कञ्चन शर्मा रेग्मिको अन्तरवार्ताले ल्याएको हलचल

कान्तिपुर टिभिमा “सुमनसंग” कार्यक्रममा प्रस्तुत भएकि एक “आमा” को बिलौनाले ल्याएको तरंग एकाएक उल्टो दिशामा बग्न थालेको छ । आमालाइ हेलाँगर्ने इन्जिनियर छोराहरु र स्वास्निलाइ घरबाट निकाल्ने इन्जिनियर लोग्नेबाट पिडित भनेर सहानुभुति बटुलेकि कञ्चन शर्मा रेग्मिले भनेका कुराहरु गलत भएको प्रमाणहरु सार्बजनिक हुन थाले पछि पत्रकारले अनौठो र अबिश्वासलाग्ने खालको प्रस्तुति दिंनु अघि सामान्य सोधपुछ समेत नगरेको बुझ्न सकिन्छ । यो बिषयमा मैले केहि भिडियोहरु तयार गर्दैछु । सबै भन्दा पहिलो भिडियो थियो कञ्चनले आफ्नै रचना भनेर वाचन गरेको गजल – का रचनाकार कवि रवि प्राञ्जाल रहेछन । उनको रचना प्रकाशित भइ सकेको र २०६९ सालमा सजल न्यौपानेको स्वरमा रेकर्ड समेत भैसकेको रहेछ ।

हेर्नुहोस भिडियो रिपोर्ट :

अनि कञ्चन शर्मा रेग्मिले उनलाइ फोहरको थुप्रोबाट उठाएर ल्याएको कुरा गरेकि छिन अन्तरवार्तामा । तर चन्दा थापाले लेखेको एक लेख र उनले प्रस्तुत गरेका फोटोहरुले उनलाइ थापाले सड्क पेटिमा भेटेको बताएकि छिन ।

भिडियो हेर्नुहोस :


कञ्चन शर्माले नबताएको तथ्य कञ्चन र मोहन रेग्मिबिचको सम्बन्धबिच्छेद भएको थियो २०६८ साल फागुन २ गते बाजुरा जिल्ला अदालतबाट|

kanchan-sharma-divorce

पतिले घरबाट निकालेर सडकमा पुर्याइएकि भनिएकि कञ्चन शर्मा रेग्मिले पतिसंग पारपाचुके गरिसकेको खुलेको छ । पुर्वपति मोहन रेग्मिले घटनाबारे सत्य तथ्य भनेर एक अन्तर्वार्ता दिएका छन् । ललितपुरस्थित टिकाथलि बस्ने खानेपानिका इञ्जिनियर रहेका रेग्मिले कञ्चन रेग्मिसँगको सम्बन्ध, खटपट, सम्बन्ध विच्छेद आदिबारे खुलासा गरेका छन् ।

२०४७ साल असार ३ गते विवाह बन्धनमा बाँधिएका मोहन र कञ्चनबाट दुइ छोरा सागर र दिपेन्द्र जन्मेका छन् । ति दुइ मध्ये, एक छोरा भारतको बैंग्लोरमा इञ्जिनियरिङको अन्तिम वर्षमा छन् । भने अर्का छोरा काठमाडौंमै बिएससिआइटिको अध्ययन गरिरहेका छन् ।

विवाह भएको २१ वर्षपछि २०६८ साल फागुन २ मा उनिहरु बिच औपचारिक रुपमा सम्बन्ध विच्छेद भएको भए पनि कञ्चनले २०६६ सालमा नै छाडेकि थिइन् ।

कान्तिपुर टेलिभिजनमा पत्रकार सुमन खरेलसंगको एक अन्तरवार्तामा कञ्चनले मोहन रेग्मि र छोराहरुले समेत वेवास्ता गरेको भन्ने सनसनिपुर्ण अन्तर्वाता दिएकि थिइन । सो अन्तर्वार्तापछि मानिसहरुले मोहन रेग्मि र छोराहरुको बिरोध शुरु भएको थियो । तर, मोहन रेग्मिका अनुसार कञ्चनले अन्तर्वार्तामा भनेका सबै कुरा झुठो भएको भनेका छन भने, अन्य तथ्यहरु केलाउँदा पनि धेरै कुरा सत्य नभएको पुष्टि हुन्च ।

