नेपालको राष्ट्रिय फूल लालीगुराँसको फुल्ने समय शुरु भएकोछ । लालीगुराँसको रुख १० सेमी देखि ३० मिटर सम्म अग्लो हुन्छ। अंग्रेजीमा रोडोडेनड्रन (Rhododendron) भनेर चिनिने यो मनमोहक फूलका बिभिन्न प्रजाती संसारभरी नै पाइन्छन ।

संसारभरी १००० भन्दा बढी प्रजातीपाइनेमा चीनमा मात्रै ५७१ प्रजाती रहेको तथ्यांक रहेको छ । गुराँस १३००मीटर देखि ५६००मिटरको उचाइमा पाइन्छ। माघ देखि भाद्रसम्म फुल्ने यो फूलले डाँडाकाँडानै रंगिने गर्दछ ।

लालीगुराँसका बारेमा केही रोचक तथ्य:
- लालीगुराँसको फूल खान हुन्छ, अलीअली अमिलो स्वादको यो फूललाइ अचार बनाएर राखेमा लामो समय सम्म बिग्रदैन ।
- लालीगुराँसको जुस, जाम, तेल आदि बनाएर बेच्ने पनि गरिन्छ ।
- लालीगुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउछ भन्ने बिस्वास गरिन्छ ।
- लालीगुराँसलाइ रास्ट्रिय फूलको रुपम २०१९ सालमा मान्यता दिईएको हो ।
- नेपाली रुपैया ५०० र १००० को नोटमा पनि लालीगुराँस अंकित गरिएको छ ।

लालीगुराँस नेपालमा मात्र नभएर बिदेशमा पनि त्यतिकै मनपराईएको फूल हो । लालीगुराँसका बारेका थप रोचक तथ्य:
- लालीगुराँसको रुख भारतीय राज्य सिक्किमको रास्ट्रिय रुख पनि हो ।
- तेस्तै लालीगुराँसको फूल भारतीय राज्य कश्मिर र पाकिस्तान तर्फको कश्मिरको पनि रास्ट्रिय फूल हो ।
- लालीगुराँसको फूल अमेरिकी राज्य वेस्ट भर्जिनियाको पनि प्रान्तीय फूल हो । साथै, वेस्ट भर्जिनियाको प्रान्तीय झन्डामा पनि यो फूल अंकित छ ।




फोटो/सूचना क्रेडिट – विकिपिडिया/रिचर्ड शिलिंग/बिबेक भट्टाचार्य/हिमालयन टाइम्स लागाएत बिभिन्न स्रोत

रेडियो नया नेपाल दार्चुला
[...] लालीगुराँस, नेपालको राष्ट्रिय फूलबार…. Share this:TwitterFacebookLike this:LikeBe the first to like this post. [...]