भुबन केसीको फिल्मको पोस्टर पनि चोरीको?

यो चोरी नेपाली फिल्म "प्रेमिका" र अन्य फिल्मको (तलको दोश्रो चित्र) जस्तो अर्काको डिजाइन माथि नेपाली फिल्मको नाम राख्ने खालको चोरी त होइन । "चपली हाइट" को जस्तो नामको डिजाइन र फोटो को डिजाइन चोरी गरिएको पनि नभए पनि कन्सेप्ट चाहिँ अबस्य नै चोरिएको हो ।    (फोटोमा किल्क गरेर बिस्तृत अंग्रजी लेख पढ्नुहोस)

पोस्टरलाइ बिस्वास गर्ने हो भने विल स्मिथ को "पर्स्युट अफ ह्यापिनेस" हेरिसकेका साथीहरुले यो फिल्म हेर्ने कष्ट नगरे पनि होला । अंग्रजी बुझ्ने र सो अंग्रेजी फिल्म नहेर्नेहरुले पनि "साथी म तिम्रो"को साटो "पर्स्युट अफ ह्यापिनेस"नै हेर्ने कि?

धन्न यी तलका पोस्टर जस्तै विल स्मिथको टाउकोमा भुबन केसीको टाउको फोटोसप गरेर जोडेनछन् ।

नेपाली फिल्ममामात्रै चोरी हुन्छ भन्ने सोच्नुहुन्छ भने नेपाली पत्रिका पढ्नुहोस त्यहाँ पनि ठूलै खाले चोरी हुदो रहेछ भन्ने कुरा हालै कान्तिपुरमा छापिएका विकी टेक सम्बन्धी लेखहरुले देखाउछन् ।

5 thoughts on “भुबन केसीको फिल्मको पोस्टर पनि चोरीको?

  1. फरक पर्दैन पोस्टर औतई हुदैमा यो हो कि कथा फरक हुनु परियो त्यो पनि नेपाल मा को नै पो होला र एन्ग्लिश इस्पस्ता बुझ्ने सोचाई अल्घग हो यो फ्लिम हेअरना नै पर्छा ओक

  2. ओई…पत्रकार ,कुरा नै नबुझी फिल्म नहेरे हुन्छ वन्ने .. पोस्टर मिलेमा सब मिल्छ ..फिल्म रेलिज़ हुन्छ अनि लेख …पत्रकार वयेपाची पत्रकारिताको इम्पोर्तंत पनि बुझ ..

Leave a Reply

Your email address will not be published.