थप्पड इतिहास – झलनाथ थप्पड खाएर प्रधानमन्त्री भएका होइनन्

धेरै पहिले स्वास्थ्यमन्त्री हुदा बद्रीप्रसाद मण्डलले आफ्नो मातहतको वीर अस्पतालकी नर्स लाइ थप्पड हानेपछि बर्खास्त भएको इतिहास छ | तर अहिलेका थप्पड काण्डहरुको बिस्लेष्ण गर्दा थप्पड हान्ने र खानेमा कसको गल्ति भन्दा पनि, कुन व्यक्तिको हैसियत के छ सोही अनुसार थप्पड को नतिजा देखिने गरेको छ |

प्रजातन्त्र घोषणा भए पछिका पाँच चर्चित थप्पडकाण्डहरु निम्न अनुसार छन् :

thappad-history

झलनाथ खनाल ले देबीप्रसाद रेग्मीको थप्पड खाए लगत्तै प्रधानमन्त्री भए पछि सोही थप्पडले उनलाई प्रधानमन्त्री बनायो भनेर भन्ने पनि नभएका होइनन् | त्यसो हुँदो हो त, रामचन्द पौडेल गोल्छे सार्की को थप्पड खाने बित्तिकै प्रधानमन्त्री हुनु पर्ने, भएनन | करिमा ले पनि दुर्गाप्रसाद लाइ “नोमिनेट” गरेकै हो भएनन | कमला शर्मा ले त झन चप्पल खोलेर नै ठोकेको हो … बिचरा पुर्णबहादुरको पनि भाग्य झलनाथको भन्दा कम्जोर नै रहेछ |

कसैलाई थप्पड हान्नु आफैँमा नराम्रो कुरा हो | झन थप्पड हाने पछि कारबाही नहुनुले हाम्रा सरकारी निकायहरुले थप्पड बैधानिक भएको पुष्टि गर्दछ |

मैले नबुझेको – थप्पड हान्ने मानसिकता भएका मान्छे कसरि नेता हुन सकेका हुन ? नेता त डिप्लोमेटिक हुनु पर्ने होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *