दरबार हत्याकान्डबारे पारस शाहको बयान (ऐतिहांसिक दस्तावेज)

१५ वर्षअघि सन २००१ को जुलाइ १ मा (२०५८ जेठ १९ गते) दरबार हत्याकान्ड हुँदा पारस श्रि ५ शाहज्यादा थिए। सो बिभत्स हत्याकान्ड पछि उनका बाबु ज्ञानेन्द्र श्रि ५ महाराजधिराज भए। तर, पारसको उद्द्ण्ड स्वभावका कारण ज्ञानेन्द्रले पारसलाइ युवराज घोषणा गर्ने आँट गर्न सकेनन । बिरोधको सामना गर्न नपरोस भनेर दशैँको बेला पारेर युवराज घोषणा गर्नु परेको थियो। अहिले देश गणतन्त्रब् भै सकेको हुनाले राजा पुर्व राजा भै सके भने पारस पनि पुर्व युवराज भइ सके । नारायणहिटि दरबारमा हत्याकान्ड हुँदा पारस र उनकि श्रिमति दुवै घटनास्थलमा थिए। उनिहरुले घटना बारे छानबिन गर्न तत्कालिन प्रधानन्यायाधिश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरिय आयोगलाइ दिएको बयान यहाँ प्रस्तुत गर्दै छु । यो ऐतिहांसिक महत्व्को पारसको बयानमा दिर्घलाइ ह्रस्वमा परिवर्तन गरिएको छ:

नारायणहिटि दरबारमा हत्याकान्डको बारेमा श्रि ५ शाहज्यादा पारस विर विक्रम शाहको बयान (२०५८ सालमा लिइएको)

समितिः सरकार, राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारि हामिलाइ प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारि भएको सुनेको कुराहरु चाहीँ हामिलाइ प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफः अब, हामि पुग्यौं त्यहाँ त्यस्तै अन्दाजि साढे ७ भन्दा अलि ढिलो पुग्यौं । हामि त्यहि …. ७ ।४० तिर पुग्यौं, सबै जना आइसकेको थियो । मुमा, म, बहिनि, हिमानि र हामि अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं, पुग्दाखेरि अ… युवराजाधिराज अलिकति ककटेल ज्युनार भैसक्या जस्तो थियो । अनि के खाने–मैले कोक मात्र खाने विचार गरेँ ।

ए कोकमात्र खाने ! म त ह्विस्कि खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सि राखेकोथ्यो । अ ….. कुरा गर्दाखेरि के भो भन्दाखेरि हैन यहि विवाहको कुरा भइ राखेको छ। मेरो, मुमासँग पनि कुरा गरें । आफुमुमासँग पनि कुरा गरें अनि, दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो, त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाइ ड्रिंक्स सिंक्स टक्राइबक्स्यो ।

आठ बज्यो आफुमुमा, मुमा बडामहारानि सवारि होइबक्स्यो, फेरि सरकारबाटै सवारि चलाइबक्सेका, फेरि …… ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारि होइबक्स्यो । अफिस सक्याएर सवारि होइबक्स्यो, त्यो बेलामा दाइ हामिसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यहि कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यहि भुइमा नै सुकला भयो, म, गोरख, निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठुलो बुबा सवारि होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ माथि सवारि चलाउँछौं भनेर हामि चार जना भएर माथि खोपिमा सवारि चलायौं, त्यो खोपिमा लगेर गद्दिमा त सुकला गराउन पाइन । गद्दिको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामिले ।

करिब साढे आठ, जस्तो भाथ्यो, साढे आठ त्यस्तै ३१।३२, आठ ३१ ।३२ होला। हामि तल आयौं। वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानि सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामिले दर्शन गर्न पनि पाएको थिएन, वाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला, मेक्सिमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामि दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानि सरकार पनि यतै सवारि भयो । त्यहि कोठामा जहाँ यो घटना भयो, त्यहि कोठामा सवारि भयो । भर्खर ड्रिंक्स लिइ बक्सेको थियो, महाराजाधिराज सरकारले ।

हामिले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिक्स लिइ बक्सेको थियो, यसै बिचमा अब हामिचाँहि एतापट्टि कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारि भएको । अ….. हामिले युवराजधिराज सवारि भएको देखेनौं, हामि कुनामा थियौं । मैले त यो ….. …….. ……………….

समितिः कुना भनेको त्यो बडामहारानि सरकार राज भएको कुर्सितिर कि?

