अल्पायुमा ज्यान गुमाउने नेपालि गायकहरु

यहि महिना भाद्रको शुरुवातमा (भाद्र ९ गते) चर्चित लोक गायक खेमराज गुरुङको ४२ बर्षको अल्पायुमा नै निधन भएको खवरले मलाइ मर्माहत पारेको थियो । त्यो बेलामा मैले अल्पायुमा निधन हुने गायकहरुको बारेमा भिडियो बनाउने तयारि गरेको थिएँ । त्यस बेला मलाइ अल्पायु कति उमेरलाइ भन्ने, ४० बर्ष अल्पायु हो कि होइन भन्नेमा कुरामा द्विविधा भयो । तेसैले यो बारेमा ट्विटरमा चर्चा पनि गरेको थिएँ । हिजो (भाद्र २८ गते) गुरुङको निधनको २० दिन पनि नहुँदै अरेका चर्चित पप गयक सुनिल बर्देवा को निधनको खवर आयो । ४४ बर्षका बर्देवाको पनि अल्पायुमा नै निधन भयो, गुरुङकै जस्तै अवस्तामा । खेमराज गुरुङमा जण्डिसको लक्षण देखिएपछि उपचार गर्न हस्पिटल भर्ना गरिएको थियो भने बर्देवामा पनि जण्डिसकै लक्षण देखिएको तर उनि अस्पताल भने अन्तिम अबस्थामा मात्रै पुगे । यसरि एकै महिनामा दुइ चर्चित गायकहरु गुमाउँदा साह्रै नै दुख लागेको छ । तर, बिगतमा हामिले यस्तै चर्चित गायकहरु खेमराज गुरुङ र वर्देवा भन्दा पनि कलिको उमेरमा गुमाएका थियौं ।

पहिला हिजो निधन भएका वर्देवाको बारेमा भिडियो समाचार:

आज म चर्चा गर्दैछु कलिलै उमेरमानै ज्यान गुमाउने र श्रोताको मन जित्न सफल भएका अरु संगित श्रष्टाहरुको बारेमा। अल्पायुमा ज्यान गुमाउने ५ संगित श्रष्टाहरुको बारेमा मैले बनाएको भिडियो हेर्नुहोस :

भिडियोमा छुटेकि छिन २८ बर्षमा आफ्नो जिवनलिला समाप्त गर्ने गायक योगिता मोक्तान।

योगिता मोक्तान, २८ बर्ष

गायिका योगिता मोक्तानले २८ बर्षओ उमेरमा आत्महत्या गरेकि थिइन सन २०११ मा, विवाह वन्धनमा बाँधिएको चार महिना नपुग्दै । योगिताले व्यक्तिगत सम्बन्धका कारणले भएको मानसिक तनावका कारण आत्महत्याको बाटो रोजेको आशंका गरिएको थियो । तामाङ सेलो गितमार्फत ब्यबसायिक गायनको सुरुवात गरेकि योगिताले त्यसअघि माओवादी जनयुद्धमा सामेल भएर जनवादि गित पनि गाएकि थिइन। रसुवाकि योगिताले “मइच्याङ” र “मनको गित” एल्वम बजारमा निस्केका थिए भने उनि निधन हुँदा “होइ लस्सो” नामको एल्बम निकाल्ने तयारि गर्दै थिइन ।

आधुनिक, पप र सेलो गरेर करिव ८ सय जति गित गाएकि योगिताका डम्फु बजाउ, हेर न हेर, कति राम्रो, कहिले त आदि गितहरु चर्चित थिए । गायनका साथ साथै मोडलिंगपनि गर्ने योगिताले “कति राम्रो” र “हेर न हेर” जस्ता म्युजिक भिडियोमा आँफैले मोडलिङ पनि गरेकि थिइन।

yogita-moktan-singer

मन्जु महत, २३ बर्ष

सन २०१४ मा स्कुटर दुर्घटनामा परेर निधन भएकि गायिका मन्जु महत पनि छोटो समयमा चर्चित लोक दोहरि गायिका मध्ये कि एक थिइन । उनका चर्चित गित हरुमा सोर्ह दुना आठ, नभन है कसैलाइ आदि छन । ( मन्जु महतको बारेमा)

manju-mahat-2

कुल पोखरेल, २३ वर्ष

नयाँ शैलीको पप गायकका रुपमा परिचय बनाउँदै गरेका कुल पोखरेल पनि २३ वर्षको कलिलो उमेरमा नै जिवनलिला समाप्त गरे। छोटो समयमा राम्रो प्रतिभा प्रदर्शन गर्दै गरेका कुलले २०६१ सालमा आत्महत्या गरेका थिए। कुलको “यसपालि दसैँमा ठुल्दाइ आउने रे ” बोलको गित धेरै चर्चित भएको थियो ।

cool-pokharel

लोकबहादुर क्षेत्री, ३२ वर्ष

“आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा!” बोलको गित लगयत थुप्रै लोकप्रिय लोक गितका गायक लोकबहादुर क्षेत्री पनि ३२ वर्षको कलिलै उमेरमा बिते। नवलपरासीको बर्दघाटमा भएको मोटरसाइकलमा दुर्घटनामा परेर उनको निधन भएको थियो। उनका चर्चित गितहरुमा “छमछम नाचिदेऊ निहुरेर”, “न्याउली रुँदै के भन्छ”, “आधा सन्च, आधा बिसन्च’ आदि गितहरु धेरै रुचाइएका थिए। क्षेत्रीका चर्चित एल्बमहरुमा ‘गाईको चरन’ (२०४३), ‘रातो घाम’ (२०४६), ‘नवलपुरे दाइ’ (२०४६) ‘औंठी हीराको’ (२०४७) रहेका छन ।

खेमराज गुरुङ, ४२ बर्ष

‘वारि जमुना, पारि जमुना’ गितबाट चर्चित भएका लोक गायक खेमराज गुरुङको भदौ ९ गते बिहिवार निधन भएको थियो। ४२ बर्षिय गुरुङको कलेजोमा समस्या आएपछि उपचारको क्रममा निधन भएको हो । खानपिनको हेलचेक्र्याइको कारण अल्पायुमा नै ज्यान गुमाउने गुरुंगको वारि जमुना पारि जमुना, भन्छन बुढापाकाले आदि चर्चित गितहरुमा स्वर दिएका थिए ।

सुनिल बर्देवा, ४४ बर्ष

चर्चित पप गायक र म्युजिक अरेन्जर सुनिल बर्देवाको हिजो २०७३ सालको भदौ २८ गते राति अकस्मात निधन भएको छ । मैले उनको बारेमा बनाएको भिडियो माथि पोष्ट गरेको छु।

सुनिल बर्देवा भन्दा केहि पाको उमेरमा बित्न अरु गायकहरुमा सोम बज्राचार्य र अरुण थापा पनि पर्दछन, सोम बज्राचर्य ४६ वर्षको उमेरमा बितेका थिए भने, अरुण थापा, ४७ वर्ष को उमेरमा ।

लोक गितका सर्जक र संकलक सूर्यकुमार क्षेत्री पनि यहि बर्ष ३३ बर्षको उमेरमा बितेका थिए । गायक नै नभए पनि उनले संकलन र सिर्जना गरेका “तिम्ले मलाइ छोडेको दिन त .. दिउसै सुर्य अस्तयो एक छिन त.. ” लगायतका लोकप्रिय गितहरु चर्चित रहेका थिए । लोकगितका सर्जक र संकलक क्षेत्रि पत्रकार पनि थिए । संगित क्षेत्रमा नै संलग्न भए पनि गाउने र संगित श्रृजनामा नलागेका हुनाले म्युजिक भिडियो र फिल्म निर्देशक आलोक नेम्वांगको बारेमा यहाँ चर्चा गरिएन ।

पाठकबाट आएका जानकारि :
*** गायक तथा कुशल संचारकर्मी जि. डि. जोन्स रियाज पनि अल्पायुमा निधन भएका गाय थिए भने अर्का गायक बटुकृष्ण ज्वाला को पनि अल्पायुमा निधन भएको थियो । ***

अल्पायु भनेर कुन उमेरसम्मलाइ मानिन्छ ?

औषत आयु भन्दा अघाडि नै निधन हुनुलाइ अल्पायुमा नै निधन भएको भन्ने चलन छ । सन २०१५ को WHO को तथ्यांक अनुसार नेपालिको औसत आयु ६९ बर्ष रहेको छ । यसलाइ महिला र पुरुषमा बाँड्ने हो भने पुरुष झण्डै ६८ बर्ष बाँच्छन भने महिलाहरु पुरुष भन्दा झण्डै ३ बर्ष बढि बाँच्ने देखिएको छ।नेपालको कुल औसत आयु बिश्वकै सबैभन्दा कम मध्येको एक हो । तर, यहि औसत उमेर पनि ६०को दशक भन्दा त दुइ गुणा बढि हो । अहिले स्वास्थ क्षेत्रमा आएको सुधारका साथै बाल मृत्युदरमा आएको कमिले पनि औसत आयुमा सुधार भएको हो ।

यस हिसावले महिलाहरु भए ७१ वर्ष भन्दा कम उमेरमा निधन हुने र पुरुषहरु ६८ बर्ष नहुँदै निधन हुनु अल्पायुमा नै निधन भएको मान्न सकिन्छ । औसत आयुलाइ लिंदा पनि ६९ बर्ष नहुँदै निधन हुनु अल्पायु नै हुन्छ ।
***

यस ब्लग पोष्टमा मैले थाहा पाए सम्म सबै अल्पायुमा बित्ने नेपालि संगितकर्मिहरु संकलन गर्ने प्रयास गरेको छु । भिडियो बनाउँदासम्म योगिता मोक्तानको बारेमा मलाइ जानकारि थिएन । एक ट्विटर मित्रले बताए पछि उनको बिवरण मैले यहाँ समेटेको छु । यहाँ नसमेटिएका अरु संगितकर्मिको बारेमा तपाइलाइ जानकारि कमेन्टमा लेखिदिनुहोला ।

नोट – शिर्षकमा “गायक” लेख्नुको मतलब पुरुष गायक मात्र नभएर महिला गायकलाइ पनि बुझियोस भन्ने मेरो आशय हो । लिंग छुट्टिने र समावेशि नहुने “गायिका”, “डाक्टरनि”, “हाकिम्नि” जस्ता शव्दहरु समाजमा प्रयोग हुने भए पनि लेखाइमा प्रयोग गर्नै पर्छ भन्ने जरुरि छैन भन्ने मेरो विचार छ।

Leave a Reply

Your email address will not be published.