एउटा इन्टरनेटमा चलेको हल्लालाई आधार बनाएर लेखिएको समाचार कान्तिपुरमा प्रकाशित हुनुले धेरै इन्टरनेट प्रयोगकर्ता अचम्ममा परेका छन् । कुनै पनि लेख वा समाचार प्रकाशित गर्दा गर्नु पर्ने साधारण खोजबिन पनि नगरी लेखिएको सो लेखले सर्बसाधारणमा नराम्रो असर गर्नेमा द्विविधा छैन । जुन "मेडिकल रिसर्च अथोरिटी अफ अमेरिका" ले गरेको अध्यान भनिएको छ, तेस्तो खालको कुनै पनि संस्था छैन भन्ने कुरा एक पटक गुगलमा खोजे थाहा भइ हाल्छ। पुरा लेख तल पढ्नुहोस (साथै, यो सबै झुठ हो भन्ने ख्याल पनि गर्नु होला) ।

यस बिषयमा बिस्तृत बिबरण माइसंसारका सालोक्यले लेखेका छन् ।

[...] इन्टरनेटमा चलेको हल्लालाइ साँच्चैको … भनेर प्रकाशित गरेको (फेबुअरी ११, २०१२) [...]