ब र व को फरक, हाम्रो लेखाइमा किन गल्ति भइ रहन्छ ?

ट्विटर साथि, एकतारेको सुझावमा आज म नेपालि भाषामा “व” र “ब” को प्रयोगमा हुने गल्तिहरुको कारण बिश्लेषण गर्दैछु । मेरो प्रारम्भिक बिश्लेषण अनुसार धेरै शव्दहरुमा “व” को सट्टा “ब” प्रयोग गर्दा पनि एउटै अर्थ लाग्ने हुनाले यस्ता कतिपय शब्दहरु (शव्दहरु) लेख्दा गलत लेखिने गरेको रहेछ । तेसैले “व” प्रयोग हुने शव्दहरुमा गल्ति हुने भए पनि “ब” प्रयोग हुने शब्दहरुमा भने गल्ति नहुने रहेछ । 

***

anandko-nepali-wa-and-ba

ह्रस्व दिर्घ पछि नेपालि लेखनमा म धेरै झुक्किने अक्षरहरुमा “ब” र “व” पनि पर्दछन । यि दुइको उच्चारण फरक फरक हुने भए पनि लेखाइमा र बोलाइमा आउने फरक उच्चारणका कारण “विद्यालय” र “बिद्यालय” एउटै पढिन्छ र उस्तै सुनिन्छ । मानिसहरुले “वाचाल” लाइ “बाचाल” पनि भन्ने गरेका छन र त्यसलाइ गलत मान्ने प्रचलन पनि छैन ।

मेरो अनुभवमा, “ब” लाइ सहि तरिकाले उच्चारण गरिन्छ र त्यसलाइ “व”ले प्रतिस्थापन गर्न मिल्दैन । तर “व” भएका स्थानमा “ब”ले प्रतिस्थापन गर्दा पनि खासै फरक परेको देखिंदैन।

केहि उदाहरण:

“ब” को उच्चारण “व” गर्न मिल्दैन:

  • बजार – बजारमा “ब” नै उच्चारण हुन्छ र “वजार” उच्चारण गलत हुन्छ ।
  • बम – “वम” त हुनै सक्दैन ।
  • बाकस – “वाकस” को अर्थ लाग्दैन ।

अझ, “वा” भन्नु र “बा” भन्नुमा आकास जमिनको अन्तर छ । तेस्तै, “व” लेख्दा र “ब” लेख्दा फरक अर्थ लाग्ने शब्दहरु:

  • वा (अथवा) – बा (बाबु)
  • वडा (मानिस बस्ने एक क्षेत्र) – बडा (ठुलो वा पाको मान्छे)
  • वाल ( धारण गर्ने, झण्डावाल भनेको जस्तो) – बाल (बालबालिका सम्बन्धि)
  • वर (नजिक) – बर (एक प्रकारको रुख)

तर, धेरै जस्तो नेपालि शव्दमा “व” लाइ “ब” उच्चारण गर्दा पनि उहि बुझिन्छ :

  • विकास – हुन विकास भए पनि यसलाइ पनि “बिकास” पढिन्छ ।
  • विशेषण – बिशेषण र विशेषण दुबै सहि जस्तो लाग्छन ।
  • वाक्य – बोलिचालिमा “बाक्य” भन्दा पनि गलत अर्थ लाग्दैन ।
  • दिव्य – बोलिचालिमा “दिब्य” नै भनिन्छ ।

अपवाद (अपबाद):

  • वरिपरि – बरिपरि (नहुने रहेछ)
  • विश्वविद्यालय – बिश्वविद्यालय (बिश्वबिद्यालय – तर बिश्बबिद्यालय चाँहि नहुने रहेछ)

“व” लाइ “ब” लेख्दा फरक नपर्ने शव्दहरु निम्न छन्:

वचन – बचन
वाद – बाद
वैचारिक – बैचारिक
वैधानिक – बैधानिक
वैशाख – बैशाख
वज्राचार्य – बज्राचार्य
वक्तव्य – बक्तव्य (बक्तब्य)
वामपन्थि – बामपन्थि
वन – बन
वाणिज्य – बाणिज्य
वंश – बंश
वरदान – बरदान
वर्ग – बर्ग
वर्णन – बर्णन
वर्ष – बर्ष
वार्ता – बार्ता
वर्तमान – बर्तमान
वसन्त – बसन्त
वासि – बासि
वास्तविक – बास्तविक (बास्तबिक)
वस्तु – बस्तु
वातावरण – बातावरण (बाताबरण)
वेद – बेद
वेला – बेला
वेश्या – बेश्या
विभाग – बिभाग
विचलन – बिचलन
विचार – बिचार
विदेशि – बिदेशि
विधान – बिधान
विधि – बिधि
विद्रोह – बिद्रोह
विद्या – बिद्या
विद्युत – बिद्युत
विहिन – बिहिन
विजय – बिजय
विकास – बिकास
विकट – बिकट
विखण्डन – बिखण्डन
विक्रित – बिक्रित (क्रि गल्ति छ है)
विलासि – बिलासि
विमान – बिमान
विनाश – बिनास
विपासना – बिपासना
विपरित – बिपरित
विफल – बिफल
विर – बिर
विरह – बिरह
विरुद्ध – बिरुद्ध
विषय – विषय
विशाल – बिशाल
विशेष – बिशेष
विशिष्ट – बिशिष्ट
विश्व – बिश्व
विश्वास – बिश्वास
विस्फोट – बिस्फोट
विस्तारै – बिस्तारै
विवाद – बिवाद (बिबाद)
विवाह – बिवाह (बिबाह)
विवरण – बिबरण (बिवरण)
विविध – बिविध (बिबिध)
व्याख्या – ब्याख्या
व्याप्त – ब्याप्त
व्यवहार – ब्यवहार (ब्यबहार)
व्यवसाय – ब्यवसाय (ब्यबसाय)
व्यवस्था – ब्यवस्था (ब्यबस्था)

“व” र “ब” को प्रयोगलाइ कुनै नियमले नबाँधिकन कसरि सरलिकरण गर्न सकिएला? तपाइको सुझाव के छ, कमेन्ट गर्नुहोला । माथिका उदाहरणहरुले “व” को ठाउँमा “ब” ले प्रतिस्थापन गर्दैमा समस्या समाधान हुने लक्षण देखिएन । तर, हामि “व” लेख्नु पर्ने  धेरै स्थानमा झुक्किइ रहेको र, यस्ता गल्तिका कारण शब्द शब्दमा हिनताबोध गरिरहेको पनि सत्य हो ।

 

Leave a Reply

Your email address will not be published.