आधुनिक दशैंमा पुराना शुभकामना किन काम लाग्दैनन?

पहिले पहिले दशैं जबर्जस्ति नै मान्नै पर्थ्यो किनकि बिश्वकै “एकमात्र हिन्दु राष्ट्र”मा दशैं सबै भन्दा ठुलो पर्ब थियो । आजकाल हिन्दु राष्ट्र भन्न छोडे देखि मनाउने नमनाउने आ-आफ्नो छनोट । ल हेर्नुस यस्तो आदेश छ:

बिदेशमा दशैं

आजका धेरै नेपालि देशबाट लखेटिएका छन । बिदेशमा नेपालमा जस्तो धुमधामका साथ दशैं मनाउने बाताबरण नै मिल्दैन । छुट्टि मिलाउनु देखि साथिभाइ परिवार भेट गर्ने मौका नै मिल्दैन । तेसैले बिदेशको दशैं दुखिया हुछ – घर परिवारको सम्झनामा रुंदै मनाउनु पर्ने हुन्छ । नेपालमा दशैं आउँदा चोर्ने कुरा हुन्थ्यो। बालबालिकाले गाँउथे :

द्शैं आयो
खाउँला पिउँला
कहाँ पाउँला
चोरि ल्याउँला
धत् पापि, तँलाइ छोडि छुट्टाइ बसौंला ।

बिदेशमा चोर्न मिल्दैन। के गरेर दशै गित गाउलाने होला त? लौ, मैले बिदेशमा गाउन मिल्ने दशैं गित पनि बनाएँ । यसलाइ मिलाउन र परिमार्जन गर्न पुर्ण रुपमा छुट छ। कतै कपि पेष्ट गर्न पनि छुट छ ।

बिदेशमा, दशैं आयो
पार्टि जाम्ला
कसरि बिदा पाम्ला
सिक कल हानम्ला
धत् पापि, तँलाइ छोडि छुट्टै बसम्ला!

dashain-rhyme-bideshma-dashain-aayo

ल हेर्नुस बिदेशमा दशैं मनाइदिन जाने कलाकारहरु कहाँ कहाँ जांदै रहेछन ।

धार्मिक दशैं

शुभकामना पनि अब त पहिले जस्तो “महान हिन्दु चाड” भनेर भन्न त्यति सान्धर्भिन नहुन सक्छ । किनकि केहि बर्ष पहिले एकजनाले हाँसो गरेको थियो :
उसले गायिका अन्जु पन्तलाइ एउटा शुभकामना पठाएको थियो रे । पठाउँदा सम्म त हिन्दु नै थिइन, सुभकामना पुग्दा त क्रिश्चियन भै सकेकि रैछिन । बडो समस्या भयो रे। उसले पठाएको शुभकामना यस्तो थियो रे :

बिजय दशमिको शुभ अवसरमा तपाइलाइ
गणेशको जस्तो शिद्धि,
सरस्वतिको जस्तो वुद्धि,
बिदुरको जस्तो निति,
बिष्णुको जस्तो कृति,
लक्ष्मिको जस्तो सम्पति,
र भबानिको जस्तो शक्ति प्राप्त होस
महान हिन्दु चाड दशैंको शुभकामना!

हुन त, माथिको कुरा जोक बनाएको होला, तर अहिलेको अबस्थामा यस्तै घट्ना नहोला भनेर भन्न पनि सकिंदैन । तेसैले आजकाल मैले कसैलाइ पनि देब/देबिको नाम, हिन्दु भन्ने शब्द भएका शुभकामना पठाउन नै छोडिदिएँ ।

देश भित्र डलर खनिएको खनियै छ । यस्तो अबस्थामा पठाउँदा हिन्दु नै भएको ब्यक्ति पनि शुभकामना पुग्ने बेला सम्ममा धर्म परिबर्तन भएर क्रिष्चियन भइ सक्ने सम्भाबना प्रचुर मात्रामा देखिन्छ। पछि पछुताउनु भन्दा पहिल्यै सजग हुनु बुद्धिमानि हुन्छ। आजकाल मेरा शुभकामनामा “माता दुर्गा भबानि दाहिने” पनि हुन्नन । तिहारमा “लक्ष्मिले बास” पनि गर्दिनन । आजकालका मेरा शुभकामनामा बडो समावेशि भएका छन्:

  • दशैंमा घरजाने बस/प्लेनको टिकट पाइयोस।
  • बस बाटो बाटै सकुशल गन्तब्यमा पुगोस। ड्राइभरले नै चलाओस, कण्डक्टर पैसा उठाउन नै ब्यस्त होस।
  • खानेकुरामा थोरै मात्र मिसावट होस्। (मिसावट नहोस भन्यो भने पत्याउँदैनन।)
  • उडाएको चंगाले अरु सबैको चंगा चेट गरोस, माजामा मिसावट नपरोस ।
  • दशैँ सबैलाई लागोस्, दशा कसैलाई नलागोस् ।
  • चंगा होस, दंगा नहोस ।
  • तासमा माल परोस, जाल नपरोस । गलामा हार परोस। तर तासमा हार नपरोस्

यति भन्दा भन्दै पनि तपाइलाइ पुरानै दशैंका शुभकामना प्यारा लाग्छन भने सम्बत २०७२ का दशैंका शुभकामना यहाँ छन ।

भाषा सम्बन्धि नोट:
ब र व को प्रयोगको बिषयमा :
– बिस्व – मा अन्तिम “व” लाइ “ब” बनाउन मिलेन
– परिवार लाइ “परिबार” भन्ने पनि सुनिने भए पनि “वार” नै ठिक जस्तो लाग्यो

Leave a Reply

Your email address will not be published.