आनन्दका १० कुरा – नेपालि राष्ट्रिय गान उत्कृष्ट १० मध्ये एक

बिबिसिका पत्रकार एलेक्स मार्सलले रियो ओलम्पिकमा भाग लिइरहेका २०० भन्दा बढि देशको राष्ट्रिय गानहरु मध्ये १० विशिष्ट र छुट्टै मौलिकता भएको संगित भएका राष्ट्रिय गानहरु छानेका छन् । ति द्श मध्ये एउटा नेपालको राष्ट्रिय गान पनि परेको छ । उनले नेपालको राष्ट्रिय गान रमाइलो नेपालि पप गितजस्तै सुनिने भन्दै, यो गानलाइ किबोर्डमा सजिलै बजाउन पनि सकिने बताएका छन् । उनले छानेका उत्कृष्ट राष्ट्रिय गानको सुचिमा पर्ने राष्ट्रिय गानहरुमा रुस, बर्मा, इजरायल, कजाकिस्तान, ब्राजिल, चिन, माउरिटानिया, कङ्गो र पाराग्वे का गाना पनि परेका छन्।

यि सबै १० विशिष्ट र छुट्टै मौलिकता भएका राष्ट्रिय गानहरुको छोटो धुन सहित भिडियो रिपोर्ट हेर्नुहोस :

  1. पहिलो नम्बरमा आएको रसियाको राष्ट्रिय गानलाइ सरकारि स्तरमै भएको डोपिंगको कारणले खिल्लि उडाउलान भन्ने एलेक्सको अन्दाज छ ।
  2. तेस्तै म्यानमारको लोक भाखा पछि एक्कासि मिलिटरि ब्याण्ड वाला राष्ट्रिय गान उनलाइ अचम्म लागेको रहेछ ।
  3. नेपालको राष्ट्रिय गान चाँहि काठमाण्डौंका ट्याक्सिमा घन्कने पप गित जस्तो लाग्यो रे उनलाइ ।
  4. प्राय जसो राष्ट्रिय गानामा देश भक्ति, खुशियालिको गाथा हुन्छन । तर, इजरायल राष्ट्रिय गाना दुखिया छ रे ।
  5. कजाकिस्तानको राष्ट्रिय गाना पाँचौं नम्बरमा परेको यस अघि दुइ पटक झुक्किइसकेको हुनाले हो । एकपटक फिल्मको कमेडि गित बजेको थियो (सन २०१२ मा) अनि अर्को पटक, एक स्कि गेमको बेला रिक्कि मार्टिनको पप गित बजेको थियो ।
  6. ब्राजिल आयोजक राष्ट्र मात्र नभएर यस्को राष्ट्रिय गाना पनि एकदमै रमाइलो खालको छ । ब्राजिलियनहरु राष्ट्रिय गाना गाउँन रमाउँछन रे ।
  7. चिनको राष्ट्रिय गाना एक फिल्मको गित हो । त्यो गित यति पपुलर भयोकि अन्तत राष्ट्रिय गाना नै बनाइयो ।
  8. माउरिटानिया – अरु देशका राष्ट्रिय गानाले देशको प्रचार गर्छन भने माउरिटानियाको गानाले यहाँ आयौ भने फर्कन पाउँदैनौ भन्छ रे ।
  9. कङ्गो को राष्ट्रिय गानामा समुहमा गाउनुको साथै एक्लैले गाउने भाग पनि छ ।
  10. पाराग्वे को गानाको टाइटलमा “रिपब्लिक अर डेथ” सो लेखका लेखक एलेक्स मार्सलको कितावको टाइटल पनि हो ।

top 10 national anthems

अपडेट – बिबिसिको अंग्रेजि लेख पढन यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *