अनगिन्ति अवार्ड कार्यक्रम किन ? एउटैलाइ बारंबार अवार्ड दिन?

अस्ति आयोजना भएको एलजि फिल्म अवार्ड कार्यक्रम पछि अवार्ड पाउनेहरुको बारेमा भिडियो बनाउँन स्क्रिप्ट लेख्दै थिएँ, बिचमा नै रोकियो । लेख्न शुरु गरिसकेको हुनाले एउटा टुंगोमा त पुर्याउनु पर्यो भनेर अवार्डमा भाग लिने सुन्दरि अभिनेत्रिहरुले लगाएको पहिरनको बारेमा भिडियो बनाएँ (भिडियो तल एम्बेड गरेको छु) । अवार्ड जित्नेहरुको चर्चा गर्न मन लागेन । किन लागेन? त्यहि प्रश्नको उत्तरको खोजिमा यो ब्लग पोष्ट तयार भएको हो।

यसो सोच्दा, अवार्ड कार्यक्रमले कसैलाइ पनि बेफाइदा नहुँदो रहेछ:

  • अवार्डले कलाकारमा हौसला बढाउँछ, राम्रो काम गर्ने जाँगर दिन्छ, अनि फिल्मको प्रचारमा पनि सहयोग गर्छ। कलाकार निर्मात टेक्निसियन सबैलाइ यसले फाइदा नै हुने रहेछ ।
  • दिनेश डिसि जस्ता अवार्ड आयोजक लाइ पनि फाइदै छ (दिनेश डिसिको कम्पनिले एलजि फिल्म अवार्ड कार्यक्रम आयोजना गरेको थियो) । उनको आफ्नै पनि प्रचार भयो, एलजि जस्तो स्पोन्सरहरु बाट आउने पैसाले पनि फाइदा नै भयो होला। अवार्ड आयोजक भनेर अवार्डको आशा राख्ने सबैले मान सम्मान पनि गर्न थाल्ने सम्भावना पनि बढ्यो ।
  • एलजि जस्ता प्रायोजकहरुलाइ पनि फाइदै छ, आफ्नो सामानको प्रचार गर्ने प्लेटफर्म मिलेको छ । अन्य कार्यक्रमहरुमा स्टेजको भिडियो देखिने स्क्रिनमा अवार्ड कार्यक्रममा भने एलजि का टिभिको प्रचार मात्रै देखिएको थियो ।
  • हामिजस्ता गफ गर्नेलाइ पनि फाइदै छ ति कार्यक्रमको चर्चा गर्न पाइएको छ ।
  • आयोजना हुने भेन्युलाइ फाइदै छ, कार्यक्रम गरे बापतको भाडा पाइन्छ ।

कसैलाइ बेफाइदा नहुने यि अवार्ड कार्यक्रम पनि मलाइ किन किन खल्लो लाग्यो, नुन नपुग्या तरकारि जस्तो। किन होला ?

सो अवार्ड कार्यक्रमको बारेमा मैले बनाएको भिडियो हेर्नुहोस:

अब, कार्यक्रम खल्लो लाग्नुको एउटा कारण:

नम्रता श्रेष्ठले बेस्ट एक्ट्रेसको अवार्ड हात पारिन । राम्रो कुरा थियो । मलाइ खुशिनै लागेको थियो, तेसैले यस अघि नै मैले उनले “अवार्डमा ह्याट्रिक गरेको” भनेर भिडियो बनाएको थिएँ । अहिले हेर्दा, सो भिडियो पनि बकवास लाग्यो । कारण, २० जनाले अवार्ड कार्यक्रम गरिदिए भने नम्रताले २० पटक अवार्ड हात पार्ने सम्भावना देखियो । यसरि, नम्रताले एउटा अवार्ड पाउनु र ४ वटा अवार्ड पाउनुमा कुनै पनि भिन्नता भएन किनकि, ति सबै अवार्ड उनले एउटा फिल्म “क्लासिक”मा गरेको अभिनयको लागि दिइएको थियो । मेरो बिचारमा, नम्रताले ति सबै अवार्ड मध्ये एउटालाइ छानेर राख्ने अनि, अरु सबैलाइ फालिदिए पनि केहि फरक पर्दैन।

“पशुपति प्रसाद” ले पाएको अवार्ड अनि दयाहाँग राइले पाएको अवार्ड पनि तेस्तै हो । अरु पनि तेस्तै अवार्ड छन, डिटेलमा मैले हेरेको पनि छैन, तपाइलाइ बिश्लेषण गर्न मन छ भने सबै अवार्ड जित्नेहरुको बिवरण याहाँ छ। यसरि बारंबार एउटै बिषयमा एउटै मापदण्ड राखेर अवार्ड बाँड्ने धन्दा गर्ने हो भने अवार्ड प्रति मलाइ जस्तै अरुलाइ पनि दिक्क नलाग्ला भन्ने के ग्यारेन्टि भयो र ?

भन्न त, नयाँ बिधामा पनि अवार्ड दिइएको छ भन्लान। नयाँमा दिनु स्वागत योग्य छ, तर पुराना बिधा किन दोहोर्याउनु ?

अर्को, मुख्य बिधा बाहेकका अवार्ड मान्छेलाइ खुशि पार्ने हिसाबले बांडेको भन्ने आरोप पनि लागेका छन् । दिनेश डिसिले “अभिनय गर्न नजान्ने” भनेर आरोप लगाएका अनमोल केसिलाइ पपुलर अवार्ड दिएर आत्मआलोचना गरेको भान भएको छ भने, अभिनेत्रि करिष्मा मानन्धरलाइ दशककै बेष्ट अभिनेत्रि भनेर दिइएको अवार्डको पनि बिरोध भएको छ ।

एउटै फिल्म, एउटै कलाकारले बारंबार अवार्ड पाउन थाले पछि नेपालमा हुने अवार्डको कुनै मुल्य नहुने सम्भावना भए जस्तै छुट्टा छुट्टै फिल्म र छुट्टा छुट्टै कलाकारले अवार्ड दिएमा पनि आफ्ना आफ्ना मान्छेलाइ अवार्ड बाँडियो भन्ने आरोप लाग्ने सम्भावना उत्तिकै छ । तेसैले, यो अवार्ड भन्ने कुरा नै अपजसिया काम हो । अवार्डको बारेमा यसरि लेख्नु पनि अपजसिया काम हो । खासमा, बिरोध गर्ने मन लाग्नेहरुकै लागि भनेर कमेन्टमा गर्न मिल्ने बेबस्ता गरिएको हो! 🙂

नम्रताले ह्याट्रिक गरेको पुरानो भिडियो (केहि समय पछि मैले यस भिडियोलाइ मेट्नु नै उचित होला भन्ने लागेको छ):

lg-films-award-bes-onscreen-couple

(यो ब्लगपोष्ट मलाइ ब्यक्तिगत रुपमा लागेको बिचार मात्रै हो । यहाँ उल्लेख भएका कसैलाइ पनि म ब्यक्तिगत रुपमा चिन्दिन र कसैसंग मेरो कुनै लिनुदिनु छैन।)

Leave a Reply

Your email address will not be published.