जनै किन लगाउँछन ?

जनै पुर्णिमाको परिचय यहाँ पढनुहोस्

हिन्दु परंपरा अनुसार केहि समुदायहरुका पुरुषहरुमा परापुर्वकाल देखि जनै लगाउने प्रचलन छ । जनै एक काँचो धागोको डोरि हो जुन बाँयाबाट दाँया काधमा भिरिन्छ । यो जनै किन लगाइन्छ होला भनेर कौतुहल लागेर सोद्धा किन भन्नेमा धेरै मानिसमा भिभिन्न मत देखियो । लगाउनेलाइ त थाहा भएन भएन, लगाइदिने पुरेत बाजेहरुसंग पनि जनै लगाउनुको चित्त बुझ्दो कारण भने छैनन । प्रायको रेडिमेड जवाफ हुन्छ जनैले “रक्षा गर्छ र यसले बल वुद्धि दिन्छ।” कसरि रक्षा गर्छ र बल बुद्धि कसरि दिन्छ भन्ने कुरामा भने भिन्दा भिन्दै जवाफ छन ।

आज म भिभिन्न श्रोतबाट जनै किन लगाउँछन भन्ने बारेमा प्राप्त जानकारिहरु एकै ठाउँमा जम्मा गर्ने प्रयास गर्दैछु । यो पोष्ट तयार गर्ने प्रेरणा दिने रमेश लुइटेललाइ धन्यवाद ।

janai why janai

हिन्दु परंपरा अनुसार धेरै सम्प्रदायका पुरुष बालकहरु बुझ्न सक्ने उमेरमा पुगे पछि ब्रतबन्ध गरेर जनै लगाउन शुरु गरिदिने चलन छ । ब्रतबन्धले मन मस्तिष्क शुद्धिका साथै चित्त शुद्धबनाउन सहयोग गर्ने मानिन्छ । ब्रतबन्ध गरेपछि बाबुआमाको म्रित्युमा किरिया बस्न लायक हुन्छन । तेसैले, यो प्रचनलन एक हिसावले उत्तराधिकारि बनाउने प्रचलनको रुपमा पनि बुझ्न सकिन्छ ।

जनैको बनोट र यसको धारण

काँचो धागो भन्नाले अन्य कुनै प्रयोजनमा प्रयोग नभएको नयाँ कातिएको शुद्ध धागो हो । यस्तो सुद्ध धागोको डोरिमा तिन फेरो हुने गर्दछ । यि तिन फेरोलाइ ब्रम्हा, बिष्णु र महेशको प्रतिक मानिन्छ । यसरि प्रक्रिया पुर्याएर धारण गरिएको जनै धारण गर्दा शरिर शुद्ध र पबित्र हुने बिश्वास गरिन्छ ।

जनै धारण गर्दा यो यसको डोरिले मुटुको बाहिरि बिन्दु, फोक्सोको बाहिरि बिन्दु, नाभिको बाहिरि बिन्दु र स्तन क्षेत्रमा स्पर्स गर्छ । य़सरि यसले उर्जाशक्ति र रक्तसंचारलाइ सहयोग गर्ने बिश्वास गरिन्छ ।

वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउदा मानिसको स्वस्थमा सकारात्मक प्रभाव पर्ने बिश्वास गरिन्छ । दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियो सँग जोडिएको हुनाले पिसाव फेर्ने समयमा जनै दाँया कानमा राख्दा शुक्रको रक्षा हुने बिश्वास गरिन्छ । सुत्ने बेलामा जनै दायाँ कानमा राखेर सुतेमा पनि नराम्रो सपना बाट मुक्ति मिल्ने बिश्वास गरिन्छ। तेस्तै जनैले हृदय रोगको सम्भावनालाइ पनि कम गर्ने बिश्वास गरिन्छ । परंपरागत बिश्वास अनुसार, कानमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा उच्च रक्तचापको समस्या बाट छुटकारा मिल्छ।

अर्को बिश्वास अनुसार शरिरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ। दाँया काँधबाट कम्मरसम्म फैलिएको यो रेखा माथि जनै लगाउँदा यसले विद्युत प्रवाह नियन्त्रित हुने बिश्वास गरिन्छ। यसरि विद्युत प्रवाहको प्राकृतिक रेखालाइ पछ्याउँने जनै धारणले काम-क्रोधमा नियन्त्रण राख्न सजिलो हुने पनि बिश्वास गरिन्छ ।

यसरि जनैको प्रयोगले आयु, तेज र बल प्राप्त हुनुका साथै यसले मुटु, कलेजो, फोक्स र अन्य अंगहरुलाइ क्रियाशिल बनाउन पनि सहयोग गर्ने बिश्वास गरिन्छ । नकारात्मक उर्जा र भावनाहरुलाइ निस्तेज बनाएर मन, बुद्धि र चित्त शुद्ध बनाउन जनैले योगदान दिने बिश्वास गरिने भए पनि यि कुराहरु वैज्ञानिक रुपमा पुष्टि भएको चाँहि मलाइ थाह भएन ।

जनै पुर्णिमाको परिचय भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *