फागु पुर्णिमा (होलि, बसन्त पुर्णिमा)

होलि परिचय

फाल्गुण पुर्णिमाको दिन मनाइने फागु पर्वलाई भारतमा “होलि” भनिने हुनाले सोहि नामको सिको गरेर आजकल नेपालमा पनि होलि नै भन्न थालिएको छ । फागु पर्ब वसन्त ऋतुको स्वागत गर्ने चाड पनि भनिन्छ । यस पर्वामा मानिसहरु आपसि मेलमिलाप र सदभावना बढाउन बिभिन्न रङहरुको प्रयोग गरेर हर्ष उल्लासपुर्व मनाइन्छ ।

holi_colors

फागुन शुक्ल अष्टमिका दिन काठमाडौँको वसन्तपुर गद्दि बैठकअगाडि रहेको मैलको रुखलाइ रङ्गिचङ्गि ध्वजापताकाले सिँगारि गाडिएको चिरमा पुजा गरेपछि फागु पर्ब शुरु भएको मानिन्छ । तेसै गरि ललितपुरमा पनि सोहि दिन चिर गाड्ने प्रचलन छ ।

फागुको दिन (पुर्णिमाको दिन) वसन्तपुरमा गाडिएको चिरलाई विधिपुर्वक ढालि बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् । सो चिरमा राखिएका ध्वजापताकाहरु औषधि उपचारमा काम लाग्ने भनेर खोसाखोस गरि लिने पनि गरिन्छ । तेस्तै चिरको खरानिको टिका लगाएमा अनिष्ट टर्ने पनि मानिसहरुमा बिश्वास छ । ललितपुरमा गाडिएको चिर भने फागुको दिनमा बागमतिमा लगेर सेलाउने गरिन्छ ।

तेस्तै, फागुको रात गुरुमापा नाम गरेको राक्षसलाइ इटुम्बहालदेखि कहिँ पनि नबिसाइ ल्याइएको दश पाथि चामलको भात र एउटा राँगाको मासु  टुँडिखेलमा खुवाई सैनिक अस्पतालभित्र रहेको जधु नाम गरेको धारामा चुठाउने चलन पनि छ ।

होलिकाको कथा

हिन्दू धर्मशास्त्रमा उल्लेख एक किम्बदन्ति अनुसार हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाइ मार्न आगोले छुन नसक्ने वरदान पाएकि आफ्नि बहिनि होलिकासंग प्रल्हादलाइ आगोमा पस्न लगाएकोमा होलिका भष्म भएकि तर प्रल्हादलाइ भने केही नभएको किंवदन्ति छ । राक्षस प्रवृतिकि होलिका मारिएको उपलक्ष्य होलि खेल्न शुरु भएको जन विश्वास रहेको छ  ।

पहाडको होलि र तराइको होलि

पहाडि भागमा पुर्णिमाको दिन मनाइने होलि तराइ क्षेत्रमा भने त्यसको भोलिपल्ट भव्यताका साथ मनाइने गरिन्छ ।

यस पर्बमा थकालिहरुले तिर हान्ने प्रतियोगिताको पनि आयोजना गर्ने गर्छन् ।

होलि बिकृति

  • इच्छाविपरित अरुलाई पानि भरिएको बेलुन र प्लास्टिकले हान्ने र रंग लगाइदिने
  • होलि शुरु हुनु भन्दा कयौं दिन अगाडी देखिनै पानीले भरिएको बेलुनको प्रयोग गरिने चलन रहेको ।
  • गाँजा, भांग आदि लागु पदार्थको प्रयोग
  • डान्स, डिस्को र अनाबश्यक खर्च
  • इनामेल आदिको रंग पोत्ने, आतंक र हुलदंगा
  • रंगमा हुने मिसावटले छालामा नराम्रो असर
  • जबर्जस्ति लगाइने रंगले कसै कसैलाई हुने एलर्जिक रियाक्सन

होलि रमाइलो र उन्मुक्तताको चाड हो। सबैले आफ्नो हिसाबले रमाइलो गर्न (वा, नगर्न) पाउनु पर्छ । कसैको पनि व्यक्तिगत इक्षा बिपरीत रंग, लोला वा अन्य कुनै पनि बस्तुको प्रयोग गर्दा यो चाडको सदभाब खल्बलिन्छ । तेसैले, आँफु रमाऔं र अरुलाइ पनि रमाउन दिऔं ।

ह्यापी होली!

Leave a Reply

Your email address will not be published. Required fields are marked *