सन्तोष पन्तका छोरा प्रतिक छोरी भए रे

सन्तोष पन्तका कान्छा छोरा प्रतिक पन्त अबदेखि छोरी भए रे

१९ बर्षीय प्रतिक अहिले आफ्नो लिंग परिवर्तनको अन्तिम अबस्थामा पुगेका छन् । अहिले ब्यांकक पुगेका प्रतिकले त्यहाँ आफ्नो पुरुष यौनांग परिवर्तन गरेर स्त्री लिंगी भएर फर्कने छन् । उनलाई स्त्री बन्न मन लागेको ले केही समय देखि हर्मोनको प्रयोगपछि स्त्रीको जस्तो जिउडाल भइ सकेको छ । सोह्र बर्षे युबती जस्तै पुष्ठ छाती र जिउडालका कारण उनलाई कसैले पनि पुरुष भन्दैन ।

pratik_pant_gender_change

यौनांग परिवर्तनको लागि थाइल्याण्ड जान भिसा अप्लाई गर्दा पुरुष परिचय भएको महिला भन्दै पहिलो पटक भिसा नै नपाएका प्रतिकले दोश्रो प्रयासमा भिसा पाएका थिए ।

उनको अप्रेसन सफल भएमा उनि सम्भबत लिंग परिवर्तन गर्ने पहिलो नेपाली हुनेछन् । (यसलाई जनआह्वान साप्ताहिकमा छापिएको समाचार लाइ आधार बनाएर लेखिएको हो)