नेपाली फिल्म क्षेत्रमा लामो समय एकछात्र राज गर्ने महानायक राजेश हमालको सम्मान र माया स्वरूप ‘राजेश दाइ’ भनेर सम्मान गरिन्छ । पछिल्लो केही समयमा फेसबुक, ट्वीटर आदि सोसल मिडियामा राजेश दाइलाइ जोडेर बिभिन्न कथा जोक आदि बनाएर रमाइलो गर्ने गरिएको छ। अघिल्लो बर्ष यस्ता राजेश दाइका जोक रामाइलो लागेर हामीले पनि जम्मा गरेका थियौं (पहिलो भाग लोकप्रिय भएकोले भाग २ र भाग ३ पनि थपिएको थियो)।

अंग्रेजी फिल्मका कलाकार चक नोरिस, बलिवुडका रजनिकांत जस्तै नेपाली फिल्मका राजेश हमालको नाममा बनाइने जोक, चुट्किलाहरु लाइ राजेश हमाल स्वयंले पनि सकारात्मक रुपमै लिएको सुनिन्थ्यो । हालैको एक घटनाले उनी आफै पनि यस्ता किस्सा सुन्ने र सुनाएर रमाइलो गर्न मन पराउछन भन्ने पुस्टि भएको छ।
राजेश हमालले भनेको राजेश दाइको जोक यस् प्रकार छ:
एक पटक राजेश दाइ पोखरामा यस्तरी नाचेछन् कि त्यहाँ एउटा सानो खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरुले तेस्लाई फेवा ताल भन्न थालेका छन्।
जोक पछिको हाँसो माथिको फोटोमा ! (क्रेडिट – फिल्मनेपाल डट नेट)
