राशिअनुसार प्रेम

राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मुल्याङ्कन र भविश्य निर्धारण गरिन्छ । मानिसमा राशि अनुसारको स्वभाव हुने हुनाले सम्बन्ध, प्रेम प्रसङ्ग लाइ पनि जोडन मिल्छ ।

विवाह गर्न र प्रेम गर्न कुन राशिसंग राम्रो होला भन्ने कौतुहलता मेटन प्रस्तुत छ – तपाईको राशि कुन राशिसंग मेल खान्छ र कुन संग खाँदैन।

मेष राशि

राम्रो – मेष, सिंह या धनु
सामान्य – कुम्भ, तुला या मिथुन
ठिकै – वृष, कन्या या मकर
नमिल्ने – वृश्चिक, मिन या कर्कट

वृष राशि

राम्रो – वृष, कन्या या मकर
सामान्य – कर्कट, वृश्चिक या मिन
ठिकै – मेष, सिंह, या धनु
नमिल्ने – मिथुन, तुला या कुम्भ

मिथुन राशि

राम्रो – मिथुन, तुला या कुम्भ
सामान्य – मेष, धनु या सिंह
ठिकै – कर्कट, वृश्चिक या मिन
नमिल्ने – वृष, कन्या या मकर

धनु राशि

राम्रो – मेष, सिंह या धनु
सामान्य – मिथुन, तुला या कुम्भ
ठिकै – वृष, कन्या या मकर
नमिल्ने – कर्कट, वृश्चिक या मिन

कर्कट राशि

राम्रो – कर्कट, वृश्चिक या मिन
सामान्य – वृष, कन्या या मकर
ठिकै – मिथुन, तुला या कुम्भ
नमिल्ने – मेष, सिंह या धनु

सिंह राशि

राम्रो – मेष, सिंह या धनु
सामान्य – मिथुन,तुला या कुम्भ
ठिकै – वृष, कन्या या मकर
नमिल्ने – कर्कट, वृश्चिक या मिन

कन्या राशि

राम्रो – वृष, कन्या या मकर
सामान्य – कर्कट, वृश्चिक या मिन
ठिकै – मेष, सिंह र धनु
नमिल्ने – मिथुन, तुला या कुम्भ

तुला राशि

राम्रो – मिथुन तुला या कुम्भ
सामान्य – मेष, सिंह या धनु
ठिकै – कर्कट, वृश्चिक या मिन
नमिल्ने – वृष, कन्या या मकर

वृश्चिक राशि

राम्रो – कर्कट, वृश्चिक या मिन
सामान्य – वृष, कन्या या मकर
ठिकै – मिथुन, तुला या कुम्भ
नमिल्ने – मेष, सिंह या धनु

मकर राशि

राम्रो – वृष, कन्या या मकर
सामान्य – कर्कट, वृश्चिक या मिन
ठिकै – मेष, सिंह या धनु
नमिल्ने – मिथुन, तुला या कुम्भ

कुम्भ राशि

राम्रो – मिथुन, तुला या कुम्भ
सामान्य – मेष, सिंह या धनु
ठिकै – कर्कट वृश्चिक या मिन
नमिल्ने – वृष, कन्या या मकर

मीन राशि

राम्रो – कर्कट, वृश्चिक या मीन
सामान्य – वृष, कन्या या मकर
ठिकै – मिथुन,तुला र कुम्भ
नमिल्ने – मेष, सिंह या धनु

प्रेम र वैवाहिक सम्बन्ध कुन राशिसँग राम्रो ?

विवाह गर्दा होस् या प्रेम गर्दा होस् पुर्याउनु पर्छ किनकि जिवनमा एकजना संग मात्रै विवाह गर्ने चलन् छ। त्यसैले विवाह विद्यावान्, रुपवान, गुणवा,न प्रतिभावान र उतमकुलमा जन्मेको वर र पवित्र कुलमा जन्मेकि रुप गुण यौवन भेषभुषा बोलिवचन र नम्र स्वभाव भएकि विच हुनु उतम मानिन्छ।

दाम्पत्य जिवन सुखि होस् भन्ने उदेश्यले हाम्रा पुर्वज ऋषि – महर्षिहरुद्धारा प्रतिपादित ज्योतिषग्रन्थ अनुसार राशि राशि बीचको मेल हुने नहुने बिचार गरेर मात्रै सम्बन्ध राख्नु उचित हुन्छ । जस्तो कि, हामिलाइ कुनै व्यक्ति देख्नसाथ दया लाग्दछ भने कुनै व्यक्ति देख्नसाथ रिस उठ्छ । किनकि राशि राशि बीचमा राशिगत स्वभाव गुण र प्रकृति अलग – अलग हुन्छन । त्यसैले एक राशिको मालिक र अर्को राशिको मालिकसँग शत्रुता छ भने ति दुई विच कुनै पनि सम्बन्ध राम्रो हुन सक्दैन । तर दुई राशिविच समगुण मित्रस्वभाव र समप्रकृति छ भने ति दुई राशिविचको सम्बन्ध पनि दिगो रहन्छ ।

