हिमपहिरोले गरेको विनाश (फोटो)

हिमपहिरोले गर्दा सेती नदीमा आएको बाढीले कम्तिमा पनि १४ जनाको ज्यान लिनुका साथै पुल भत्काउनुका साथै जमिनको ब्यापक कटान गरेको छ ।

माछापुच्छेको फेदीमा रहेको माछापुच्छेगाविस वडा नं.– ९, सादलमा आज शनिबार बिहान गएको पहिरोले सेतीनदी थुनिएर पछि फुटदा नदीमा ठूलो बाढी आउनुका साथै ठूलो धनजनको क्षति भएको हो । प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईका अनुसार सो घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । ५० भन्दा बढी बेपत्ता भएको हुन सक्ने प्रहरी प्रतिबेदनका आधारमा मृतकको संख्या अरु बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

सो बाढीका केही फोटाहरु यहाँ पोस्ट गरिने छ :

अपडेट: बाढी हेर्न सर्बसाधारणको भिड

onlookers_seti_flood_in_pokhara_2

onlookers_seti_flood_in_pokhara

vulnerable_pokhara_flash_flood

सेतीनदीमा बाढी आएको र विध्वंस भएको समाचार प्रसारण भए पछि सेती नदि हेर्नका लागि सेती तीरमा ठूलो भिड नै लागेको थियो । पोखराका सिम्पानी, महेन्द्रपुल, पृथ्वीचोक, साँघाको मुख, लगायतका बिभिन्न ठाउँमा ठूलो भीड लागेको थियो।

हिउ पहिरोमा परेको खारापानी बजार अब पुर्ननिर्माण हुनै नसक्ने गरेर बगेको छ । पछिल्लो समयमा खारापानीको तातो पानी कुण्डको कारण खुबै चर्चामा रहेको खारापानी बजार अब इतिहास हुने भएको छ ।

seti_river_flood_snow_avalance_bridge_damaged

seti_river_flood_snow_avalance

हिमपहिरोबाट बाँच्न सफल सार्दीखोला कसेरीका करिब ७४ वर्षीय सन्तबहादुर तामाङ। १५ वटा बाख्रा सेती नदीको तीरमा चराउदै गरेका तामांगका सबै बाख्रा बाढीले बगाए पनि उनी खिर्राको रुखको हाँगामा समातेर बाँच्न सफल भएको बताए।

santa_tamang_saved_himself_flood

सार्दीखोला गाविस–७ स्थित तातोपानीमा आएको हिमपहिरोमा परेका ६० वर्षीय गोपाल ताम्राकारको शब नेपाली सेना, नेपाल प्रहरी र आफन्तको सहयोगमा घटनास्थलबाट निकालिदै।

sardikhola_snow_avalance_dead

पोखराको लामाचौरबाट १५ किलोमिटर उत्तरपश्चिममा पर्ने सार्दीखोला गाविस वडा नं. ७ खारपानीमा शनिबार बिहान १० बजे आएको भीषण हिमबाढी पछि पोखरा–१ सिमपानी कसेरीस्थित लालटिन बजारको पुछारबाट बगेकी सेती नदीको बदलिँदो स्वरुप। यो दृष्य इन्जिनियरिङ क्याम्पसको पुछारबाट लिइएको हो।

pokhara_after_flood

यस नेपाली वेबसाइट परिवार पोखरामा आएको भीषण पहिरोमा परेर दिबंगत हुनेहरुको आत्माको चीरशान्तिको कामना गर्दछौ। साथै सबै परिवारजनलाई भगवानले यो शोक सहने र धैर्यधारण गर्न सक्ने शक्ति दिउन्।

3 thoughts on “हिमपहिरोले गरेको विनाश (फोटो)

  1. यस नेपाली वेबसाइट परिवार पोखरामा आएको भीषण पहिरोमा परेर दिबंगत हुनेहरुको आत्माको चीरशान्तिको कामना गर्दछौ। साथै सबै परिवारजनलाई भगवानले यो शोक सहने र धैर्यधारण गर्न सक्ने शक्ति दिउन्।

  2. २०१२ मा ठुलै घटना घट्छ भनेको सचि मिल्छ कि क्या हो |

Leave a Reply

Your email address will not be published.