बिजय कुमार गच्छदार यस्ता नेता हुन, जो जुनसुकै पार्टिको सरकार आए पनि मन्त्रि पद पड्काउन सक्छन ।
केपि ओली सरकारका उपप्रधानमन्त्रि तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रहेका केपि माथि अविश्वासको प्रस्ताव र सरकार ढल्ने संकेत मिल्ने बित्तिकै प्रचण्डको नेतृत्वमा बन्ने सम्भावन भएको सरकारमा मन्त्री बन्न दौडधुप शुरु गरिसकेका थिए । सुन्नमा आए अनुसार उनले माओवादि मन्त्रिपरिसदमा आफ्नो स्थान सुरक्षित राखि सकेका छन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा। भिडियो रिपोर्ट हेर्नुहोस:
शुरुका कांग्रेस नेता गच्छदार कांग्रेस नेताहरुको सरकारमा दुइ दुइ चोटि मन्त्रि भएका थिए । पछि उनले छुट्टै पार्टि खोलेर सबै पार्टिको सरकारमा सामेल हुन सक्षम भएका हुन ।
- राप्रपा नेता सुर्य बहादुर थापाको मन्त्रिपरिषदमा
- एमाले नेता माधव कुमार नेपालको मन्त्रिपरिषदमा
- एमाले नेता केपि ओलिको मन्त्रिपरिषदमा
- माओबादि नेता प्रचण्ड सरकारको मन्त्रिमण्डलमा
- माओबादि नेता बाबुराम भट्टराइ सरकारको मन्त्रिमण्डलमा
- कांग्रेस नेता गिरिजा प्रसाद कोइराला सरकारको मन्त्रिमण्डलमा दुइ चोटि
- कांग्रेस नेता भट्टराइ सरकारको मन्त्रिमण्डलमा दुइ चोटि
- कांग्रेस नेता शेरबहादुर देउवा सरकारको मन्त्रिमण्डलमा दुइ चोटि
गच्छदार बिक्रम संबत २०६४ को संविधानसभा निर्वाचन पछि बनेका सरकारहरु मध्ये झलनाथ खनालको र सुशील कोइरालाको नेतृत्वका बनेका दुइवटा सरकार बाहेक अरु सबै सरकारमा मन्त्रि बनेका छन ।
अझ उनि संधै प्रभावशालि मन्त्रालयकै मन्त्रि हुन्छन भने उनि तिन चोटि त उपप्रधान मन्त्रि नै भइ सके । उनले सम्हालेका मन्त्रि पदहरुमा संचारमन्त्रि, निर्माण तथा यातायात मन्त्रि, पर्यटन तथा नागरिक उड्यान मन्त्रि, जलश्रोत मन्त्रि, भौतिक योजना तथा निर्माण मन्त्रि, र गृहमन्त्रि रहेका छन्।
बिजय कुमार गच्छदार कुनकुन बेला र अन्दाजि कति समय मन्त्रि बने भन्ने बिवरण हेर्नुहोस ।