जवाफः होइन क्यारेमवोर्ड छ नि ।

समितिः क्यारेमवोर्ड यो?

जवाफः क्यारमबोर्ड, क्यारमबोर्ड छ नि ।

समितिः त्यो वारको पछाडि ?

जवाफः हो, बारको पछाडि त्यो …… कुनामा हामि बस्ने कुना त्यहि हो । हामि Youngs हरुको, अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामि धेरै जस्तो बस्ने त्यहि कुनामा हो । अनि त्यहाँ मैले सवारि भएको कोहि देखेको थिइन, मैले सवारि भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग ग¥यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारि हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरि दागि बक्सदाखेरि एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाइ जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरि ३ राउण्ड जस्तो लाग्छ फर्स्ट मैं त्यो पनि आवाज ।

महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजिव सँगसँगै । दुइजना कुदेर गयौं । डा. राजिव चाहि महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाइ चाहीं अधिराजकुमारि शोभाले जानै दिन बक्सेन, तिमि त्यहीं बस हिड्ने होइन, हुकुम भयो। त्यहि नै मैले पछाडि फर्केर बहिनिहरु सबै जनालाइ ढल्नलाइ सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाइ राखें । उता दुइ जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवि शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाइ पनि मैले लाइन क्रोसियरमा राखें ।

यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारि भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाइ हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाइ हानि बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरि, धिरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरि ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकि दुइटा त्यो पनि धिरेन्द्र सरकारलाइ, राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धिरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडि फर्केर बहिनिहरु सुताउन थालि सकेको थिए, अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें।
त्यो चाहि फर्स्ट मै ठुलो बुबा सँगसँगै ३ जना ढलेको छ। त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । वाहिर सवारि भयो, फेरि फर्केर सवारि भयो, त्यसपछि त्यो सानो weaponMP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारि शोभा सवारि भएर त्यो weapon लिइ बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यहि भइमा राख्दिबक्स्यो त्यो । अब के भन्ठानि बक्स्यो भने त्यहि एउटा मात्र होला भन्दठानि बक्सेछ । दाइले चाहि अरु पनि बोकिबस्केको मैले पनि देखेको हो । अरु तिनवटा बोकिबस्केको थियो, चारवटा थियो weapon । एउटा चाहिने बन्दुक लेफ्ट साइडमा थियो ह्यान्ड गन। ह्यान्ड गन चाहीँ लेफ्ट साइडमा थियो । दाहिने वगलिमाः MP5 थियो । भिरिबक्सेको Shot Gun र एम १६, त्यो Automatic हो । भ्यार्रर गरेर ठुलो बुबालाइ हानिबक्स्यो, कान्छो बुबालाइ पनि हानि बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर वाहिर सवारि भयो । त्यसछि हामि त कुनैमा थियौं । वाहिरपट्टि के भयो मैले त देखिन फेरि भित्र सवारि भयो । सवारि भएर ठुलो बुबालाइ ………………

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?
जवाफः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारि भयो ठुलो चाहि बन्दुक एम १६ एम १६ ले पहिले नै ठुलो बुबाको माथमा हानिबक्स्यो, सट त्यस पछि यता सवारि भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।

…………. हजुर, उतापट्टि गोरख, ठुलो बुबा बिचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, …… श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाइ गएर बाबा तिमिलाइ पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो, युवराजाधिराज सवारि भयो, यतापट्टि ढलि राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारि शारदा सवारि भो । तिमिलाइ के भयो तिमिलाइ के भयो भनेर सवारि भइ माथि पट्टि सुतिबक्स्यो, खड्ग फुपाज्युको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारि भयो ड्याङ्ग ड्याङ्ग point blank ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारिबाट देखेको त्यहि देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मुनिबाट त्यो चाहि राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानि बक्स्यो । त्यो गोलि आएर यतापट्टि कार्पेटमा लागेछ ।

