सार्बजनिक बिदा किन ? भारतिय राष्ट्रपति आँउदैमा बिदा किन दिनु पर्यो ?

पुर्व निर्धारित समय तालिका बाहेक राजकिय सम्मान दिन सरकारि स्तरबाट निर्णय गरेर सार्बजनिक बिदा दिने चलन राजतन्त्रको पालादेखि चलिआएको चलन हो । यस्ता बिदाहरु राजाको तजबिजले दिइने हुनाले राजा वा राजपरिवारमा घटने बिशेष घटनाको बेलाम यस्ता बिदा दिने चलन थियो । यस्ता बिदा राजपरिवारका सदस्यको निधनको बेलामा, राजको औपचारिक बिदेश भ्रमणको बेला र तेस्तै बिशेष बेलामा दिइन्थ्यो ।

भिडियो रिपोर्ट हेर्नुहोस:

***
यो पनि — राजकिय सम्मानका साथ अन्त्येष्टि कसलाइ र कसरि गरिन्छ ?
***

यहि राजकिय परंपरालाइ पछ्याएर राष्ट्र प्रमुखको निधनको बेलामा राजकिय सम्मानका साथ अन्तेष्टि गर्ने चलन चलेको छ । तर, यस्ता राजकिय सम्मान कसलाइ दिने भन्ने कुरामा पनि कुनै निश्चित मापदण्ड बनाइएको छैन । यस्ता निर्णय सरकारमा बस्नेको स्वबिबेकको आधारमा निर्णय हुने गरेको छ । तेसैले पंचायति प्रधानमन्त्रि मरिचमान सिंहले नपाएको राजकिए सम्मान नेता रामराजा प्रसाद सिंले चाँहि पाएका थिए ।

के सम्मान दिनु भनेको काम नगर्नु हो ?

बिदा त्यो बेला दिइन्छ जुन बेला कर्मचारिको मन र मस्तिष्कले राम्रोसंग काम गर्न सक्दैन ।

तेसैले, दक्षिण भारतका केहि कम्पनिहरुले रजनिकान्तको फिल्म रिलिज भएको दिन समेत बिदा दिएका थिए । कारण थियो, बिदा नदिए पनि धेरै जसो कर्मचारि काममा नआउने हुनाले ति कम्पनिहरुले बिदा दिनु आवश्यक थियो ।

भारतिय राष्ट्रपति आउँने दिनमा अफिस छोडेर उनलाइ हेर्न जाने कति जना होलान ? कोहि हुँदैनन । अनि, बिदा कसलाइ र किन दिएको होला ?

राजदरवार हत्याकाण्ड हुँदा बिदा दिनु आवश्यक थियो किनकि धेरै मानिसहरु शोकमा थिए काम गर्ने जोश र जाँगर थिएन । तर, सुर्यबहादुर थापाको निधन हुँदा कति जनाले शोक मनाए होलान ? ८-१० जना अथवा २०-३० जना ? थोरै मानिसले शोक मनाउने, अरुलाइ मतलव नहुने घटनामा सबैलाइ सार्बजनिक बिदा दिन किन आवश्य थियो होला ?

मेरो बिचारमा, सम्मान दिनको लागि बिदा दिनु नै पर्छ भन्ने छैन ।

सामाजिक संजालमा ब्यक्त केहि बिचारहरु :

Leave a Reply

Your email address will not be published.