खोला तार्नुको मज्जा, प्रकटको रोमान्टिक गजल

प्रकट त्यस्ता साहित्यिक सर्जक हुन जस्ले केहि धारिला आरोप खेप्दै आएका छन् – औधि रसिक, शृंगारिकताको नाममा उनि अश्लिल गजलका पस्कन्छन भनेर । हुन पनि उनि रतिरागयुक्त गजल लेख्नेमा अग्रपंतिमा आउँछन। उनका गजलका सेरहरू काउकुति लगाउने खालका भएको उनका पारखिहरुको भनाइ छ। तेस्तै अर्को गजल छ :

भिडियोमा :

यो गजल कसरि लेखियो भन्ने प्रश्नको उत्तरमा प्रकट भन्छन, “विवाह भएपछिको पहिलो दशैमा टिकाकै दिन ससुरालिमा पनि टिका लगाउन जानुपर्ने चलन छ । २०३५ सालमा मेरो विवाह भएको हो । ससुरालालि जान कास्किबाट मादि नदि तरेर लमजुङ पुग्नु पर्दथ्यो । मादि नदिमा त्यो बेलामा पुल थिएन । एक जना महिला नदि वारि बसिरहेकि रहिछन् । उनले खोला तार्दिन अनुरोध गरिन् । पहिले श्रिमतिलाई तारे त्यसपछि उनलाई खोला तारिदिए । उनि कहाँकि को थिइन मतलब भएन् । हामि छुट्टियौ, गयौं । त्यो सन्दर्भ त्यत्तिकै सकियो । त्यसको धेरै वर्षपछि ससुरालि गएँ । त्यसबेला मादि नदिमा पुल बनिसकेको रहेछ । पुल तर्दै गर्दा कुनै समय एक महिलालाई खोला तारिदिएको याद आयो । भोलिपल्ट पोखरामा आएर यो गजल लेखेको हुँ । ‘छोयो के मा पाखुराले…’ भन्ने चाहिँ विम्ब हो । यो माहौल तताउँने गजल छ र मलाई मिठो पनि लाग्छ । ”

गजलको बोल शब्दमा :

हातमा समाइ उनलाइ खोला तार्नुको मज्जा बेग्लै थियो
सारिको सप्को माथि सार्नुको मज्जा बेग्लै थियो!

वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो!

भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाइ भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो!

कुन्नि कता केके गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धित मार्नुको मज्जा बेग्लै थियो!

खोला तरि आइयो किनार भिजिन् उनि निथ्रुक्कै
लुगा निचोरर पानि झार्नुको मज्जा बेग्लै थियो !!

Leave a Reply

Your email address will not be published.