशबाट फर्कने नेपालि यात्रुहरुले आफु साथ ल्याएका वा आफु आउनु अघि वा पछि पठाएको सामानहरुमा के कति मुल्यको सामानमा भन्सार छुट पाइन्छ ?
विदेशमा ६ महिना भन्दा बढि अवधि बसि फर्कने यात्रुले निम्न बमोजिमको मुल्य सम्मका सामानमा लाग्ने भन्सार महसुल पुर्ण रुपमा छुट पाउँछ ।
क) ६ महिना भन्दा बढि एक वर्षसम्म विदेशमा बसि फर्केमा १५ हजार सम्म र
ख) एक वर्ष भन्दा बढि जतिसुकै अवधि विदेशमा बसि फर्केमा २५ हजार रुपैयाँ सम्म

उमेर नपुगेका केटाकेटिहरुका संबन्धमा कस्तो व्यवस्था छ ?
विदेशबाट फर्कने नेपालि यात्रुहरु मध्ये १६ वर्ष मुनिका यात्रुहरुले छुटको सिमाको ५० प्रतिशत मात्र सुविधा पाउँछन् ।
विदेशमा वसि फर्कने नेपालि यात्रुहरुले आफुले प्रयोग गरेका वाहेक नयाँ लुगाफाटा पनि ल्याउन पाइन्छ ?
विदेशमा रहँदा प्रयोग गरेका लुगाफाटा मात्र भन्सार छुटमा ल्याउन पाइन्छ । नयाँ ल्याएमा नियमानुसार ल्याउन पाउने परिमाण जतिमा प्रचलित आर्थिक ऐन अुनसार समदरमा भन्सार महसुल तिर्नु पर्छ ।

विदेशमा बसि फर्केका नेपालि यात्रुहरुले भन्सार महसुल तिरेर शरिरमा लगाउने लुगाफाटा आदि कतिसम्म ल्याउन पाइन्छ ?
विदेशमा बसि फर्केका नेपालि यात्रुहरुले आफुले प्रयोग गरेका सामान वाहेक शरिरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्श आदि बढिमा १५/१५ थान नियमानुसार समदर महसुल बुझाई ल्याउन पाइन्छ ।

विदेशमा बस्दा आफ्नो सम्बन्धित काममा प्रयोग गरिएका पेशागत सामान आफु फर्कंदा नयाँ सामान समेत ल्याउन पाइन्छ ?
पेशागत यात्रुले प्रयोग गरेको सामान्य प्रकारको सामानहरु जस्तै डाक्टरको लागि व्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथोस्कोप, खेलाडिको खेलकुद सम्बन्धि सामान जस्तै फुटबल, भलिबल, व्याडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै गिटार, हार्मोनियम, तवला जस्ता सामानहरु १/१ थानमा भन्सार लाग्दैन तर आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थान ल्याउन पाइन्छ र सो मा प्रचलित आर्थिक ऐन अनुसार समदरमा महसुल तिर्नु पर्दछ ।

विदेशमा बसि फर्कने नेपालि यात्रुहरुले आफ्नो प्रयोगको लागि खाद्य पदार्थ कति सम्म ल्याउन पाइन्छ ?
महसुल नतिरि ७ किलो सम्म र प्रचलित आर्थिक ऐन अनुसार समदरमा महसुल तिरि १० किलो सम्म खाद्य पदार्थ ल्याउन पाइन्छ ।

विदेशमा वसेका व्यक्तिले नेपालमा रहेका आफन्त वा परिवारलाई सामान पठाउन मिल्छ ?
२५० अमेरिकि डलर सम्मको सामान (मनाहि तथा परिमाणत्मक बन्देज भएका सामान वाहेक) पठाएमा भन्सार कार्यालयले प्रमाण हेरि नियमानुसार लाग्ने समदरमा भन्सार महसुल लगाई जाँच पास गर्न सक्ने छ ।

विदेशमा बसि फर्कने यात्रुहरुले चुरोट, सिगार कति ल्याउन पाइन्छ ?
विदेशमा बसेका नेपालि यात्रुहरु आफु फर्कदा चुरोट २०० खिल्लिसम्म वा सिगार ५० खिल्लि सम्म दरवन्दि अनुसार लाग्ने महसुल तिरि ल्याउन पाइन्छ । सो भन्दा बढि ल्याएमा बढि भएजतिको परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल लाग्छ ।

