चन्द्रबहादुर डाँगी – बिश्वकै होचा व्यक्ति भएको पुष्टि

चन्द्रबहादुर डाँगीलाइ बधाई छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधीले नेपाल आएर नापेपछि चन्द्रबहादुर डाँगीलाइ विश्वका सबैभन्दा होचा र अहिले सम्मकै सबै भन्दा होचा व्यक्ति भएको पुस्टि पनि भएको छ ।

chandra_baharur

गिनिजको मापदण्ड अनुसार चन्द्रबहादुरको उचाई २४ घण्टामा तीन पटक नाप्दा उनको उचाई ५४.६ सेमी भएको पाइएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डे समेतको टोली चन्द्रबहादुरको उचाई नाप्न्को लागि लन्डनबाट हालै काठमाण्डौं आएको थियो ।

नेपालकै खगेन्द्र थापा मगर भन्दा कम उचाई भएर हाल बिश्वका सबै भन्दा कम उचाईको रेकर्ड राख्ने फिलिपिन्सका जुन्रे बालाविङभन्दा चन्द्रबहादुर डाँगी ३.३ सेमी अझै होचा रहेछन ।

shortest_measure_chandra_bahadur

संसारको अहिले सम्मकै सबैभन्दा होचा भनेर रेकर्ड राख्ने भारतका गुल मोहम्मदको उचाइ पनि चन्द्रबहादुरको भन्दा २ सेमी भन्दा बढी (५७ सेमी) थियो।

७२ वर्षका डाँगीको बारेमा अहिले सम्म थाहा नहुनु पनि अर्को रेकर्ड होला नि होइन त ? (फोटो क्रेडिट बिभिन्न अनलाइन साइट)

Del6096380

पहिलेका पोस्ट:

थप फोटो :

shortest_person_chandra_bahadur_dangi_3

shortest_person_chandra_bahadur_dangi_2

One thought on “चन्द्रबहादुर डाँगी – बिश्वकै होचा व्यक्ति भएको पुष्टि

Leave a Reply

Your email address will not be published.