चलचित्र ‘काठमाण्डु’ का निर्माता तथा नायक आकाश अधिकारी आजकाल "शत्रु लागेका" भन्दै हिडेका छन् रे यसरी शत्रु लागेका भान हुनुको पछाडी केको हात होला त ?
अनलाइन खबरमा छापिएको एक समाचार अनुसार, उनलाइ चलचित्र ‘काठमाण्डु’लाई असफल वनाउनका लागि परेका शत्रुहरुका कारण चिन्ताले सताएको छ ।
प्रचारप्रसारको राम्रो प्रयोग गरेर बिदेशी कलाकार र राम्रो क्यामेराले खिचेको भनेर ठूलै हल्लाखल्ला भएको र उपत्यकाका मुख्य मुख्य हलका साथ साथै मल्टिप्लेक्स हलमा एकसाथ रिलीज हुनुले पनि रिलिजका सुरुवाती दिनमा यो फिल्मले राम्रो व्यापार गरेको थियो । तर फिल्ममा भएका कमजोरीहरुका बारेमा बिभिन्न फिल्म बिश्लेशण छापिन थालेपछि दर्शकको शंख्यामा कमी आएको हुनु पर्छ (यो हाम्रो अन्दाजमात्रै हो) । तेसैले, शुरुमा उत्साहित भएका आकाश अधिकारी अहिले चिन्तित हुन पुगेका हुन् कि ?
हाम्रा फिल्म समीक्षक रौनक निरौलाले गरेको समीक्षा अनुसार ‘काठमाण्डु’ फिल्ममा धेरै नै त्रुटीहरु छन र अपेक्षा गरे अनुरुपको फिल्म बन्न सकेको छैन । सो समीक्षाको पुष्टि नेपाली दैनिक नागरिकले छापेको समीक्षाले पनि गर्दछ :
फोर के रेड क्यामेरा प्रयोग गर्दैमा, अमेरिकामा खिचिँदैमा, अमेरिकी कलाकारले खेल्दैमा वा विदेशमा बस्ने नेपाली युवती हिरोइन हुँदैमा फिल्म हेर्नुपर्छ भन्ने जरुरी छैन। फिल्मको पोस्टरमै रेड क्यामेराले अमेरिका (सन फ्रान्सिस्को)मा खिचिएको भनेर लेख्नु लज्जास्पद हो।
यसरी आकाश अधिकारीले फिल्मको बारेमा नकारात्मक समीक्षा लेख्नेहरुलाई नै शत्रु भनेर मान्छन भने उनी बाट भबिश्यमा पनि राम्रो राम्रो फिल्म बन्ने आशा गर्न सकिन्न । तर, शत्रु को हो भनेर प्रष्ट नपारेकोले यसै हो भन्न चाहिँ नमिल्ला ।
One thought on “आकाश अधिकारी को शत्रु को हो त ?”