  • कञ्चनले माइति छैनन् भनिन तर उनका ४ दाजुभाइ र ३ दिदिबहिनि रहेछन् : कञ्चनले दिदिले आफ्नो विवाह गरिदिनु भएको र माइति छैनन भनेकि थिइन । तर, उनका दुइ जना दाजु र दुइ जना भाइ रहेछन् । उनका एक भाइ सुभाष शर्मा अमेरिकामा बसोबास गर्ने र दाइहरु शम्भु न्यौपाने, उज्वल न्यौपाने, अशोक शर्मा नेपालमा नै रहेको तथ्य खुलेको छ । उनका तिन दिदिबहिनिहरु पनि रहेछन् । दाजुभाइ र दिदिबहिनिहरु सबैको आर्थिक अवस्था पनि राम्रो रहेछ । अझ कञ्चनकि आमा छायाँ शर्मा पनि जिवितै रहिछिन् ।
  • छोरा टक्सन गाडिमा गुड्छन भनिन तर रेग्मिले अहिलेसम्म निजि गाडि नकिनेको बताउँछन – जेठा छोराको उमेर भर्खर २० वर्ष भएका रहेछन । कञ्चनले छोराहरुले फोहरको थुप्रोमा बसेकि आमालाइ आफु गाडिमा बसेर बाइबाइ बाइबाइ भन्दै हिंड्छन भन्ने आरोप लगाएकि थिइन ।
  • सात वर्ष सडकको बास भयो भन्ने कञ्चन वैशाख १२ को भुकम्पले नभत्काउँदा सम्म मैतिदेविको एक घरमा बस्थिन – पुर्वपति मोहन रेग्मिले भने, “२०७२ साल वैशाख १२ गते भुकम्प गयो । त्यो बेला कञ्चन मैतिदेविमा दिदिको घर नजिकै बस्थिन् । औपचारिक सम्बन्ध नभए पनि उनि बसेको मलाइ थाहा थियो । भैचालो गएपछि कञ्चनले मलाइ फोन गरेर भनिन्, ‘ए इञ्जिनियर, मेरो घर त भुकम्पले भत्कायो, तेरो के भयो ?’” भुकम्प पछि पनि मोहनले कञ्चनलाइ टंगालको एक भट्टिपसलमा काम गरेको देखेको दावि गर्दछन।
  • कुनै अर्को अन्तरवार्तामा मोहन पुरुष तिर आकर्शित हुने होमोसेक्सुअल भएको आरोप पनि लगाएकि थिइन – मोहनको जवाफ, “मेरो त्यस्तो रुचि हुन्थ्यो भने म किन दोस्रो विवाह गर्थे ? मेरो छोरा कसरि जन्मियो ।” कञ्चनसँग छुट्टिएपछि मोहनले दोस्रो विवाह गरेर दोस्रो पत्निबाट साढे चार वर्षका एक छोरा पनि जन्माएका छन् ।
  • कञ्चनको अनियन्त्रित रक्सि खाने बानिले नै दाम्पत्य जिवन समस्यामा परेको मोहन रेग्मिको दावि छ ।
  • गायिका रेश्मा सुनवार र पुजा श्रेष्ठ रक्सि खाने पार्टनर – सन २००६ मा मोहन रेग्मि तालिमका लागि नेदरल्याण्ड गएको बेलामा पुजाको ब्वाइफ्रेन्डसंग एउटै कोठामा सुतेको र मोहनको छोराहरुले कोठाबाट सेक्स गर्दा निस्किने आवाज सुनेको कुरा पनि बताएका छन । मोहनले यसबारे कञ्चनलाइ सोध्दा उनले भनिन्, “आवाज निकालेर पुजाले धोका दिइ ।”
  • छोराहरुलाइ आमाको रक्सि खाने बानि मन नपरेको र छोराहरुले नै सम्बन्ध विच्छेद गर्न भनेको दावि गर्छन मोहन । अझ एक चोटि त कञ्चनले आफ्नि साथि पुजासँग जेठो छोरालाइ सुत्न पठाएकि थिइन रे ।
  • कञ्चनले नर्सिङ पास गरेको झुठा – खासमा उनले पिके क्याम्पसबाट सर्टिफिकेट लेभल उत्तिर्ण गरेकि कञ्चनले बिएससि नर्सिङ पढेकि हुन रे । तर प्रयोगात्मक परिक्षामा डाक्टरसँग झगडा गरेकोले परिक्षाबाट रेस्ट्रिकेटमा परिन् । उनले ओम हस्पिटलमा काम गरेको पनि झुठो भएको मोहनको दावि छ।
  • दिक्षा चापागाइ र उनको पवित्र सेवा आश्रम – मोहनको दावि अनुसार अहिले कञ्चनले बोलेको कुरा दिक्षा चापागाइले सिकाएको हुनु पर्छ ।
  • फोटो कञ्चनको होइन – कञ्चन रेग्मिलाइ दिक्षा चापागाइले सडकबाट उठाएको तस्बिर भन्दै सामाजिक सञ्जालमा फिंजिएको तस्बिर कञ्चनको नभएर अरु कसैको रहेछ ।

कञ्चन शर्मा रेग्मिको अन्तरवार्ताले ल्याएको हलचल

अनलाइन पत्रिकाहरुको बिश्वासनियता संकटमा परेको त सबैलाइ थाह नै छ । अब, कान्तिपुर जस्ता मेन-स्ट्रिम पत्रिकाका पत्रकारले पनि आँफुले गर्नुपर्ने न्युनतम अनुसन्धान गर्दैनन भन्ने प्रष्ट भएको छ । यो कुरा कञ्चन शर्मा भन्दा अघिका धेरै घटनाले पुष्टि गरिसकेको छ । जस्तो कि :

  • कुनै बेलामा एक धनढ्य भनेर कान्तिपुरमा प्रकाशित घटना झुठो ठहरिएको थियो (यो बारेमा म खोजेर अपडेट गर्ने छु)
  • तेस्तै लाखौं फेलापारेको भनेर समाचार आएको थियो । राष्ट्रपतिले धन्यवाद दिएका थिए । तर सबै झुठो रहेछ । (अनुजा काण्ड)
  • नागरिकमा एक महिलाको अन्तरवार्ता छापिएको थियो तेस्तै हावा गफको ।

anuja-case-kantipur

Leave a Reply

Your email address will not be published.