Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

फेसबुक संस्थापक मार्क जुकरबर्गले लामो समय देखिकी गर्लफ्रेन्ड प्रिस्सिला चानसंग बिहे गरेका छन् । नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भेट भए देखि शुरु भएको प्रेमलाइ जुकरबर्गले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएर यही शनिबार दाम्पत्य जीवनमा परिणत गरेका थिए । 

Mark_Priscilla_marriage_photo

जुकरबर्गको क्यालिफोर्नियास्थित पाओ आल्टोको आफ्नै घरमा भएको सानो कार्यक्रममा भएको बिबाहमा १०० जना भन्दा पनि कम मानिसलाई बोलाएका थिए । समाचारहरुका अनुसार बिबाह भोज अतिनै कम खर्च गरेर गरिएको थियो । निम्तालुहरुलाई उनीहरुले आफ्नो मनपर्ने स्थानीय रेस्टुरेन्टबाट मगाइएको मेक्सिकन र जापानिज खाना खुवाएका थिए जसमा मेक्सिकन खानाको मूल्य साढेसात डलर मात्र परेको थियो । डेजर्टको लागि उनीहरुले पहिलो डेटमा खाएको मुसा आकारको चकलेट राखिएको थियो जसको मूल्य तीन डलर भन्दा पनि कम पर्छ ।

२८ वर्षीय जुकरबर्ग र २७ वर्षीया प्रिस्सिला चानले यो बिबाहको तयारी गत ७ महिना देखि गरेको भए पनि बिबाह अघि यसको बारेमा कसैले सुइँको सम्म पनि पाएको थिएन। आगन्तुकहरु अघिल्लो महिना मेडिकल कलेज पास गरेकी प्रिस्सिलाको ग्रयाजुएसन पार्टी भन्ने सोचेर सो कार्यक्रममा आएका थिए । तर उनीहरु त्यो बेला अचम्मित भए जब उनीहरुलाई सधैं जिन्स लागाएर बस्ने जुकरबर्ग निलो सुटटाई र प्रिस्सिलालाइ बिहे गर्दा लगाउने सेतो लुगामा देखे ।

प्रिस्सिलाले लगाएको ४,७०० डलर पर्ने क्लेरी पेट्टीबोन आइभोरी लेस गाउन अक्टोबरमा नै किनिएको थियो । बिहेको खबर लुकाउन सो गाउन पनि अर्कै नाम बाट किनिएको थियो ।

बिहेको अघिल्लो दिन मात्र स्टक मार्केटमा फेसबुकको शेयर खुल्ला गरिएको थियो जसका कारण जुकरबर्गको सम्पति १९ बिलियन डलर पुगेको छ।

सोसल नेटवर्क फेसबुकका संस्थापकले आफ्नो बिबाह फेसबुकमा अनाउन्स नगरी गर्नुले सबै कुरा फेसबुकमा शेयर गर्न लायक हुदैनन भन्ने कुरा फेरी एकपटक प्रस्ट पारिदिएको छ । यस नेपाली वेबसाइटका तर्फबाट मार्क जुकरबर्ग र प्रिस्सिला चानलाइ लामो दाम्पत्य जीवनको शुभकामना !

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network