के तपाइले आँफुले आँफुलाइ हिन्दु भन्नुहुन्छ ? हिन्दु हुनुका गुण के के हुन?

मै आँफुले आँफैलाइ हिन्दु भन्न रुचाउँछु किनकि म हिन्दु परिवारमा जन्मे । हिन्दु परिवारमा जन्मनु बाहेक हिन्दु हुनुका अरु कुनै प्रमाण म संग छैनन । परिवारले सानै उमेरमा ब्रतबन्ध गरिदिएका थिए, त्यो पनि जवरजस्ति । त्यो बेला लगाएको जनै पनि अहिले मसंग छैन । टुप्पि पालेको छैन, योगिहरुले लगाउने जस्तो लंगौटि पनि कहिल्यै लगाएको छैन ।

त्यसो भए म हिन्दु हुनुको के प्रमाण भयो त ?

केहि छैन जस्तो लाग्यो।

आज एक ट्विटर मित्र, टंक खनालको प्रश्नले मलाइ सोच्न बाध्य पार्यो:

मेरो उत्तर थियो – धर्म तेस्ता नियमहरुको संग्रहो हो जसले मानिसलाइ जिउन सजिलो बनाउँछ। त्यसका साथसाथै, मानिसले मान्ने धर्म अनुसार उसका मान्यताहरु, ब्यबहार र आदत बुझ्न पनि सजिलो बनाइदिन्छ। अरु धर्महरु जस्तै हिन्दु धर्म त्यस्तै नियमहरुको संगालो हो। यिनै नियमहरु सबै मानिसले सजिलोसंग बुझुन भनेर बिभिन्न धर्मग्रंथ र महाभारत र रामायण जस्ता कथाहरु लेखिएका हुन्छन।

टंकजिलाइ भने यि नियमहरु बुँदागत रुपमा नै चाहिएको रहेछ । बुंदागत रुपमा नै प्रस्तुत गर्न त सतहि सोचले मात्रै नमिल्ने हुनाले मैले “गितासार” लाइ आधार बनाउने सुझाव दिएको थिएँ । टंकजिले अन्य मित्रहरुको सुझावलाइ पनि आधार बनाएर बुँदागत रुपमा नै प्रस्तुत गरिदिनु भएको छ यसरि:



तर, यि बुँदाले अर्को प्रश्न जन्माएको छ : के म साँच्चिकै हिन्दु हुँ त ?

यदि यि सबै बुँदाको अक्षरस: पालना गर्नु पर्ने हो भने म हिन्दु रहँदिन ! किनकि, म इश्वरको प्रतिमा स्थापना गरेर पुजा गर्दिन, मलाइ पुनर्जन्ममा बिश्वास छैन, आत्मा अमर हो भन्नेमा पनि शंका छ, गाइलाइ पुजा गर्दिन, तिर्थयात्रामा पनि कुनै चाख छैन !

त्यसो भए के म हिन्दु होइन? बुँदाले प्रमाणित नभए पनि, म हिन्दु होइन भन्न चाँहि मिल्दैन।

मेरो बिचारमा बुँदा नम्बर १, २, १० सबै देविदेवताका कुरा हुन । हिन्दुहरुका देवताहरु कल्पनाबाट भन्दा पनि बढि प्रकृतिबाट नै लिइएका छन । जस्तो कि इन्द्र पानि पार्ने देवता हुन भने हात्तिलाइ गणेश मानिन्छ, जो मुसोलाइ बहान बनाएर चढ्छन। सुर्यदेव, चन्द्रमा, पृथ्वि सबै हाम्रा देवता हुन । हामि काग पुज्छौं, कुकुर पुज्छौं, गाइ हाम्रि लक्ष्मि देवि हुन भने, राँगो महिशासुर दानव । दशैंमा दानवको बध गरेर त्यसको मासु खाइन्छ।

तेसैले, देविदेवताको भन्दा पनि हिन्दुहरु “प्रकृति को पुजा गर्छन” जस्तो लाग्छ मलाइ । तिनै प्राकृतिक चिजबिजको प्रतिमा स्थापना गर्छन र पुजा गर्छन । तिनै प्रतिमाको दर्शन गर्न तिर्थ यात्र पनि जान्छन । यि सबै प्रकृति पुजाका रुपहरु मात्रै हुन ।

बुँदा ४ – पुनर्जन्म कथाका बिषयबस्तु हुन। खराव काम गरेमा देवताले सजाय दिन्छन भन्ने कुरालाइ प्रष्ट पार्न पुनर्जनमको सहारा लिइएको हो । बिष्णु भगवान मानिसको रुपमा अवतार लिएर खराव आचरण भएका मानिसहरुको नाश गर्छन भनेर मानिसहरुलाइ खराव नहुन प्रेरित गर्ने र खरावलाइ सजाय पाउंछन भनेर ढुक्क बनाउन यि पुनर्जन्म कथा बनाइएका हुन । तेसैले धार्मिक हिन्दुले पुनर्जन्ममा बिश्वार गर्नै पर्ने देखिन्छ ।

****
(अरु बिश्लेषण फुर्सदमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *