नेपाल विद्युत प्राधिकरणले फागुन १ गते देखि लागु हुने गरेर १ घण्टा लोडसेडिङ घटाएको छ । प्राधिकरणका अनुसार यस अघि सातामा ८८ घण्टाको दरले हुँदै आएको लोडसेडिङ यही सोमबारदेखि ८१ घण्टामा झारिएको हो। मध्यमर्स्याङदी जलविद्युत आयोजनामा भइ रहेको मर्मत सकिएको एक साता पछि बल्ल सरकारले लोड सेडिंग घटाउन लागेको हो ।
यसरी घट्दा पनि दैनिक कम्तिमा १० र बढीमा १३ घण्टासम्म लोडसेडिङ हुनेछ। पुस ३ देखि शुरु भएको १४ घण्टे लोडसेडिङ खापिरेहेका नेपालीलाइ एक घण्टा घट्नुले पनि केही राहत अनुभब हुने छ ।
लोड सेडिंग तालिका यस प्रकार छ:
बिजुली बढी चुहावट हुने स्थानहरुमा थप २ देखि ५ घण्टा सम्म बढी समय लोडसेडिङ हुने पनि प्राधिकरणले जनाएको छ। नागरिकले प्राधिकरणको श्रोतलाई उद्घृत गर्दैतराईका धेरै जिल्लाहरुमा ८५ प्रतिशत सम्म चुहावट भइरहेको बताउछ । थप लोडसेडिंगको निर्धारण निम्न टेबल अनुसार गरिन्छ:
चुहावट प्रतिशत ——– थप लोडसेडिंग (घण्टा)
५० % सम्म ——– २ घण्टा
६० % सम्म ——– ३ घण्टा
७० % सम्म ——– ४ घण्टा
७० % भन्दा बढी ——– ५ घण्टा
प्राधिकरणले बिद्युत चुहावट रोक्न वा कम गर्न लाइन काट्न छोडेर लोड सेडिंगको सहारा लिनु आफैंमा विरोधाभाष पूर्ण देखिन्छ ।

एस्तो नहोस la
[...] लोड सेडिंग – फागुन १ देखिको नयाँ तालिक… [...]
[...] फाल्गुण एक गते देखि १ घण्टा घटेको लोडसेडिंग र अबको थप एक घण्टा जोड्दा अब दैनिक कम्तिमा ९ र बढीमा १२ घण्टासम्म लोडसेडिङ हुनेछ। पुष ३ देखि १४ घण्टे लोडसेडिङमा गुजारा गरिरहेका नेपालीलाइ यसले केही मात्रामा राहतको अनुभब हुने छ । [...]
[...] फाल्गुण १ गतेबाट १ घण्टा कम [...]
[...] फाल्गुण १ गतेबाट १ घण्टा कम [...]