भएर आएर मेचको यतापट्टि काठमा लागेर मेरो साइडमा महेश कुमारलाइ राखेको थिएँ मैले, त्यो गोलि उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाहि लागेको उसलाइ । अब त्यस पछि फेरि वाहिर सवारि भएको हो कि म राम्रो सँग सम्झन सकिन, वाहिर सवारि भएको जस्तो लाग्दछ, दुइतिन चोटि गरिबक्स्यो भित्र, वाहिर, Third time सवारि हुँदा चाहि यता … अ… शाहज्यादि जयन्ति दिदि, केतकि अ… श्रुति ३ जनालाइ हानि बक्स्यो । श्रुति Third time ‘। अनि बाहिर सवारि भयो युवराज सरकार चाहि मैले त्यसपछि, यता कुनामा सवारि भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो, कुनामा सवारि भयो, त्यसपछि डाइरेक्ट नजरमा हामि प¥यौ ……. के गरिबक्स्या हजुर ….. हामि ….. के गरिबक्स्या please …… गइ बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सवै जनालाइ हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवि उतापट्टि ठ्याक्कै वारको मुनि रवि थियो । अ…… महेशको पछाडि मेरो वहिनि छ । पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना वहिनिहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनि चाँहि त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ ।

एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाहि दाइसँग के गरिबक्स्या हामि यस्तो यहाँ त हामि मात्र छौं please …. one by one सबैलाइ हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामिलाइ हानि बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाका गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अं. …… मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाइ देउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन ।

त्यसपछि यता केटाकेटिलाइ हेर भन्नु भयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारि शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानि सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दा खेरि मुमा भर्खर उठि बक्सिराथ्यो, ढलि बक्सेको । मुमा तल होइसिन्थ्यो । अधिराजकुमारि शान्ति माथि होइसिन्थ्यो । मुमाले चाहि घचडेर उठिबक्सेको देखें । म जभउि गरेर उठाएँ मुमालाइ । …… मठिक छैन, म ठिक छैन भन्नु भयो, माथबाटपनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारि शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला ।

अधिराजकुमारिको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केहि पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानि सरकारकाँ गएँ । वाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने, मुमा वडामहारानि सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केहि पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानि सरकार ……

समितिः मुमा वडामहारानि सरकार भनेको उता सानो बैठकमा …
जवाफः उता सानो बैठक, वाहिर पट्टिको । त्यहाँ होइबक्सन्थ्यो । त्याहाँ जाँदासम्म firing बन्द भएको थियो । जब म मान्छेहरुलाइ हेर्न गएको थिए त्यो वेलासम्म कोहि फायरिङ्ग भइ राखेको थियो । वाहिर ….. त्यो चौरमा फायरिङ्ग भइ राखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केहि भन्न सक्दिन । मैले देखेको होइन । कसलाइ हानिबक्स्यो, त्यहाँ कसरि घटना भयो, त्यो पहिला कसलाइ हानिबक्स्यो, पछि कसलाइ हानिबक्स्यो मलाइ थाहा छैन । मैले त मुमालाइ लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरि वाहिरबाट हानिबक्सेको मुमालाइ पछाडि दुइटा वाहिरबाट हानिबक्सेको मात्र सुनें । त्यो मलाइ थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाहि यति हो । म पनि त्यसपछि मान्छेहरुलाइ हेरें, सवैजना ढलि राखेको छन् । खुट्टा चलाइ देउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिदैन यता केतकि फुपुलाइ हेर भन्नु भयो, कान्छो बुबाुले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आपुmमुमा कहाँ गएँ मुमावडामहारानि सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केहि पनि भएको छैन । बाहिर दौडेर ए.डि.सि.हरुलाइ भित्र ल्याएँ । त्यो ए.डि.सि.हरु वाहिर गयो, वाहिर जाँदाखेरि ….. हरु ठ्याक्क आइराखेको थियो ।

म वाहिर पुग्नु र ADC हरु आइपुग्न almost सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाइ छाडदेउ । घाइते मान्छेहरुलाइ दौडाइहाल पहिला, भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर यलभ दथ यलभ सबै जनालाइ जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५—६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानि सरकार र भाइलाइ भेटाउन, गएको तिमिहरु खोज भनेर ३ जना । दाइको एडिसि दौडेर आयो he shot himself, he shot himself भन्दै आयो।

