Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

ड्राइभरनै नचाहिने आफै चल्ने कारलाइ अमेरिकाको नेभादा राज्यमा कार चलाउने अनुमति दिइएको छ। यसरी मान्छेलाई नभएर कारलाई चालक अनुमतिपत्र दिइएको यो पहिलो घटना हो ।

google-self-driving-car

गुगलले डिजाइन गरेको आफै चल्ने गाडी भिडियो क्यामेरा, लेजर र राडार सेन्सरहरुको सहायताले चल्ने गर्छ ।  यस कारको लागि भनेर गुगलले बिशेष टिमले सबै सडक चिन्ह राखेर नक्सा बनाएका हुन्छन जसको आधारमा यो कार चल्ने गर्छ । 

परिक्षणको लागि भनेर बनाईएको एउटा कारले क्यालिफोर्निया राज्यमा कुनै पनि दुर्घटना नगरी एक लाख चालिस हजार माइल (२ लाख २५ हजार किमी) को दुरी पार गरिसकेको छ ।

स्टेनफोर्ड युनिभर्सिटीका प्रोफेसर र गुगलका उपाअध्यक्ष सेबेस्टीयन थ्रुनले डिजाइन गरेको यो कारलाइ लाइसेन्स दिनु अगाडी नेभाडाका यातायात बिभागका प्रमुख ब्रुस ब्रेस्लो आफै पछिल्लो सिटमा बसेर यात्रा गरेर परिक्षण गरेका थिए ।  "म पछाडी बसेर ल्यापटपमा कारले के के देखिरहेको छ भनेर हेरिरहेको थिएं । " ब्रेस्लो भन्छन, "करीब पाँच सेकेन्ड पछि मेरा सबै शंका निबारण भए।" 

ब्रेस्लोको बिचारमा आफै चल्ने गाडीले मानिस ड्राइभरले भन्दा राम्रो संग देख्छ ।

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network