आज बाबुको मुख हेर्ने दिन, कुशे औँशि र मोति जयन्ति – यि सबैको परिचय एकै लटमा

अघिल्लो बर्ष नै बनाएको परिचय भिडियमा आजको दिनको महत्व दर्शाइएको छ । अनि आजकै दिनको लागि भनेर मैले अर्को भिडियो बनाएको थिए – १० जना हिरोइनहरु का बाबुको फोटो सहित । ति बाहेक अन्य हिरोइनका बाउका फोटो राख्दा भिडियो लामो हुने र चाखलाग्दो पनि नहुने डरले अरु सबै फोटो जम्मा गरेर यो ब्लग पोष्ट पनि बनाएको छु (हिरोइनका मात्रै छन है, हिरोका खोइ भन्नुहोला -आमाको फोटो शेयर गर्ने हिरो नै फेला परेनन)। यो भिडियोमा नम्रता श्रेष्ठ, रेखा थापा, केकि अधिकारि, प्रियंका कार्कि, बिनिता बराल आदिका भिडियो सहित बाबुहरुका फोटो पनि समाबेश गरिएका छन:

कुशे औँशिको दिन हिन्दु धर्मावलम्बिहरुले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश आफ्नो घरमा भित्र्याउछन्।

परिचय भिडियो :

khushe_aunshi

गोकर्ण औँशिका नामले पनि चिनिने यस पर्वमा छोराछोरिहरुले परम्परा अनुसार आ-आफ्ना बाबुलाइ मनपर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन। बाबुको मुख हेर्ने / बाको मुख हेर्ने / बाबाको मुख हेर्ने / पिताको मुख हेर्ने; जे भने पनि, यो पर्ब आफुलाइ जन्म दिने पिताको सम्मान गर्ने हाम्रो आफ्नै परम्परा हो। छोराछोरिले आ-आफ्ना बाबुलाइ परिकारका मिठाइ फलफुल आदि भोजन गराइ बाबुको मुख हेर्ने पर्व मनाइन्छ। आफूलाई जन्म दिइ लालनपालन गरि हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृदिवशको रुपमा मनाइने यस पर्वमा छोराछोरीहरुले आ-आफ्ना बाबुलाइ सम्मान प्रकट गरि आशिर्वाद ग्रहण परम्परा पनि रहदै आएको छ ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गइ आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरि सिदा दान गर्ने गर्दछन्। कुशे औँशिको दिन उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतिमा आ-आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरुको घुइँचो लाग्छ। तिर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

मोती जयन्ती

Moti_Ram_Bhattaवि.सं.१९२३ भाद्र कृष्ण कुशे औँशिका दिन जन्मेर वि.सं.१९५३ भाद्र कृष्ण कुशे औँशिकै दिनमा ३० वर्षको उमेरमा परलोक भएका मोतिराम भट्ट ले नेपालि साहित्यमा ठुलो योगदान गरेका छन् । आदिकबि भानुभक्तलाइ चिनाउनुका साथै बिभिन्न कृतिहरु लेखेर उनले नेपालि साहित्यको श्रिवृद्धिका लागि अपुर्ब योगदान पुर्‍याएका थिए।

युवाकवि मोतिराम भट्टले नेपालि साहित्यको शृङ्गार रसलाई अविष्मरणिय योगदान गरेका थिए।

नोट: यो पोष्ट सन २०११मा लेखिएको थियो । यसलाइ “सजिलो नेपालि” प्रयोगको लगि उपयुक्त हुने गरेर परिमार्जन गरेर सन २०१५ मा फेरि पोष्ट गरिएको हो । साथै, अडियो/भिडियो पनि थप गरिएको छ।

Leave a Reply

Your email address will not be published.