२०१७ च्यालेन्ज, यो बर्ष भित्रै १ लाख सब्स्क्राइबर पुर्याउने

हिजो मेरो युट्युव च्यानलमा ३०,००० सब्स्क्राइभर पुग्यो । मैले यहि गतिमा बढदै गएमा १ लाख सब्स्क्राइबर पुर्याउन कति समय लाग्छ भनेर हिसाव गरेको थिएँ । एक बर्षमा यहि गतिमा बढदा १ लाख पुग्ने सम्भावन देखिएन । यसैलाइ च्यालेन्ज मानेर मैले एउटा ट्विटर पोल पनि पोष्ट गरेको थिएँ । मेरा ट्विटर फलोअरहरुले पनि नकारत्मक भोट धेरै दिए । मैले त्यसलाइ पनि च्यालेन्ज मानेको छु ।

That’s the challenge. To get 100,000 subscriber by the end of 2017. Today, on January 26 at 3:20 PM Mountain time, the subscriber count is 30,225.

I need 69,775 subscribers to reach that goal.

नयाँ बर्षमा भिडियो ब्लगिंगको नयाँ स्वरुप, आनन्दका कुरा

भिडियो ब्लगिंगको मेरो इतिहास

मैले सन २००९ मा युट्युव च्यानल दर्ता गरेर भिडियो अपलोड गरेको रहेंछु । पहिलो भिडियो पक्कै पनि अरु कसैको थियो होला, किनकि मैले त्यो बेला भिडियो बनाउँला भनेर सोचेको पनि थिइन। पहिलो पटक आँफैले बनाएको भिडियो २०११ मा बनाएको रहेंछु । त्यस पछि सन २०१३ बाट नियमित रुपमा भिडियो बनाएर अपलोड गर्ने सोच बनाएको थिएँ । तर, त्यो बेलामा काम बिशेषले निरंतरता भने दिन सकिन । अनि, सन २०१४ मा पडकाष्ट शुरु गर्ने सोच संगै नियमित रुपमा भिडियो बनाउन पनि थालें । पडकाष्ट नियमित हुन सकेन तर भिडियो निर्माण नियमित भइ रहेको छ ।

सन २०१५ मा बर्ष भरिमा ३,३०० जना नयाँ सब्स्काइभर जम्मा भएका रहेछन । अहिले त्यो संख्या एक महिना मा नै पुग्न थालेको छ । यसरि सन २०१६ मा २१,३०० जना नयाँ सब्स्काइभर थपिएका रहेछन । बर्षान्तमा २८,००० सब्स्क्राइभर पुगेका थिए ।

बर्ष २०१७ को योजना

नयाँ बर्ष २०१७ मा भिडियो ब्लगिंग लाइ नयाँ उचाइमा पुर्याउने सोच बनाएर सोहि अनुरुप भिडियोहरुलाइ स्तम्भमा बाँड्ने, आँफु र आफ्नो टिम बाहिरका सर्जकहरुको भिडियो पनि अपलोड गर्ने जमर्को गरेको छु । भिडियोबाट कमाइ भएमा त्यो कमाइको बाँड्फाड गर्ने एक सुत्र पनि तयार गरेको छु । भिडियोका तिन पक्ष अडियो, भिडियो र ब्यबस्थापनलाइ शुत्रमा ढालेर प्रतिशतको आधारमा कमाइको बाँड्फाँड गरिनेछ । यो बिभाजनमा पनि आँशिकरुपमा सामेल हुने ब्यक्तिहरुलाइ सोहि अनुरुपको आँशिक बिभाजन गरिनेछ । जस्तो कि, कसैले एनिमेसन बनाएर सहयोग गरेमा एनिमेसको लम्बाइ, मेहनत र दर्शकमा त्यसले पार्ने प्रभावका आधारमा दुबै पक्ष बिच सहमति गरि बांडफाँड गरिनेछ ।

नियमित स्तम्भ
अघिल्लो बर्ष सम्म भै परि आउने समाचार् बिषयलाइ लिएर भिडियो बनाउने गरेको थिए । च्यानलका दर्शकहरु बिच त्यस्तै भिडियोको माग पनि रहिरहेको हुनाले त्यस्ता भिडियोसंगै नियमित स्तम्भ पनि शुरु गरेको छु । भैपरि आउने भिडियो बाहेक प्रत्येक हप्ता कम्तिमा पनि २-४ वटा रेगुलर भिडियो अपलोड गर्ने मेरो योजना छ ।

यसरि नियमित स्तम्भ शुरु गर्दा दर्शकहरुले कहिले कस्तो खालको भिडियो आँउछ भन्नेमा पुर्वानुमान गर्न सक्छन । यसरि नियमित दर्शकहरुको माग पनि पुरा गर्न सजिलो हुने आशा छ ।

नियमित स्तम्भको लागि दर्शकलाइ कुन कुरामा चाख छ भनेर ट्विटरमा गरेको पोल को नतिजा यस प्रकार छ :

हिजोका कुरा

यहि नतिजा अन्तरगत पहिलो स्तम्भ “हिजोका कुरा” शुरु गरिसकेको छु । तर, मेरा दर्शकहरुलाइ फिल्म र मनोरन्जन क्षेत्रका कुरामा मात्र चाख दिने हुनाले इतिहासको बारेमा बनाएका भिडियो त्यति मन पराएको भेटिन । तेसैले, पृथ्वि नारायण शाह को बारेमा बनाएको भिडियो मेटाउनु पर्यो ।

यि भिडियो नचलेको हुनाले अन-पब्लिस गर्नु परेको छ :

तेस्तै ओबामा र प्रचण्डको संयोग बारेमा बनाएको भिडियो पनि त्यति चल्न सकेन :

तर, नेपालि सिने क्षेत्रको पहिलो गसिप र स्कुप न्युजको बारेको भिडियोले भने केहि दर्शक पाएको छ । तेसैले, अब नयाँ बन्ने “हिजोका कुरा” सबै मनोरन्जन क्षेत्रका मात्रै हुने छन । सामाजिक र चर्चित ब्यक्तिहरुका बिषयका केहि भिडियो बनाइ रहे पनि राजनितिक बिषयमा भने भिडियो बनाउने छैन ।

महिनाको कलाकार

जनवरि बाट मैले महिनाको कलाकार स्तम्भ पनि शुरु गरेको थिएँ । पहिलो महिना को कलाकार थिए राजेश हमाल । मैले कलाकारहरुसंग प्रत्यक्ष संपर्क नगर्ने हुनाले कलाकारहरुलाइ उनिहरु छानिएको औपचारिक जानकारि हुँदैन ।

अहिले सम्मको अनुभवमा, कुनै एक कलाकारको बारेमा सबै कुराको चर्चा गर्न एक महिना अति नै छोटो समय हो । राजेश हमालको बारेमा धेरै भिडियो बनाउन बाँकि नै छन । तेसैले, एक महिना भन्दा बढि लम्ब्याउनु पर्ने जस्तो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *