तितो सत्यको नमिठो व्यंग्य

व्यंग्य एकदुइ जनालाई तितो लागे पनि धेरै जसो लाइ मिठो लाग्ने खालको भए मात्र राम्रो मानिन्छ । तर, त्यसको ठ्याकै उल्टो एक दुइ जनालाई मात्र मिठो र धेरै जसोलाइ तितो लग्यो भने व्यंग्यको उद्देश्य र उपादेयितामा नै शंका गर्नु पर्ने हुन्छ ।

making_fun_of

[ सिरियल संसारमा यहाँ क्लिक गरेर तितो सत्यको सो भाग हेर्न सकिन्छ (लिंक काम नगर्ने भएकोले हटाइएको छ !]

शन्तोष पन्तको छोरा प्रतीक पन्त लिंग परिवर्तन गरी छोरी केटलिन पन्त भएको सन्धर्भलाइ नमिठो पाराले ब्यंग्य गरेपछि तितो सत्यका लेखक र निर्देशक दिपक राज गिरीसंग सो सिरियल हेर्ने धेरै जसो दर्शकहरु रिसाएका छन् ।

एक १९ बर्षीय युबती (भुतपुर्ब युवक)को निजी जीवनलाई व्यंग्यको बिषय बनाउनु आफैमा उदेकलाग्दो लाग्छ । केटलिनको निजी जीवनमा दीर्घकालिन असर गर्ने अत्यन्त निजी र संवेदनशील बिषयलाइ यसरी उडाउनु पर्ने कुनै जायज कारण पनि देखिदैन ।

तितो सत्यको प्रस्तुतीको बिरुद्ध सोसल मिडियामा देख्न देखिएको एउटा बिचार यस्तो थियो:

तितो सत्य हेरेको अति नै मन परेन अरु को व्यक्तिगत जिबन लै तेसरी हस्तक्षेप पाइदैन दिपक राज गिरी लै मान हानी को मुद्दा हाल्नु पर्ने

अर्को एक जनाको विचार :

तितो सत्यमा केहि सृजनसिलता अनि सामाजिक मूल्य तमान्यताको स्तर छैन,खाली लाटोको देसमा गाड़ो तन्नेरी जस्तो गरि कुम्लाइराका छन्

दीपकले यो कुरालाई किन यसरी प्रस्तुत गरे होलान त भन्ने प्रश्नमा एकजना दर्शकले भने “सन्तोष पन्त र दिपक गिरी दुवै एउटै पेशाका भएकाले एक अर्काको कमजोरीलाई को खिल्ली उडाउने सुरमा केटलिनको खिल्ली उडाउन पुगेको हुन सक्छ” ।

यदी तेस्तो कुरा सत्य हो भने दिपक राज गिरी जस्तो कलाकारले आफ्नो व्यक्तिगत कुरालाई लिएर समाजमा नै असर हुने खालको व्यंग्य गर्न नहुने थियो। यदी त्यस्तो होइन भने, दीपकराज गिरीले सक्दो चाँडो चित्त बुझ्दो जवाफ दिन आबश्यक हुन्छ ।

dipak_raj_giri

केटलिन पन्तको बारेमा यस अघि लेखिएका पोस्टहरु:

Incoming search terms:

  • ketlin panta
  • pratik panta
  • https://xnepali net/np/tag/ketlin-pant

4 thoughts on “तितो सत्यको नमिठो व्यंग्य

  1. तितो सत्यको म नियमित दर्सक Hun अब यो प्रोग्रामम हेरेर malainai वाक्क लाग्यो

  2. हो मा अनवरत रुपमा बिगत ६ वर्ष देखि यो सिरियल हेरी रहेको छु / हो मानिसमा पनि केहि गल्ति हरु हुन्छन त्यस्तै गल्ति हरु गर्दै सुधार्दै समाजका राम्रा नराम्रा कुराहरुलाई उजागर गर्दै तीतोसत्य ले लामो यात्रा तय गर्यो / तर मलाई लाग्छ एउटा निश्चित बिन्दुमा पुगेपछि मानिसको अधोगति सुरु हुन्छ भनेको यहि हो किन भने अब तीतोसत्य युनिटले कसैको व्यक्तिगत जीवन लै ब्यङ्ग गरेर मानिसको अधिकारलाई आफ्नो गरिखाने भाडो बनायों / अझै पनि चेत अथवा केहीमात्रामा नैतिकता बाकी छ भने अबिलम्ब क्षमा मागेर भविष्यमा यस्ता भुल हरु नदोहोर्याउने प्रण गर्न अनुरोध गर्दछु / दीपकजी तपाइको जस्तो कार्यक्रम हामी दर्शकलाई चाहिन्छ हामी अझैपनि बिहीबारको दिन कम्प्युटर को स्क्रीन मा तितो सत्य लै कुरी रहेका हुन्छौ तसर्थ आफ्नी गल्ति लै शिक्षा ठानी अर्को पटक मानिसको व्यक्तिगत कुरा हरुमा नगई सामाजिक र राजनीतिक कुरा हरु फेरी अनवरत रुपमा देख्न पाइयोस भन्ने कामना/

  3. mr दीपक तिमि गलत ६उ |beacuse तिम्रो थिंक्स नो गूद.हास्य कलाकार भनेको के हो ?समाज मा घटेका बिकृति लाई औल्याउनु हो|गरि खाएको मा जल्नु होइन |तिमि असल कलाकार हौ भने ketln साग माफी माग face to face एंड मिडिया बाट ओक |

Leave a Reply

Your email address will not be published.