प्राधिकरणको प्लानिंगको उदाहरण: दुइ हप्तामा तीन चोटी लोडसेडिंग घट्यो

नेपाल विद्युत प्राधिकरणले कसरी काम गर्छ भन्ने एउटा उदाहरण यो महिनामा लोडसेडिङ्ग परिवर्तन सम्बन्धि सूचनाहरुले प्रस्ट पार्छ  । यो फाल्गुण महिनाको दुइ हप्तामा तीन चोटी एक एक घण्टा लोडसेडिंग घताउनुले परिवर्तन प्राधिकरणका प्राबिधिकहरुमा माग र आपूर्तिको सामान्य हिसाब गर्न पनि आउदैन भन्ने पुष्टि भएको छ ।

ल हेर्नुहोस:

यसरी घटेको तालिका यस प्रकार छ :

load_shedding_schedule_falgun15

लोडसेडिंग घट्नु खुशीको कुरा हो तर, प्राधिकरणका प्राबिधिकहरुको "ट्रायल एंड इरर" पाराले माग र आपूर्तिको को निर्णय गर्ने गरेको देख्दा प्राधिकरणका आन्य काम कारबाही पनि कसरी होलान भन्ने अन्दाज लगाउन गाह्रो हुदैन ।  

फाल्गुण १० को सूचनामा "२०६८/११/११ गते बिहीबार" को ठाउमा "२०६८/११/१५ गते सोमबार" मात्र परिवर्तन गरेर जारी गरिएको सूचनामा ४ दिनमानै फेरी घटाउनु पर्ने कुनै नयाँ कारण दिइएको छैन:

नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि कुलेखानी जलासयमा भएको पानीको संचिति एवं विद्युत चुहावट नियन्त्रण गर्न चालिएका कार्यहरु प्रभावकारी भएको कारणबाट साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०६८/११/१५ गते सोमबार देखि निम्न परिवर्तित समय तालिका अनुसारको लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ ।

Leave a Reply

Your email address will not be published.