भन्सार महसुल छुट हुने सरसामान के के हुन् ?
विदेशबाट फर्केका नेपालि यात्रुका सम्बन्धमा
क) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थिका पुराना सामानहरु,
ख) औषधि उपचार गराई फर्केका विरामिले ल्याएका औषधिहरु,
ग) शारिरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदि तथा चाँदिको गहना पाँचसय ग्राम र एक लाख रुपैया सम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
ङ) घडि/स्टिल क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
च) बच्चा राख्ने पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,
छ) पेशागत यात्रुले प्रयोग गरि ल्याएको सामान्य प्रकारका सामान एक एक थान,
ज) सात किलोग्राम सम्म खाद्य परिकार,
झ) मदिरा १.१५ लिटरसम्मको एक बोतल,

भन्सार महसुल छुट हुने भन्दा बढि परिमाणमा ल्याएमा के हुन्छ ?
मदिराको हकमा जफत हुन्छ भने अरु उल्लेख भएका सरसामानको हकमा औचित्य हेरि स्विकृति दिन सक्ने व्यवस्था छ ।

६ महिना वा सो भन्दा बढि विदेशमा बसि फर्केका नेपालि यात्रुहरुले सुन र चाँदि के कति ल्याउन पाउँछन् ?
छ महिना र सो भन्दा बढि बसि फर्कने नेपालि यात्रुले ५०० ग्राम सम्म सुन र १ किलो सम्म चाँदिमा लाग्ने महसुल तिरि ल्याउन पाउँछन् ।

विदेशबाट आफु फर्किसकेपछि पनि सामान ल्याउन (मगाउन) पाइन्छ ?
पाइन्छ । तर नेपालमा स्थायि बसोवास गर्ने नेपालि नागरिक विदेशमा गई नेपाल फर्कंदा आफु आउनु अघि वा पछि चलान गरेको भएमा आफु नेपाल प्रवेश गरेको मितिले तिन महिनाभित्र त्यस्तो सामान भन्सार गोदाममा दाखिल भै सकेको हुनु पर्नेछ ।

विदेशबाट फर्कने नेपालि यात्रुहरुले आफु साथ ल्याएका वा आफु आउनु अघि वा पछि पठाएको सामानहरुमा के कति मुल्यको सामानमा भन्सार छुट पाइन्छ ?
विदेशमा ६ महिना भन्दा बढि अवधि बसि फर्कने यात्रुले निम्न बमोजिमको मुल्य सम्मका सामानमा लाग्ने भन्सार महसुल पुर्ण रुपमा छुट पाउँछ ।
क) ६ महिना भन्दा बढि एक वर्षसम्म विदेशमा बसि फर्केमा १५ हजार सम्म रख) एक वर्ष भन्दा बढि जतिसुकै अवधि विदेशमा बसि फर्केमा २५ हजार रुपैयाँ सम्म

उमेर नपुगेका केटाकेटिहरुका संबन्धमा कस्तो व्यवस्था छ ?
विदेशबाट फर्कने नेपालि यात्रुहरु मध्ये १६ वर्ष मुनिका यात्रुहरुले छुटको सिमाको ५० प्रतिशत मात्र सुविधा पाउँछन् ।

विदेशमा वसि फर्कने नेपालि यात्रुहरुले आफुले प्रयोग गरेका वाहेक नयाँ लुगाफाटा पनि ल्याउन पाइन्छ ?
विदेशमा रहँदा प्रयोग गरेका लुगाफाटा मात्र भन्सार छुटमा ल्याउन पाइन्छ । नयाँ ल्याएमा नियमानुसार ल्याउन पाउने परिमाण जतिमा प्रचलित आर्थिक ऐन अुनसार समदरमा भन्सारमहसुल तिर्नु पर्छ ।

विदेशमा बसि फर्केका नेपालि यात्रुहरुले भन्सार महसुल तिरेर शरिरमा लगाउने लुगाफाटा आदि कतिसम्म ल्याउन पाइन्छ ?
विदेशमा बसि फर्केका नेपालि यात्रुहरुले आफुले प्रयोग गरेका सामान वाहेक शरिरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्श आदि बढिमा १५/१५ थान नियमानुसार समदर महसुल बुझाई ल्याउन पाइन्छ ।

