Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

- अनुप रेग्मी

interviews_trending_sex_n_sex1आजकाल जतिपनि मोडल, अभिनेत्री आदिका अन्तरबार्ता प्रकाशित हुन्छन प्राय: सबै जसोमा अन्तर्वार्तामा सोधिने प्रश्नहरुमा  सेक्स र ब्लूफिल्म बारेमा नसोधिएको बिरलै पाइन्छ । यसै सम्बन्धमा फिल्मनेपाल डट नेटका साथीले लेखेको एक लेखको समिक्षा गर्दा रंगपत्रकारहरु साच्चिकै छाडा भएका हुन् त भन्ने प्रश्न उठेको छ ।

अहिलेको समयमा कुनै पनि बयस्क मानिसले सेक्स सम्बन्धी फिल्म वा दृष्य नदेख्न असम्भब प्राय: छ । इलेक्ट्रोनिक्स सामानहरु जस्तै कम्प्युटर, टिभी, मोबाइल फोन आदिमा कहिँ न कहिँ बाट तेस्ता सामाग्री हेर्दिन भन्दा पनि देखिने सम्भाबना अतिनै बढी छ । त्यसमाथि, मानिस जातैले क्युरियस हुने हुनाले सहज रुपमा पाइने तेस्ता सामाग्रीहरु खोज्नै परे पनि गाह्रो छैन ।

त्यसकारण, "ब्लूफिल्म हेर्नु भा छ" भनेर सोध्नु भनेको त्यस्तो प्रश्न सोध्ने पत्रकारको मुर्खता मात्रै हो । त्यो प्रश्नको उत्तर बाट पाठकले अन्तरबार्ता दिने कलाकार महिलाले (पुरुषहरुलाइ तेस्तो प्रश्न सोधेको मैले भेटेको छैन) साँचो बोल्यो या झुठो बोल्यो भन्ने जाँच्न बाहेक अरु कुनै परमज्ञान हासिल गर्न सक्दैन ।

केही उदाहरणहरु:

आजको शुक्रबारमा प्रकाशित प्रियंका कार्कीको अन्तर्वार्तामा प्रत्येक प्रश्नमा "सेक्स" भन्ने शब्द छ । प्रियंकाले ती प्रश्नहरुलाई सहज हिसाबले उत्तर दिइन तर सबै कलाकार सेक्स सम्बन्धमा त्यति नै खुला हुन्छन भन्न मिल्दैन  ।

सोहि पत्रिकाले पहिला एटना कार्की संग सोधेको एक प्रश्नको जबाफमा "ब्लु फिल्म हेरेर फ्रेस हुन्छु" भनेर जवाफ दिएकी थिइन ।

तेस्ता प्रश्न सोधिने कलाकारहरुमा अलिक खुलाखालका कलाकारहरु जस्तै मोडल र नायिका बेबी थापा, स्मिता थापा, सोनिया केसी, शुष्मा कार्की आदिले त सहज रुपमा नै लिएको देखिएको छ । मलाइ मन परेको उत्तर चाहिँ पूर्ब मिस नेपाल सदिक्षा श्रेष्ठको हो:

प्रश्न – सेक्स अनुभव छ कि छैन ?
सदिक्षा – छैन ।

प्रश्न – ब्लूफिल्म हेर्नुभएको छ ?
सदिक्षा – कृपया यस्तो प्रश्न नगर्नुहोला ।

अबका दिनहरुमा मोडल र कलाकारहरुले पनि सदिक्षाले जस्तै उत्तर दिएर छाडा प्रश्नगर्ने रंगपत्रकारहरुलाई पाठ पढाउनु पर्छ कि, पत्रकारहरु आफै सुध्रन्छन ?

अन्त्यमा, "सेक्स" सम्बन्धी प्रश्न नसोधिने नायिका भनेर नम्रतालाइ  राखिएको रहेछ : "किनकी, उनको बारेमा सबै कुरा थाहा छदैछ, किन सोधिराख्नु पर्यो ?"

who_is_not_asked_sex_question

Incoming search terms:

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network