राशिलाई वर्णगत तरिकाबाट चार भागमा विभाजन गरिएको छ । जस्तै- ब्राह्मण वर्ण क्षत्रीय वर्ण वैश्य वर्ण र शुद्र वर्ण । यसरी जातिगत हिसाबले हेर्दा :

  • ब्राह्मणादि वर्णमा पर्ने राशिहरु हुन – कर्कट वृश्चिक र मीन ।
  • क्षेत्रीय वर्णमा पर्ने मेष सिंह र धनु ।
  • वैश्य वर्णमा पर्ने वृष कन्या र मकर ।
  • शुद्र वर्णमा पर्ने मिथुन तुला र कुम्भ हुन् ।

कुनै व्यक्तिसँग प्रेम गर्दा विवाह गर्दा अथवा घरमा नोकर चाकर आदि राख्दा मालिकको भन्दा नोकर चाकरको वर्ण सानो हुनु जरुरि हुन्छ । विवाह गर्दा कन्याको वर्णभन्दा वरको वर्ण उच्च रहेमा राम्रो सम्बन्ध हुन्छ । यसरी जीवनलाई अझ बढी सुमधुर बनाउनका लागि गणको पनि ठुलो भुमिका छ । गणलाई तीन भागमा छुट्याउन सकिन्छ – देवगण मनुष्यगण राक्षसगण ।

  • देवगण अन्तर्गत नौ नक्षत्रहरु पर्दछन् । हस्ता रेवती पुनर्वसु तिष्य स्वाती मृगशिरा श्रवण अश्विनि र अनुराधा ।
  • मनुष्यगण अन्तर्गत पर्ने नौ नक्षत्रहरु हुन् पुर्वफाल्गुन उत्तरफाल्गुनि पुर्वषाढा पूर्वभाद्रपदा उत्तरभाद्रपदा आर्दा भरणि र रोहिणि ।
  • राक्षसगणमा पर्ने नौ नक्षत्रहरुमा कृतिका अश्लेषा मघा चित्रा विशाखा ज्येष्ठा मुल धनिष्ठा र शतभिषा हुन् ।

सम्बन्ध राख्ने ब्यक्ति विचमा एउटै गण भएमा अत्यन्त राम्रो हुन्छ

देवगण – राक्षसगण भएमा झगडा
देवगण-मनुष्यगण भएमा सामान्य सम्बन्ध र
राक्षसगण-मनुष्यगण बीच प्रेम होस् या अन्य कुनै सम्बन्ध रहेमा भयङ्कर शत्रुता र मृत्युसम्म हुनसक्छ ।

विशेष गरी विवाहमा गण मिलाएर विवाह गरिन्छ ।

अर्को योनिको पनि ठुलो महत्व हुन्छ । विवाह गर्दा वर र कन्याको राशिगत एउटै योनी भएमा अतिमित्रता हुन्छ । मित्र योनि भएमा केवल मित्रता र वैर योनि भएमा सम्बन्ध राख्ने दुइ विच उदासिनता उत्पन्न हुन्छ । नक्षत्र अनुसार योनि निर्धारण हुन्छ । जस्तै –
आश्विनी नक्षत्रमा जन्मनेहरुको अश्व योनी
भरणी नक्षत्रमा जन्मनेको गज योनी
कृतिका नक्षत्रमा जन्मनेको अज योनी
रोहिणी नक्षत्रमा जन्मनेको सर्प योनी र
मृगशिरादि क्रमश नक्षत्र हुनेहरुको सर्प कुकुर बिरालो भेडो बिरालो मुसो मुसो गाइ भैंसि बाघ भैंसि बाघ मृग मृग कुकुर वानर न्याउरि मुसो वानर सिंह अश्व सिंह गाइ र हात्ति ।

यसरी क्रमश: नक्षत्रगत तरिकाबाट योनी थाहा पाएपछि एक आपसमा शत्रुता योनी लिई जन्मने ब्यक्ति ब्यक्ति बीच सम्बन्ध रहन गयो भने जिवन दुखद् बन्दछ ।

कुकुर र बिरालो न्याउरिमुसो र सर्प गाई र बाघ सिंह र हात्ति इत्यादि वैर योनि व्यक्ति भएका वर वधु नोकर र मालिक साथि साथि र बालक बालक बिच सम्बन्ध रहेमा यिनिहरु बिच राम्रो सम्बन्ध रहदैन । त्यसकारण जस्तोसुकै सम्बन्धमा पनि योनिगत प्रभाव परेको हुन्छ । तसर्थ वैरयोनिको विचार गरि सम्बन्ध राख्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published.