भन्न नहुँने उखान टुक्काहरु (खुसुक्क पढ्नुहोस, शेयर नगर्नुहोस)

सम्बन्ध राम्रो हुनु नै ठिक हुन्छ । तर, कसैलाइ होच्याउनु छ, सम्बन्ध बिगार्नका लागि यहाँ जम्मा गरिएका उखान टुक्का हरु नै पर्याप्त छन जस्तो मलाइ लाग्छ ।

नेपालि भाषा उखान टुक्काहरुको लागि धेरै नै धनि छ । तर, सबै उखान टुक्का राम्रा नै हुन्छन भन्ने चाँहि छैन । नेपालि समाज अनुसार नै भाषा बन्ने हुनाले कतिपय पुराना उखान टुक्काहरु सानो जातिलाइ होच्याउने खिज्याउने खालका छन । हुन त कतिपय उखान ठुला भनिएका जातिलाइ होच्याउने पनि छन । तेसैले साना ठुला सबै जातिले एक अर्कालाइ होच्याउन उखान टुक्का बनाउने गर्दा रहेछन भन्ने प्रष्ट हुन्छ । यस्ता उखान टुक्का प्रयोग गर्दा एक अर्का बिच बैमनष्यता बढ्ने र समाजलाइ नै बिखण्डित बनाउने खतरा हुन्छ । भै रहेका उखान टुक्कालाइ हटाउन वा मेटाउन त मिल्दैन तर तिनलाइ प्रयोग नगर्दा नै हामि बिचको सदभाव कायम रहने हुनाले यस्ता उखान प्रयोग नगर्न मेरो अनुरोध छ ।

ल हेर्नुस, प्रयोग गर्न नहुने तर चलनचल्तिमा नै रहेका केहि नेपालि उखान-टुक्काहरु (एक भन्दा बढि जात जाति, समुदाय वा अबस्तालाइ होच्याउने खालका) :

  • कुमाइको घुमाइ- पुर्वियाको जाल, गुरुङको बुद्धि- नेवारको काल (क्षेत्रिय बैमनष्य बढाउने, जात जातिलाइ होच्याउने उखान। यसमा सन्धर्व अनुकुल जुनसुकै जातको नाम राखेर भन्ने चलन छ। उदाहरणको रुपमा दोश्रो उखान पढनुहोला)
  • कुमाइको घुमाइ, जैसिको जाल, बाठोलाइ आपत, लाटालाइ काल (जातियता, अपांगता लाइ होच्याउने)
  • बाहुन बिग्रे मोज ले नेवार बिग्रे को भोज ले (जातिय बैमनष्यता बढाउने)
  • बाहुन मर्द खोलामा एक माना चामल झोलामा, भोटे मर्द डाडाँमा १ माना चामल भाढामा (जातिय बैमनष्यता बढाउने)
  • ज्यालामा नमिलेको कामी दमाइ जस्तो
  • बिष्ट घरमा बेलुका घर सल्लाह , कामीको घरमा बिहान सल्लाह
  • गिरि, पुरि, भारति, बन, यिनका दाजुभाइ अरु पनि छन
  • शेर्पा, तमाँङ, मिया, मुसल्मान, यिनि हुन आठ भाइ टुप्पी कट्टा बैमान
  • कामि-दमाइ माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन
  • कालो बाहुन गोरो शुद्र, यिनिदेखि डराउँछन् महारुद्र
  • एक घर विष्ट दश घर कामि, जस्ता तिमि उस्तै हामि
  • दमाई-कामी बोलाई नुनको खति
  • नेवारको मुख चल्छ, थाक्सेको हात चल्छ
  • कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस
  • दमाइको थुक चोखो, बाहुनको मुख चोखो

कुनै एक जातिय समुदायलाइ होच्याउने खालका उखानहरु

  • लिम्बुको बुद्धि घुँडामा
  • थारुलाई दारु र मुसा भए केही चाहिँदैन
  • गिट्ठा भ्याकुर पलायो मगर बुढो रमायो
  • भोटेको बुद्धी कोदाको तेल, पानीमा पकाउदा पाक्दैन सेल
  • जाँड खाएको सार्की जस्तो
  • अर्तिको कुरा घर्तिको पनि लिनुपर्छ
  • अर्तिले घर्ति मान्दैन
  • दमाइको लुगामा तुना छिनेको
  • सियो हराएको दमाइ जस्तो
  • सार्किको देउता अक्षताले मान्दैन
  • सार्किको सरापले डिँगो मर्दैन
  • विष्टका घरमा भात पाक्यो, दमाईका घरमा खलबल
  • भोटेको बुद्धि भेडाको जस्तो
  • मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ
  • माझीको मतो गर्दा सात गाउँ डुबे
  • सानो जात मात्दैन, मातेपछि बाँच्दैन
  • छेत्री बिग्रियो मोजले नेवार बिग्रियो भोजले

कामि जातलाइ होच्याउने उखानहरु

  • कामिको पालो कात्तिकमा
  • कामिको बिहे, अठार खाँचो
  • राजाको काम छोडि कामिको देवालि
  • मरेपछि डुमै राजा
  • कुखुरा बास्यो, कामि नास्यो
  • दिनमा कमिनि कपाल कोर, रातमा कमिनि घोचा चोर
  • ब्रत बस्ने हामि, फलाहार खाने कामि

नेवार जातलाइ होच्याउने उखानहरु

  • देउतालाइ मालाको अर्पन ज्यापुलाइ मुलाको खर्पन
  • चाडमा ठुलो तिहार जातमा लोभि नेवार
  • नेवार नेवार हानहान भैंसि को मासु तानातान
  • काठमाडौं को नेवार कुवाको भ्याकुता
  • नेवार इष्ट र बाबु दुष्ट कहिले हुँदैन

ब्राम्हण्ड क्षेत्रि जातिलाइ होच्याउने खालका उखानहरु :

  • जहाँ दहि त्यहिँ बाहुनको सहि
  • जहाँ गुलियो त्यहिं बाहुन भुलियो
  • जहाँ केरा त्यहिँ बाहुनको डेरा
  • ताक परे तिवारि नत्र गोतामे
  • कुमाइ का घरमा पाँडे पुरेत
  • खसको कुरा, पेटको छुरा
  • खसको कोखमा दाँत हुन्छ
  • खसको बिहेमा मगर नास्ती
  • टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन
  • कागभन्दा कोइलि चङ्ख, कोइलीभन्दा खत्री चङ्ख
  • अल्छिको कुरा जैसिले जाँन्दैन
  • सर्पको बिख र बाहुनको इख एउटै
  • बाहुनको चित्त माखाको पित्त
  • भँडारीको बिहेमा पाँडेको परिपञ्च
  • भए अन्त नभए बुढाथोकिको जन्त
  • पश्चिमबाट घाम उदाउनु र बाहुनको चित्त बुझाउनु एउटै हो
  • बाहुनको बिर्ता बोकाको मोलमा जान्छ
  • बाहुनलाइ खाइ जाडो, क्षेत्रिलाइ नुहाइ जाडो
  • बाहुनले च्याउ खाओस न स्वाद पाओस

One thought on “भन्न नहुँने उखान टुक्काहरु (खुसुक्क पढ्नुहोस, शेयर नगर्नुहोस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *