हालै कान्तिपुर दैनिकमा लामो समय देखि न्युयोर्क टाइम्स लगाएतका लेखहरु नेपालीमा उल्था गरेर आफैले लेखेको भनेर छापिदै आएको कुरा सार्बजनिक भएको थियो । नाम चलेका युवा पत्रकार आशिस लुइँटेलले आफ्नो सो गल्ति स्वीकार गरी ट्वीटरमा माफी पनि मागेका थिए ।
Really SORRY for d mistake I did! It was unintentionally/with positive aspect though!Realized that I was wrong!My readers are awesome <3 <3 (ट्विटर)
I do appreciate d thoughts of valuable readers!Apologized!It’ll be clearly addressed in the upcoming issue of @helloshukrabar too!Thank you (ट्वीटर)
ट्विटर प्रयोगकर्ताहरुको चासोको जवाफ दिदै कान्तिपुरका सम्पादक सुधिर शर्माले पनि सो कुराको स्पटीकरण दिइने बताएका थिए
Hello Sukrabar को उक्त सामगृीबारे त्यही सप्लिमेन्टको आउंदो अॅकमा स्पष्ट पारिनेछ। धन्यवाद । (ट्विटर)
त्यसको तीनदिन पछि शुक्रबारको अंकमा सो बिषय "प्राबिधिक कारणले" भएको त्रुटी भन्ने स्पटीकरण छापियो :
यस्तो सम्पादकको प्रतिउत्तर गैरजिम्मेबार पूर्ण र निराशाजनक भएको गुनासो चल्दै गर्दा सुधिर शर्माले अर्को ट्वीटमा पत्रकार आशिस लुइँटेललाइ उनको जिम्मेबारीबाट मुक्त गरेर अनुसन्धान शुरु गरेको बताए (ट्विटर लिंक) । तर, यो बारेमा कान्तिपुर पब्लिकेसनको औपचारिक धारणा अहिले सम्म सार्बजनिक भएको छैन ।
के भएको थियो?
कान्तिपुर दैनिकको शुक्रबार विशेषांक ‘हेल्लो शुक्रबार’का कोअर्डिनेटर र टेक्नोलोजी लेखक आशिष लुइँटेलले आफ्नो नाममा लेखेका केही लेखहरु अमेरिकी पत्रिका न्यु योर्क टाइम्सका लेखहरुबाट हुबहु सारिएको भेटिए पछि पत्रकार लुइँटेलको लेखकीय क्षमतामा प्रश्न गर्न थालियो । लेखको शिर्षक देखि उदाहरण समेत उही राखेर हुबहु उतारेर नेपालीमा लेखिएका ती लेखहरुमा लेखकिए मेहनत नगरी उल्था मात्र गरेको प्रष्ट हुन्छ। केही उदाहरणहरु (नोट: निम्न उदाहरण अमेरिकी पत्रिका न्यु योर्क टाइम्सबाट उल्था गरिएका लेखहरुमात्र हुन्, अन्य पत्रिका वा सोर्सबाट सारिएका छन्/छैनन, सो बारेमा कुनै खोजी गरिएको छैन ) :
यो बिषयसंग सम्बन्धित लेख हरु अन्य श्रोतहरुमा:
- Neepalnews – Kantipur hit by plagiarism scandal after staff writer is found to have copied articles from NYT (अंग्रेजीमा)
- Rajib Dahal – The farcical Saga of Kantipur (अंग्रेजीमा)
राम्रो संग्रह छ मित्र , येस्ता पोस्ट गरिराख्नु, रोचक पोस्ट छ.
The New York Times should case against Kantipur Publications according to the International Copyright Act, coz ignorance of law is no excuse. Kantipur Publication has no longer moral right to teach people and political leaders. Kantipur Publication in itself is become theif.
राम्रो गर्यौ साथी !! नेपाली हरु को खुट्टा तान्ने अनि हुन्छ भनेर देखैदियु !! थुक्क हामी नेपाली हरु
होइन TFC नेपाल ले कैले देखि राम्रो कम र कुरा गर्न थाल्यो ? मलाई खान पचेन है
प्राविधिक त्रुटी हो प्राबिधिक होइन
सहि भन्नु भोमित्र
हो र ??? यो त चोरीको पनि हढ़ भयो l