विदेशमा बस्दा आफ्नो सम्बन्धित काममा प्रयोग गरिएका पेशागत सामान आफु फर्कंदा नयाँ सामान समेत ल्याउन पाइन्छ ?
पेशागत यात्रुले प्रयोग गरेको सामान्य प्रकारको सामानहरु जस्तै डाक्टरको लागि व्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथोस्कोप, खेलाडिको खेलकुद सम्बन्धि सामान जस्तै फुटबल, भलिबल, व्याडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै गिटार, हार्मोनियम, तवला जस्ता सामानहरु १/१ थानमा भन्सार लाग्दैन तर आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थान ल्याउन पाइन्छ र सो मा प्रचलित आर्थिक ऐन अनुसार समदरमा महसुल तिर्नु पर्दछ ।

विदेशमा बसि फर्कने नेपालि यात्रुहरुले आफ्नो प्रयोगको लागि खाद्य पदार्थ कति सम्म ल्याउन पाइन्छ ?
महसुल नतिरि ७ किलो सम्म र प्रचलित आर्थिक ऐन अनुसार समदरमा महसुल तिरि १० किलो सम्म खाद्य पदार्थ ल्याउन पाइन्छ ।

विदेशमा वसेका व्यक्तिले नेपालमा रहेका आफन्त वा परिवारलाई सामान पठाउन मिल्छ ?
२५० अमेरिकि डलर सम्मको सामान (मनाहि तथा परिमाणत्मक बन्देज भएका सामान वाहेक) पठाएमा भन्सार कार्यालयले प्रमाण हेरि नियमानुसार लाग्ने समदरमा भन्सार महसुल लगाई जाँच पास गर्न सक्ने छ ।

विदेशमा बसि फर्कने यात्रुहरुले चुरोट, सिगार कति ल्याउन पाइन्छ ?
विदेशमा बसेका नेपालि यात्रुहरु आफु फर्कदा चुरोट २०० खिल्लिसम्म वा सिगार ५० खिल्लि सम्म दरवन्दि अनुसार लाग्ने महसुल तिरि ल्याउन पाइन्छ । सो भन्दा बढि ल्याएमा बढि भएजतिको परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल लाग्छ ।

कुनै नेपालि नागरिकको विदेशको बसाइको क्रममा मृत्यु भएमा निजको विदेशमा बस्दा प्रयोग गरेका सामानहरु पैठारि हुँदा कुनै कर महसुल लाग्छ/लाग्दैन ?
प्रयोगमा आएका पुराना घरायसि मालसामानमा कुनै कर महसुल लाग्दैन ।

भारतिय सेवा वा प्रहरिबाट सेवा निवृत भई निवृति भरण पाउने गरि स्वदेश फर्कदा निजि प्रयोगका घरायसि सामान आफु साथ ल्याउँदा भन्सार लाग्छ ?
सेवा निवृत भएको कागजात पेश गरेमा एक पटकको लागि ५० हजार मुल्य सम्म पर्ने सामानहरु महसुल छुटमा ल्याउन पाइन्छ (यसमा सवारि साधन हात हतियार र खर खजाखजाना र प्रतिवन्धित सामान वाहेक) ।

विदेशबाट फर्केका नेपालि यात्रुहरुले आफुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न र नामसारि गरि छुटाउन सकिन्छ ?
पाइदैन ।

विदेशमा वसि फर्केका नेपालि यात्रुले ल्याउने एल.सि.डि. वा प्लाज्मा टेलिभिजनमा भन्सार महसुल कसरि लाग्छ ?
विदेशमा निम्न बमोजिमको अवधि वसि फर्केका नेपालि यात्रुले ल्याउने एल.सि.डि. वा प्लाज्मा टेलिभिजनमा निम्न बमोजिम भन्सार महसुल एकमुष्ट लाग्दछ र यिनमा अन्तःशुल्क तथा मुल्य अभिबृद्धि कर लाग्दैन ।

टेलिभिजन को साइज विदेशमा बसेको अवधि र लाग्ने महसुल
६ महिनासम्म ६ महिना भन्दा वढि
(क) २२ इन्चसम्म प्रतिइन्च रु. २००।— प्रतिइन्च रु. १५०।—
((ख) २३—२९ इन्च प्रतिइन्च रु. ३००।— प्रतिइन्च रु. २५०।—
(ग) ३०—३२ इन्च प्रतिइन्च रु. ४५०।— प्रतिइन्च रु. ४००।—
(घ) ३३—३९ इन्च प्रतिइन्च रु. ५५०।— प्रतिइन्च रु. ५००।—
(ड०)४०—४९ इन्च प्रतिइन्च रु. ६००। प्रतिइन्च रु. ५५०।—
(च) ५० इन्च र सो भन्दा माथि प्रतिइन्च रु.१२५०।— प्रतिइन्च रु.१२००।—

तर वैदेशिक रोजगारमा गई कम्तिमा लगातार बाह्र महिनाकाम गरि आउने नेपालि नागरिकहरुलाई एक पटकको लागि अभिलेखवद्ध गरि निजहरुले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तिस इन्च सम्मको टिभिमा लाग्ने सम्पुर्ण कर महसुल छुट दिइनेछ । सो भन्दा बढि इन्चको टेलिभिजन ल्याएमा उक्त छुट सुविधा दिइनेछैन ।

उडानमा गएका क्रिउ मेम्वरहरुले आफ्नो प्रयोगमा ल्याएको निजि सामान वाहेक अन्य वस्तु ल्याउन पाइन्छ ?ल्याएमा के हुन्छ ?
पाइदैन | उडानमा गएका बखत क्रिउ मेम्वरहरुले उडानमा साथमा लगेका निजि सामान वाहेक अन्य सामान ल्याउन पाइदैन, ल्याएमा जफत हुन्छ ।

नेपालि नागरिक विदेश जाँदा विदेशमा रहेका आफन्त तथा मित्रहरुलाई सौगातको रुपमा दिनकति मुल्य सम्मका सामान नेपालबाट साथमा लिएर जान पाइन्छ ?
नेपालमा उत्पादन भएका २५ हजार मुल्य सम्मका मालसामान (मनाहि र नियन्त्रित वाहेक) महसुल नतिरि लैजान पाइने र मु.अु.कर लाग्ने सामान भए कर विजक र मु.अ. कर नलाग्ने सामान भए स्थायि लेखा नम्वर भएको विजक पेश गरेमा मुल्यको सिमा वन्देज लागु हुँदैन ।

विदेशमा औषधि उपचार गराई फर्केका विरामिले साथमा ल्याएका औषधिमा भन्सार लाग्छ/लाग्दैन?
लाग्दैन ।

विदेशमा वस्ने नेपालिहरुले आफुले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दा बाट पठाउँदा महसुल लाग्छ/लाग्दैन ?
प्रयोग गरेका लत्ता कपडामा भन्सार महसुल लाग्दैन ।

विदेशबाट फर्कने नेपालि यात्रुहरुले आफु आउनु भन्दा अघि वा पछि ल्याएका भन्सार महसुल पुर्ण छुट हुने वा समदरमा भन्सार तिरि ल्याउन पाउने वस्तु वाहेक नितान्त घर व्यवहारमा प्रयोग हुने कुनै सामानहरु ल्याउन पाइन्छ/पाइदैन ?
विदेशबाट फर्केका नेपालि यात्रुहरुले नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार संख्या बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखि भन्सार कार्यालयको प्रमुखले औचित्य हेरि लाग्ने समदरमा महसुल लिई जाँचपास गर्न स्विकृति दिनसक्छ ।

अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने जाने विदेशि यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा निजि प्रयोगका चलनचल्तिमा ल्याएका कुन कुन पुराना सामान ल्याउँदा वा लैजाँदा महसुल छुट हुन्छ ?
क) वाइनाकुलर, दुरविन गोटा १
ख) भिडियो क्यामेरा, स्टिल क्यामेरा, १/१ गोटा
ग) पोर्टेवल म्युजिक सिष्टम १ सेट र सो मा प्रयोग हुने सि.डि., टेप जस्ता रेकर्डेड मिडिया हरु दश थान
घ) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थिका पुराना सामानहरु,
ङ) पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,
च) साइकल १,
छ) घडि १
ज) सेलुलर मोवाइल फोन १
झ) निम्न बमोजिमका पेशाकर्मिले आफुले चलनचल्तिमा ल्याएका निम्न बमोजिमका उपकरण हरु
१) कर्मिले काम गर्न ल्याएको ज्यावल बढिमा १ सेत
२) डाक्टर वा बैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु र औषधिहरु तथा सम्वन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकिय सामानहरु
३) गवैयाको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धि आवश्यक सामान
४) खेलाडिको खेलकुद सामान
५) माछा मार्ने रड
६) पचास ग्राम सम्म सुनको गहना र सय ग्राम सम्म चाँदिको गहना

