भ्यालेन्टाइन डे, प्रेम दिवस

सर्बप्रथम हाम्रा सबै पाठकहरुमा भ्यालेन्टाइन डेको सुभकामना!

हामीले दुइ बर्ष अघाडी भ्यालेन्टाइन डे को बारेमा एउटा परिचय पोस्ट गरेका थियौं, अंगेजीमा, त्यस पछि अघिल्लो बर्ष नेपालीमा "‘भ्यालेन्टाइन डे,’ प्रेम दिवसको परिचय" पोस्ट गरेका थियौं । सोही क्रमलाई निरन्तरता दिदै आज पनि "भ्यालेन्टाइन डे" को परिचयका साथ साथै यसको बारेमा आफ्नो बिचार पस्कने जमर्को गरेको छु  । 

भ्यालेन्टाइन डे भनेको के हो?

भ्यालेन्टाइन नाम गरेका क्रिस्टियन सहिदको सम्झनामा मनाइने फेब्रुअरी १४ को यो दिनलाइ पश्चिमी देशहरुले "सेन्ट भ्यालेन्टाइन डे" भनेर बिदा दिन्छन । एउटा कथा अनुसार तेश्रो सताब्दी तिर रोमन महाराजा क्लाउडियस द्वीतीयले लडाईमा जानु पर्ने भएको ले कसैले पनि बिहे गर्न नपाउने नियम बनाए । तेस्तो नियमको उलंघन गरेर सुटुक्क बिहे गरेको हुनाले भ्यालेन्टाइन लाइ मृतुदण्ड दिएको किम्बदन्ती छ । तर कुनै पनि धर्मग्रन्थमा भ्यालेन्टाइन र उनको प्रेमको बारेमा कुनै उल्लेख छैन । तेसैले यो पर्ब धार्मिक भन्दा पनि मानिसको प्रेम गर्ने नैसर्गिक अधिकारको पर्ब हो भन्ने मलाइ लाग्छ ।

happy_valentine_day

"पश्चिमी संस्कृतिको दासत्व" हो त?

हामी सानो हुँदा भ्यालेन्टाइन डे भन्ने सुनेकै थिएनौं तर अहिले त बच्चा बच्चालाइ थाहा छ यसको महत्वको बारेमा । यसलाई कतिपय बुद्धिजिवीहरुले पश्चिमी संस्कृतिको दासत्व भन्न मनपराउछन भने धेरै जसोले प्रेम, सदभाब बढाउने दिनको रुपम मनाउछन।

एक अर्कालाई गरिने प्रेम, सदभाब आफैमा नराम्रो नहुने र "भ्यालेन्टाइन डे" जस्तै प्रेम दिबस नेपालमा पहिले मनाएको कुनै इतिहास नभएकोले काग, कुकुर, सर्प आदिको पनि एक दिन पूजाहुने ठाउमा प्रेम दिबस नहुनु बिडम्बना नै थियो, धन्न पश्चिमाहरुले मनाइँदिदा रहेछन र हामीले पनि मनाउन हुने रहेछ भनेर थाहा पायौं । बिकृति पो छिर्न दिनु हुदैन राम्रो कुराको त स्वागत गर्नु पर्छ ।

भ्यालेन्टाइन डे का बिकृति छैनन?

छन्, किन नहुने । कुनै पनि कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छन तेस्तै भ्यालेन्टाइन डे लाइ पनि प्रेम दर्शाउने दिन मात्र रहन नदिएर रवाफ देखाउने, जबर्जस्ती प्रेम गर्न लागाउने,  फजुल खर्च गर्ने आदि कारणले बद्नाम बनाउने प्रयास पनि नभएको होइन ।

  • एउटा फूल उपहार दिएमा पुग्ने ठाउमा अनाबस्यक खर्च गर्नु बिकृति हो ।
  • प्रेम दर्शाउन बिदेशी कार्ड र प्रेम सामग्री उपहार दिनु पर्छ भन्ने सोच्नु बिकृति हो।
  • जबर्जस्ती प्रेम गर्नु, प्रेम दर्शाउनु, बिकृति हो। प्रेममा एक हातले ताली बज्दैन ।

समग्रमा

प्रेम गरौँ प्रेम पुर्बक बाँचौ । प्रेम गर्न भ्यालेन्टाइन डे नै कुर्नु पर्दैन, तर त्यसो भन्दैमा भ्यालेन्टाइन डेको बिरोध गर्न पनि कुनै आबश्यक छैन ।

One thought on “भ्यालेन्टाइन डे, प्रेम दिवस

Leave a Reply

Your email address will not be published.