माओवादी अध्यक्ष प्रचण्डका पुत्र हाल मानसिक तनाबमा भएको खबर आएको छ । सोही तनाबका कारण हिजो देखि उनले आफ्नो फेसबुक एकाउन्ट पनि डिसेबल गरेका छन् ।
उनका बाबु, प्रचण्ड, मानसिक तनाबमा भएमा धुलिखेल वा माउन्टेन फ्लाइट जान्थे, तर उनका छोराले तेस्तो सिकेका छन् कि छैनन थाहा भएन । तर, अर्को हप्ता उनी माउन्टेन नै चड्ने भनेर तम्सिएका भने पक्कै हुन । सो को लागि सरकारले दिएको २ करोड खर्च गर्छन कि गर्दैनन त्यो भने हेर्न बाँकी नै छ । तनाबको कारण रहेको सो रकमको उपादेयता माथि बिभिन्न मानिसहरुले प्रश्न उठाउदै गर्दा प्रकाश भने "काग कराउदै गर्छ पिना सुक्दै गर्छ" भनेर फेसबुकमा लेख्ने गर्दथे ।
बिरोध गर्नुको कारण
नेपाल जस्तो गरिब मुलुकमा बिकासको लागि, अत्याबश्यक सामग्रीको लागि गर्ने खर्च नहुनु सामान्य हो र २ करोड भनेको सानो रकम होइन । हिमाल चड्न त्यो रकम खर्च गर्नुको साटो बिकास निर्माणमा खर्च गर्ने हो भने त्यति रकमले त एउटा सिंगै गाउलाइ खाने पानी को ब्यबस्था गर्न सकिने, वा एउटा झोलुंगे पुल नै बनाउन पनि पुग्ने जानकार हरु बताउछन । माओबादी नेता सिपि गजुरेलले त्यति रकम भए त दुर्गम स्थानमा एउटा अस्पताल नै बन्न सक्ने प्रतिक्रिया दिएका थिए ।
यसै सन्धर्बमा, बिश्व साईकलयात्री पुस्कर साहलाई सगरमाथा चढन ट्याक्समा छुट दिन गरेको आग्रहलाइ नेपाल सरकारले दिन नमानेको प्रसंग सम्झदै प्रचन्डपुत्र प्रकाश दाहाललाई दीएको २ करोड दिनुको औचित्य माथि पनि प्रश्न चिन्ह लागाइएको हो।
तेस्तै, "माओवादी अध्यक्षका पुत्रको उट्पट्याङ कार्यलाई २ करोड दिएको" भन्दै युवासंघले हिजो राजधानीमा एक घण्टा चक्काजाम गरेको थियो।
बिरोधको रुपमा युवा संघ दोलखा कमिटीले गरेको प्रदर्शनमा एक जुलुसले नाराबाजी गर्दै चरिकोटका विभिन्न भागहरुको परिक्रमा गरेको पनि समाचार आएको छ।
फेसबुकमा त प्रकाश हिम पहिरोमा परेको भनेर एउटा झुठो खबर पनि फैलाइएको छ (तल चित्र हेर्नुहोस, नझुक्किनु होला भनेर रातो अक्षरले "यो झुठो हो" भनेर हामीले थपेको) । छेउमा, "यो तस्बिरमा भएका सबै काल्पनिक हुन् l कसैसंग मेल खान गएमा संयोग मात्र हुनेछ l जनता को २ करोड यसै पचाउन मिल्दैन l यसलाई एउटा व्यङ्ग को रुप मा मात्र हेरिदिनुहोला !!" भनेर लेखिएको भए पनि मानिसहरुले साँचै भएको ठानेर कमेन्ट गरिरहेका छन् l झुठो भनेर थाहा पाउनेले पनि बिरोध स्वरूप यस झुठको प्रचार गरिरहेका छन् l
यसरी बिरोध भइ रहदा, प्रकाश र माओबादी पार्टिका आरोहीहरुले सो रकम नलिने घोषणा गर्नु नै उपयुक्त निकास होला भन्ने हामीलाइ लागेको छ l
अपडेट – ‘खबर भित्रको खबर’ टीभी कार्यक्रम:
उपडेट:
नागरिक दैनिकका अनुसार – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशलाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड रुपियाँ उपलब्ध गराउन लागेको विरोधमा राजधानीका सबैजसो क्याम्पस अगाडि विद्यार्थीहरुले चक्का जाम गराएका छन्।
One thought on “प्रचण्डपुत्र मानसिक तनाबमा”