पासपोर्ट लिइ आउने विदेशि यात्रुहरुले ल्याउने कुन कुन सामानमा भन्सार महसुल लाग्दैन ?
क) मदिरा १.१५ लिटरसम्मको एक बोतल वा वियर १२ क्यान सम्म
ख) चुरोट २०० खिल्लि, सिगार ५० खिल्लि सम्म, टोवाको २५० ग्रामसम्म
ग) स्टिल क्यामेराको फिल्म १५ गोटा र मुभि क्यामेराको १२ गोटासम्म
घ) दश हजार रुपैया मुल्य सम्मका औषधि (नेपालमा पैठारि मनाहि भएका औषधिहरु वाहेक)
ङ) पाँच हजार रुपैया मुल्य सम्मका खानेकुराहरु (टिन प्याक समेत)
च) दुइ हजार रुपैया मुल्य सम्मका ताजा फलफुल
विदेशि यात्रुले के कति रकम सम्मको नेपालको बजारमा खरिद गरेको मालसामान इजाजतपत्र विना विदेशमा पठाउन वा लैजान सक्छ ?
आधिकारिक रुपमा विदेशि मुद्रा सटहि गरेको प्रमाण भएसम्म रकमको नेपालमा खरिद गरिएको मालसामान विना इजाजत पत्र (निकासिमा वन्देज लागेको वाहेक) लैजान वा पठाउन सक्छ ।

विदेशि यात्रुले मुल्य अभिवृद्धि कर लाग्ने विजक वा सो कर नलाग्ने सामानमा स्थायि लेखा नम्वरको विजक भएमा कति सम्मको मालसामान आफुसाथ लैजान वा पठाउन सक्छ ?
रु २५ हजार सम्मको मालसामान आफु साथ लैजान वा पठाउन मु.अ. कर विजक वा स्थायि लेखा नम्वर भएको विजक आवश्यक पर्दैन । सो भन्दा माथिको हकमा उपरोक्त विजकहरुको जति सुकै मुल्यको सामान (निकासि मा वन्देज लागेको वाहेक) विना इजाजतपत्र निकासि गर्न सक्दछ ।प्रयोगमा आएका पुराना घरायसि मालसामानमा कुनै कर महसुल लाग्दैन ।

 

9 thoughts on “विदेशबाट आँउदा भन्सार लाग्ने र नलाग्ने सामानको सुचि र धेरै सोधिने प्रश्नहरुको उत्तर

  1. यदि चलाई रहेको mobile छ भने नयाँ किन्दा 2 हुन्छ तेस्को हकमा के हुन्छ।

  2. Delhi bata AauDa PuranA Ghar kA saman Lyuda Bodar ma kUnai samaya ta hudain…jastai DaBal bed .Wasin masin. fan .friDge Cycle ……?????

    • बोर्डरमा त नियम भन्दा पनि पुलिसले जे भन्यो तेहि हुन्छ । पाएसम्म घुस खान खोज्छन ।
      राम्रो त सामान ट्रान्स्पोर्ट गर्ने कम्पनि/मान्छेहरु संग बुझ्नु ठिक होला । अझ, सामान तिनिहरुकै जिम्मामा पठाउँदा सजिलो हुन्छ होला ।

  3. Led vansar tax kasto kisim ko ho maile bujina yedi maile 32 inches dekhi mathi ko liyara aayama example 40 inches ko lagema tax 8 inches ko tax varnu parne ho ki 40 inches sammakai tax vanrnu parne ho kin vne 32 inches samma ta tax free xa k ho ali bujne tarikale reply pauna hau

  4. राजेश सुब्बा ईम्सेाङ says:

    बिदेश बाट फर्किदा 50 ग्राम जति काचेा सुन ल्याउन पाइन्छ भन्ने कुरा छ के येा साचेा हेा या हेाइन स्पष्टीकरण पाए अाभारि हुने थिए

Leave a Reply

Your email address will not be published.