ट्वीटरमा मल्लिका शेरावतको उदारता

मल्लिका शेरावत साच्चैं उदार स्वभाब कि रहिछन । यो कुरा उनको चलचित्रको प्रस्तुतिलाई लिएर गरिएको भने हैन । प्रसंग हो, विश्चर्चित सामाजिक संजाल ट्वीटरको…।

mallika-sherawat-red जसरी फेसबुकमा कसैलाई रिक्वेस्ट पठाइन्छ अनि त्यो असेप्ट हुने आशा राखिन्छ त्यसरी नै ट्वीटरमा कसैलाई फलो गर्दा फलो ब्याकको अपेक्षा राखिन्छ । हुनत फलो अनि फलोब्याक कसैको नितान्त व्यक्तिगत रुची वा इच्छामा भर पर्ने कुरा हो । तैपनि फलो ब्याकको अपेक्षा राख्नु वा कसैले अनफलो गर्दा थोरै मात्रामा बेखुसी हुनु चै हाम्रो आम अवस्था हो  ट्वीटरमा जसको फलोअर बढी छ त्यो मान्छे साच्चै ख्यातीप्राप्त मान्छे हो भन्ने पनि हामीलाई लाग्छ ।

केहि समय अघि नेपाली ट्वीट सर्कलमा यहि प्रसंगमा मिल्ने कुरो पनि उठेको थियो । सो ट्वीटको आशय थियो: फलोइंग भन्दा फलोअर दोब्बर बनाउन सक्नु ठुलो मानिस बन्ने उपाय हो । अनि यो व्यंग्यमा हाँस्य मिसाउन यसलाई मुकुन्देको महाबाणी भनेर पनि प्रस्ट्याएको थियो । (माफ गर्नुहोस यो ट्वीट ठ्याक्कै कसको थियो याद गर्न सकिएन ) यो प्रसङ्ग किन यहाँ उल्लेख गरिएको भने बास्तवमै जसको फलोवर अत्यधिक छ उ निकै ख्यातीप्राप्त व्यक्ति हो भन्ने हामीलाई लाग्छ । अथवा यसलाई यसरी पनि भन्न सकिन्छ जो व्यक्ति ख्यातीप्राप्त छ उसैको फलोवर अत्यधिक हुनेगर्छ । आज सम्म कलाकार, राजनैतिक व्यक्तित्व, मोडल आदि व्यक्तिहरु कै त यस्तो विवरण देख्दै आएका छौ नि, अनि फलोवर कै आधारमा कसको लोकप्रियता कति भनेर पनि मापन गर्ने गर्छौ फुर्सदमा …। तर कुरा जे जस्तो भए पनि फेसबुक, ट्वीटर जस्ता संजालहरु मानिसको सामाजिक उपस्तिथीलाई फराकिलो पार्ने अनि उसको अभिव्यक्तिलाई समाजसामु प्रस्तुत गर्ने माध्यम न हो । समाजमा रहेका मानिसहरुको बिचार, स्वभाब, रुची, शैली आदि इत्यादी हेर्नुस त छर्लंग देख्न सक्छौ हामी यस्ता संजालमा । यसको फाइदा बेफाइदाको तार्किक सुची पनि हामीसंग नभएको हैन तर पनि हामी दिन रात यसैमा रमाई रहेकै  त छौ नि हैन र ? हामी मध्ये कसैको धेरै बोल्ने बानी होला कसैको कम तथापि दोहोरो सम्बाद नगरी हामी रहन सक्दैनौ । दोहोरो संचार मै त छ नि सिकाइ देखि सामाजिक प्राणी हुनुको बिशेषता । त्यसैले त फलो, फलोब्याक ,टाइमलाइन, मेन्सन , डि एम जस्ता प्रक्रियाहरूले तिब्रता पाएको छ हामी हामीबीच ।

यधपी ट्वीटरमा धमाधम आफ्नो उपस्थिति देखाई रहेका ख्याती प्राप्त व्यक्तित्वहरुलाई हेर्दा भने त्यस्तो नलाग्न सक्छ । उनीहरुमा उही मुकुन्दे बानीले प्रभाब परेको भान हुन्छ। किनकि सामाजिक संजालमा उनीहरु आफ्नो लोकप्रियता जाँच्न, आफ्नो आगामी फिल्म, म्युजिक,ब्राण्ड आदिको प्रचार गर्न मात्र  देखा परेको जस्तो लाग्ने गर्छ । त्यस्तो सुचनाहरु त हामी प्रसस्तै मिडियाहरुबाट पाउन सक्छौ । रंग पत्रकारहरुको पेशा नै त्यही। मनोरंजन जगतका गसिपहरु पस्किने क्रममा ति सबै कुराहरु समावेस त भै हाल्छन । त्यसो हुँदा कसैको फिल्म हेरेर वा कसैको सुन्दरताबाट मोहित बनेका हामी फ्यान भनाउँदाहरु उनीहरुको एक तर्फी कुरा सुन्नलाई मात्र उनीहरुलाई फलो गरिरहेका छैनौ कि जस्तो लाग्छ। नेपालमा त्यस्तो होला नहोला तर अन्य देशका सर्बसाधारणहरु आफ्नो सेलिब्रेटी प्रति मरिहत्ते गरेको देख्दा भने त्यस्तै लाग्छ । हुनत आफ्नो व्यस्तता वा अरु विविध कारणले हामी दर्शकहरु संग अन्तरक्रिया गर्दै बस्न सम्भब नहोला तर फलो गरे पछी फलो ब्याक नआउदा चै रिस नै उठ्ने के ! कति हामी मात्र मरिहत्ते गरेर फलो गरिरहने लौ जा त अनफलो… जस्तो हुने ….कमसे कम हाम्रो प्रसंशाको केहि मूल्य त हुन्छ नि त्यति औपचारिकता पनि नभेट्दा चै … साच्चैं यस्तो भाको छ कि छैन तपाईहरुलाई ? सुटुक्क भन्नुस त मलाई ?

अँ कुरा हुदैथ्यो मल्लिकाको …यो मामिलामा चै उनी अरु भन्दा उदार देखिएकी हुन् । कमसेकम आफुलाई फलो गर्नेलाई फलोब्याक गरेर आफ्नो फ्यानहरुको मन भने राखिदिएकी छिन है । यसलाई फ्यानहरु प्रति आभार ब्यक्त गरेकी हुन् भन्न पनि मिल्ला। नपत्याए हेर्नुस त उनको ट्वीटर अकाउन्ट @MallikaLA, कसै कसैको फलोइंग  शुन्य हुदा उनको भने फलोइंग र फलोअर  उत्तिकै अनुपातमा हामी देख्न सक्छौ । त्यसैले मुकुन्दे बाणी उनमा चै लागु भएको छैन भन्ने प्रस्ट हुन्छ ।  कि कसो ?

One thought on “ट्वीटरमा मल्लिका शेरावतको उदारता

Leave a Reply

Your email address will not be published.