त्यसपछि भाइ कहाँ भन्दा भाइलाइ पनि हानिबक्स्यो । ठुलोमुमा खोइ, ठुलो मुमालाइ पनि डाउन, सबै जना डाउन ठुलोमुमाको chance नै छैन भनेर उनिहरुले मलाइ भन्यो । मैले देखेको होइन, ठुलोमुमाको चान्स छैन, दाइचाहि ऐया ऐया गरेर लडिबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाइ चाहि मैले सँगै हालेर दाइको एडिसिले हाल्यो, म अगाडि बसे, पछाडि एकजना ड्राइभरले दाइलाइ समाइराथ्यो र भाइलाइ समोतेको थियो पछाडि अर्को एक जना थियो । दुइजना चाहि म र दुइजना एडिसि अर्को एक जना ड्राइभर भएर अस्पताल पु¥याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारि चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसि छ, त्यो गर्दा उ आयो, उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ्ग भइ राखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट वाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठुलो बुबा महाराजाधिराज सरकारलाइ लग्यो, महाराजाधिराज सरकारलाइ पहिला लगेको हो ।

यो राजिव कहाँ थ्यो के थ्यो, राजिव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ, राजिव गएको मैले देखेको होइन, सबभन्दा पहलिा चाहि महाराजाधिराज सरकारलाइ लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाइ हेर्न गएको । ए.डि.सि. हरुलाइ मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारि चलाएँ । मैले देखेको त यत्ति नै हो ।

समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो ?
जवाफः मलाइ जहाँसम्म लाग्दछ एउटा एम १६ युज भएको छ । Glock युज भएको छ । चारवटा युज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजधिराजको कसरि ? ।
जवाफः मैले सुने अनुसार दाइले आफुलाइ हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको ।

समितिः यसको पछाडि के यस्तो कारण ?
जवाफः यो विवाहकै हो हजुर । मलाइ जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टि भएपछि पार्टि भएको त्यहि ठाउँमै त्यहि ठाउँमा भएको कुरा हो । त्यहीं नै हामि आएर कुरा गर्दाखेरि जो जो against अघि जो जो ] with अब भाइ र म ] with जहिले पनि विथ । दाइको त हामि जे जे हुकुम हुन्छ त्यहि गर्ने मान्छे । भाइ र म ] with थियौं । अब राजिव त डा. ] with भयो, श्रुति, गोरखहरु र अरु बहिनिहरु against थियो विवाहकोमा । मेन कुरा यहि नै जस्तो लाग्दछ । मेन कुरा यहि हो जस्तो लाग्दछ ।

समितिः तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
जवाफः म संग कुरा गरिवक्स्या छैन । मैले अघि तपाइलाइ भनेको जस्तो म जाने बित्तिकै के मर्जिभयो भने मलाइ मुमासंग पनि कुरा गरें, आफु मुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाइ ।

समितिः राम्रो मुड थियो ?
जवाफः लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मुढ । त्यस्तो होला भन्ने केहि सोचेकै थिएनौं हामिले । एकदमै जोक गरि बक्सेको जस्तो सबैलाइ हँसाइवक्सेको थियो, त्यहाँ तल होइवक्सँदासम्म त ।

समितिः सरकार माथि कसले पुर्याएको ?
जवाफः हजुर । हामि चारजनाले पुर्याएको । हामि चारजना, एकजनाले कहाँ सक्नु !

समितिः बोकेरै लगिवक्स्यो ?
जवाफः दुइजना साइडमा म पछाडि यसरि उचालेर गोरख र भाइले, अं…. राजिव र भाइले दुइजना साइडमा मैले पछाडि समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि ……

समितिः तल सुताइवक्स्यो ?
जवाफः तल, मेन गद्दिमा त सुताएनौं । तल सुतायौं । मैले भाइलाइ भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला …..

समितिः त्यो कोठाबाट ?
जवाफः कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दि थियो, त्यो गद्दि भन्दा तल अर्को एउटा बेड … ऊ ….. ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामि तल आएको ।

जवाफः वेपन्सहरु ?
जवाफः वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन । एमपि ५ र मैले देखेको छैन कहाँ थियो । अँ, …… अनि एम १६ चाहिनि त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ ।

समितिः त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो ?
जवाफः हो, त्यो तखतामा छ । त्यो होला … अँ…. बटृाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनि । …… पनि म चिन्छु हजुर जहिले पनि चलाइवक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?

समितिः अरु सरकारलाइ सम्झिनुपर्ने त्यस्तो केहि बाँकि ?
जवाफः म अब सम्झें भनेदेखि, म त्यहि सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाइ । त्यहि पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफुलाइ अहिले, सोंच्दाखेरि । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफुलाइ।

समितिः हस् त ।

paras-shah-by-manish-shrestha

Leave a Reply

Your email address will not be published.