पोखरामा फेरी अर्को बिपत्ति – अग्नि एअरको विमान दुर्घटना

Agni-Airभर्खरै हिउपहिरो र बाढीको बिपत्तिको घाउ नापुरिदै पोखराबाट मुस्ताङको जोमसोमको लागि उडेको अग्नि एअरको बिमान दुर्घटना भएको छ । जोमसोम विमानस्थलमा ल्याण्ड गर्ने तयारीमा रहेको बिमान बिमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो। नागरिक न्युजका अनुसार सो बिमानमा रहेका २१ जना मध्ये ७ जनाको जिवितै उद्धार गरिएको छ भने अन्यको मृत्यु भएको छ । जिवितै उद्धार गरिएका यात्रुहरुको पनि अवस्था चिन्ताजनक भएकोहुनाले अर्को बिमान बाट पोखरा लागिएको बताइएको छ  ।  

मुक्तिनाथ दर्शनगर्न १८जना यात्रुले विमान चार्टर गरेर जोमसोम उडेकोमा बिमानमा तीनजना चालकदलका सदस्य समेत जम्मा २१ जना रहेका थिए।

One thought on “पोखरामा फेरी अर्को बिपत्ति – अग्नि एअरको विमान दुर्घटना

Leave a Reply

Your email address will not be published.