Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

meera_acharya_haribamsha_acharya_wifeअरूहरुलाई सधैं हँसाउने हरिवंश आचार्यले गत वर्ष आफ्नी पत्नी गुमाए पछिको शोक र दुखलाइ लुकाउने ठूलो प्रयास गरिरहे पनि बेला बेलामा उनको आंखामा आंशु रसाएको देखिन्छ ।

आज स्व. मिरा आचार्यको वार्षिक तिथीमा हरिवंशले कान्तिपुर दैनिकमा निम्न कबिता प्रकाशित गरेका छन् । यो कविता पढ्दा जो कोहीको पनि मुटु छुन्छ ।

मिरा आचार्यको आत्माको चीर शान्तिको कामना र हरिवंश आचार्यलाई पत्नी वियोगलाई विर्सीएर अघि बढ्ने शक्ति मिलोस् भन्ने एक्सनेपाली टिमको कामनाका साथ उनको कबिता प्रस्तुत छ:

तिमीलाई सम्झँदा

तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।

घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।

तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।

Incoming search terms:

  4 Responses to “हरिवंशले मिरा आचार्यलाइ सम्झँदा”

  1. धेरै मार्मिक, धेरै राम्रो

  2. best , and well written,,, may her soul rest in peace always ,,,,

  3. saral ta dherai maarmik……..

  4. धेरै मार्मिक कविता आफन्तको सम्झनामा कोरिएको कविता भाव मार्मिक छ | साँच्चै नै आफ्नै जीवन संगिनी बिते पछी कसको मन दुख्दैन र तर के गर्ने आफ्नो भौतिक शरीर को पनि ख्याल गर्ने पर्यो होइन र !

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network