१० जना डिभोर्स गर्ने अभिनेत्रिहरु

नेपालि चलचित्र क्षेत्रमा श्रिमान श्रिमति बिचको खटपट र सम्बन्ध बिच्छेद को समस्या विकराल छ । लामो समयसम्म विवाह टिक्ने भन्दा सम्बन्ध बिग्रने धेरै छन । यसरि सम्बन्ध बिग्रनेमा नायक नायिका मात्र नभएर निर्माता, निर्देशक, प्राविधिक आदि पनि धेरै छन । आज म सम्बन्ध बिच्छेद हुने २ दर्जन नायिकाहरूको चर्छा गर्दैछु

1. रिमा विश्वकर्मा र रोर्बट विश्वकर्मा

सन २०१५ मा बिवाह गरेका नायिका तथा मोडल रिमा विश्वकर्मा र बेलायत बस्ने उनका श्रिमान रोबर्टले दुइ बर्षमा नै सम्बन्ध बिच्छेद गरे । सन् २०१५ को अन्त्य तिर प्रेमी रोबर्ट बिकसँग रिमाले विवाह गरेकी थिइन् । शुरुको १ बर्ष सुमधुर रहे पनि उनिहरु बिच त्यसपछि भने फाटो बढ्दै गयो । अनिले उनिहरु कानुनि रुपमा नै अलगिएका छन भने रोवर्टले अर्को विवाहको तयारि पनि गरिसकेका छन ।

रिमाका पुर्वश्रिमान रोवर्ट विकले मोरंग स्थायी घर भएकी बर्षा रसाईलिसँग इन्गेजमेन्ट पनि गरि सकेका छन ।

2. अरुणिमा लम्साल र अमित अर्याल

विवाह गरेको लामो समय पछि एक छोरिका बाउआमा अरुणिमा लम्साल र अमित अर्याल अमेरिका पुगेर डिभोर्स गरेका छन, सन २०१७ मा । अरुणिमाले स्वतन्त्रता नपाएको भन्दै सम्बन्ध टुंग्याएको भने पनि सो बारेमा अरु विवरण प्राप्त हुन सकेको छैन ।

अरुणिमा र अमित आँफ्नि छोरिका साथ ग्रिनकार्ड लिएर अमेरिका गएका थिए ।


सन २०१२ को फोटो – अरुणिमा र अमितको

3. रेखा थापा र छविराज ओझा

एक समयकि नम्बर एक र सबै भन्दा हक्कि एवं बोल्ड नायिका भनेर चिनिने रेखा थापाले पहिलो फिल्म खेल्दा खेल्दै सोहि फिल्मका निर्माता छविराज ओझासंग बिवाह गरेकि थिइन । डेब्यु फिल्म “हिरो” रिलिज हुँनु अघाडि नै विवाह गरेकि रेखाले बाह्र बर्ष लामो वैवाहिक सम्बन्ध तोडिन सन २०१२ मा । त्यो एक दर्जन बर्षमा रेखा नेपालि सिने क्षेत्रमा नै सबै भन्दा सफल अभिनेत्रि बनिन । छविले दर्ता गरेको रेखा फिल्मस ब्यानर आँफुले लगेर फिल्म निर्माणमा जुटेकि रेखा पछिल्लो समयमा निर्माण र अभिनय दुबैमा सुस्ताएकि छिन । छवि र रेखा सन २०१२ देखिनै औपचारिक रुपमा नै अलग-अलग बस्न थालेको भए पनि औपचारिक पारपाचुके भने चार बर्ष पछि सन २०१६ मा भएको थियो ।

4. गितान्जलि सुनार र छविराज ओझा

छविको वैवाहिक सम्बन्ध रेखासंग मात्र नभएर अर्को एक अभिनेत्रि संग पनि रहेको थियो| छविको पहिलो बिवाह डिभोर्समा अन्त्य भएको थियो भने पहिलो श्रिमति बाट जन्मेका छोरा साकार ओझा पनि आजकल फिल्म क्षेत्रमा नै सक्रिय छन ।

छविकि दोश्रि श्रिमति थिइन गीताञ्जली सुनुवार। छविर गितान्जलिको सन १९९२ मा डिभोर्स भएको भनिएको छ । गीतान्जलीले डिभोर्स पछिको डिपरेशनका कारण सुसाइड गरेको बताइन्छ। त्यस पछि छविले रेखा संग बिवाह गरेका हुन । अहिले छवि आँफ्नो चौथो विवाहको तयारि गरिरहेका छन अर्कि अभिनेत्रि – शिल्पा पोखरेलसंग । अघिल्लो बर्ष देखि नै छवि र शिल्पा विवाह गर्ने तयारि गरिरहेको तर ज्योतिषले केहि समय कुर्न भनेकोले अहिले अनि विवाह नगरेको बताउँछन । निर्माता ओझाको आगामि चलचित्र “मंगलम” कि नायिका शिल्पा पोख्रेल सो फिल्मकि नायिकाको साथै निर्माण पार्टनर पनि हुन। रेखालाई जस्तै शिल्पालाइ पनि छविले नै फिल्म क्षेत्रमा भित्र्याएका हुन ।

5. सञ्चीता लुइटेल र आकाश शाह

नेपाली सिने क्षेत्रकि सुन्दरि अभिनेत्रि भनेर चिनिने संचिता लुइटेलको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो । “अप्सरा” नाम गरेको चलचित्रबाट अभिनेत्रिको रुपमा डेब्यु गरेकि सन्चिताको प्रेम बस्यो “भन्नै सकिन” भन्ने फिल्म सेटमा भेट भएका आकाश शाहसँग।

