सगरमाथाको गहिराइ – नवराज पराजुलि

यो कविता कान्तिपुरको “कोशेलि”मा फाल्गुन २९, २०७१ मा प्रकाशित भएको थियो । बिदेश जाने एक युवाको मन चोरेर लेखिएको यो कविता अहिले एकदमै चर्चित रहेको छ। प्रस्तुत छ, नवराज आँफैले वाचन गरेको यो कविता :

पुरा कविता:
सगरमाथाको गहिराइ

यो संसारको कुनै महान् चित्रकारलाइ
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँससंग सापटी माग्नु
म त गुराँसको देशको मान्छे

तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आँफुचाहिं अरब आएको छु।

यो संसारको कुनै महान् परोपकारिलाइ
यो विश्व भरिकै फोहोर पखाल्न पुग्ने पानि चाहिए
मेरो देशका नदिहरुसँग सापटि माग्नु
म त नदिहरुको देशको मान्छे

तर
यो कुरा पछि गरौंला कि
मेरो छोराको घिट्घिट् गरिरहेको घाँटिलाइ चाहिने
दुइ थोपा औषधि किन्न
म आँफुचाहिं अरब आएको छु।

विद्युत् उत्पादनमा
संसारको सबैभन्दा बढि क्षमता राख्ने मेरो देशले
मेरो बिदाइमा आएकि मेरि श्रिमतिको आँखाबाट खसेको आँसु
भेला गरेर नौलाख बत्ति बाल्न पुग्ने बिजुलि निकाल्यो रे

तर
अझै पनि मेरो देशको आकाशमा
काला ताराहरु चम्किरहन्छन्।
मलाई थाहा थियो
खाडीमा पैसाको बाढी आउादैन भनेर

तर
के गरौं, भन्दिनेले भन्दिए
मेरो प्वाल परेको छानोबाट राति ताराहरु र्झन सक्छन भनेर
र भन्दिए
ति ताराका टुक्राहरुले मेरो परिवारलाई टुक्रा-टुक्रामा फुटाउनेछन्

मेरो मनमा गाठो पर्यो
त्यो पनि सुर्क्याउनेबिनाको
भन्दिनेले पैसामा बाआमाले पनि छहारि फेर्छन् भन्दिए

सोचेँ
तातेताते गराउने बुबाको हात किन्नुपर्यो भने?
हाऽहाऽहाऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्यो भने?
बहिनिले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनि भने?
दिदिले सुनाउने सुनकेशरि रानिको कथाको पैसा तिर्नुपर्यो भने?

मैले त मेरो इश्वर पनि पर देख्न थाले
यस्तो लाग्यो उ इश…वर होइन इश…पर थियो

तर
म त बुद्धको देशको मान्छे
त्यसैले शान्त भएर अरब आएको छु।
मैले मलाई जन्माउने देवता छोडेर
म आएको यो अरबमा रबचाहिं कहाँ छ?

यो मरुभुमिमा मरु भन्ने मान्छे मात्र भेट्छु
जब घडिमा बाह्र बजेको देख्छु
यस्तो लाग्छ
यो घडिका टिनैवटा काँटाहरू सामुहिक आत्महत्या गर्दैछन्।

यो रुवाजस्तो मन बालुवासँग लड्दा लड्दा
यहाँ मेरो जवानि पग्लिन्छ
घरमा रुँदा रुँदा
श्रिमतिको सिरानि पग्लिन्छ

ए देश!
सगरमाथाको शिखरमा उभिएको
संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडिएको छु
कसैले बाहिर निकाल मलाइ!

म मर्नुअघि
मेरा बुढा भएका बुबाका नङ नदुखाइकन काट्न चाहन्छु
म मर्नुअघि
मेरी आमाले पकाएको मालि गाइको बिगौती चाख्न चाहन्छु
म मर्नुअघि
मेरी श्रिमतिको ओठमा मेरै लागि मात्र फक्रिएको गुराँस हेर्न चाहन्छु
म मर्नुअघि
मेरी छोरिले
उसकि हजुरआमाले तिखारि दिएको पेन्सिलले
पहिलोपल्ट लेखेको ठुलो “क” हेर्न चाहन्छु।

ए देश!
मेरि आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर र्फकेँ भने त ठिकै हो
तर
त्योभन्दा ठुलो रातो काठको बाकसमा
म आफैं भरिएर र्फकेँ भने?

****

Incoming search terms:

  • चिकेको भिडिओ
  • परकाश मालि 2017 गित
  • रानिको

Leave a Reply

Your email address will not be published. Required fields are marked *