अभिभावकसंग सल्लाह नगरि गरेको सो बिवाह छोटो टिकन सकेन। डिभोर्सपछि संचिता चलचित्र मा अरु बढि सफल भइन । तर, नायक निखिल भागेर विवाह गरेपछि उनको अभिनय करियर ओह्रालो लाग्यो । अहिले एक छोरा र एक छोरिको आमा बनिसकेकि संचिता का श्रिमान निखिलले आफ्नि पहिलो श्रिमति कोपिला उप्रेतिलाइ डिभोर्स गरेका छैनन। उनको पहिलो श्रिमतिसंग एक छोरा छन ।

6. सुस्मिता केसी बमजन र भुवन केसि

अहिले ६० बर्ष कटिसकेका भुवन केसि नेपालि सिने क्षेत्रकै प्लेबोईको नामले परिचित छन । उनको सम्बन्ध जोडीनु र टुटनु एक नियमित प्रक्रिया हो भने पनि हुन्छ । पहिलो पत्नि विजया मल्लसंग छुट्टिएपछि भुवनले सुस्मिता बमजन संग विवाह गरे । सुस्मिता सँग बिवाह पहिले भुवनको विजयाबाट दुइ सन्तान काजल र विवेक जन्मिसकेका थिए । त्यस पछि, सुस्मिताले छोरा पाइन अनमोल केसी । अनमोल अहिले युवा पुस्ताका चर्चित नायक हुन् ।

अहिले सुस्मिता सँग को सम्बन्ध बिच्छेदपछि भुवन अहिले “एटिएम” चलचित्रबाट चिनिएकि नयिका जिया केसि सँग लिभिङ्ग टुगदर रिलेसनमा रहेका छन् ।

7. प्रियंका कार्कि र रोचक मैनालि

अहिले नेपालि सिने क्षेत्रकि सबै भन्दा ब्यस्त नायिका प्रियंका कार्की फिल्ममा भित्रिनु पहिले नै विवाहित थिइन । अमेरिकामा फिल्म मेकिंग विषयमा पढेकि प्रियंकाले अमेरिकाको युनिभर्सिटि अफ अलाबामा मा अध्ययनका क्रममा रोचक मैनालिलाइ प्रेम गरिन र २०६७ साल श्रावण १ गते विवाह पनि गरिन । तर, विवाह दुइ बर्ष पनि टिकेन । अहिले उरोचकले आहिले अन्शुमा खरेलसँग विवाह गरेका छन भने प्रियंकाले ब्वाइफ्रेण्ड आयुश्मान देशराज जोशि फेला पारेकि छिन ।

8. मनिषा कोइराला र सम्राट दहाल

मनिषा त्यस्ती नेपाली चेली हुन्, जसले बलिउड जस्तो विश्वकै ठूलो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिती जनाइन् । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्म दिएकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पाँचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।

बलिउडमा जुनबेला मनिषा चम्किएकी थिइन्, त्यहीका कलाकर्मीदेखि फिल्ममेकरसम्म उनको नाम जोडिन्थ्यो । कहिले नाना पाटेकर त कहिले सुभाष घईसँग जोडिएर मनिषाको चर्चा गरिए । तर, उनी अबिवाहित रहिन् । करिब करियरको उत्तराद्र्धतिर उनले जीवन साथी त पाइन् तर दूरी लम्बिन सकेन । मनिशाको आफुभन्दा कान्छा उमेरका नेपाली व्यवसायी सम्राट दाहालसँग काठमाडौंमा धुमधामसंग विवाह भएको थियो ।

निकै चर्चामा रहेको मनिषाको बिहेको निम्तो मान्दै केहि बलिउडकर्मीसमेत काठमाडौं आए । तर, सम्राट–मनिषाको दाम्पत्य लामो समय टिक्न पाएन । अनेक खटपटबीच उनीहरु अघोषित रुपमा अलग भए ।

9. सिम्पल खनाल र प्रसन्न पौडेल

प्रसन्न पौडेल र सिम्पल खनाल मोड्लिङ क्षेत्रमा स्थापित नाम हो । ४ सय भन्दा बढी म्युजिक भिडियो डाइरेक्शन गरिसकेका प्रसन्नको विवाह पहिले नायिका तथा मोडल सिम्पल खनाल सँग भएको थियो । सिम्पलले चलचित्र “माझि दाइ” बाट सिनेमा छेत्रमा भित्रिएकि थिइन । प्रसन्न पौडेल सँग को बैवाहिक जिवन छोटो समयमा नै टुंगियो ।

त्यसपछी २०१६ मा सिम्पल ले बेलायत बस्ने नदिम सँग विवाह गरिन । अहिले उनि एक छोरिकि आमा भएकि छिन् । प्रसन्न पौडेल अहिले अमेरिकामा बस्छन । पौडेलले निर्देशन गरेको चलचित्र “कमलेको बिहे” प्रदर्शन को तयारि मा छ ।

10. गौरि मल्ल र राजन भण्डारि

नेपालि चलचित्र क्षेत्रमा अभिनयका हिसाबले उच्च स्थान बनाएकि अभिनेत्रि गौरि मल्लको पनि सम्बन्ध बिच्छेद भएपछि एकल जिवन बिताइरहेकि छिन् । गौरीले २०५२ सालमा प्रेमविवाह गरेकि थिइन । जापानमा बस्ने राजन भण्डारिसँग डिभोर्स गरे पछि उनि अमेरिका गएकि थिइन् । हाल उनि नेपाल फर्केर चलचित्रमा अभिनय गर्न थालेकि छिन् ।

यि १० बाहेक अन्य अभिनेत्रिहरुको वैवाहिक जिवन पनि सफल हुन सकेको छैन । अरु विवरण अर्को पोष्टमा !

Leave a Reply

Your email address will not be published.